प्रचण्डले गरेका कमिटमेन्ट पुरा भएनन्

राजनीति समाचार

नेकपा एकीकृत समाजवादी दलका प्रमुख सचेतक मेटमणि चौधरी
नेकपा एकीकृत समाजवादीका सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग लिखित सहमति गर्न पार्टी नेतृत्वलाई सुझाव दिएका छ । नेकपा एमालेसहितको नयाँ समीकरण बनाउँदा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी चार दलबीच मात्रै लिखित सहमति भएकाले हाम्रो दलसँग पनि लिखित सहमति हुनुपर्ने छ ।

यो गठबन्धनलाई दिगो र बलियो बनाउनलाई हामी सहितको लिखित सहमति राम्रो हुन्छ भनेर सुझाव दिएका छौं । यो गठबन्धनलाई अगाडि बढाउन गरिने सहमतिहरुमा एकीकृत समाजवादी पनि औपचारिक रुपमै सहभागी हुनुपर्ने हाम्रो सुझाव छ । सकेसम्म प्याकेजमा गरिने सहमतिलाई लिखित गर्दा गठबन्धन बलियो हुन्छ, र त्यसमा हामीसहितको सहमति जुट्नुपर्छ भन्ने हो ।

प्रचण्डले व्यक्तिगत स्वार्थमा समीकरण बदले, हिजो हामी एउटा गठबन्धनमा निश्चित ‘कज’का लागि आवद्ध थियौँ । आज त्यो अवस्था छैन । प्रधानमन्त्रीका रुपमा प्रचण्डले हिजो गरेका ‘कमिटमेन्ट’ केही पनि पुरा भएका छैनन् । आज नयाँ–नयाँ कुरा उहाँ गर्दै हुनुुहुन्छ । त्यसमा हामी लतारिनु हुँदैन भन्ने कुरा स्पष्ट राखेको हो । यो असन्तुष्टि होइन । संसदीय दलमा कुनै विवाद छैन । सर्वसम्मतिले एउटा निर्णय गरेका छौँ । प्रचण्डले यो भन्दा अगाडि पनि हामीसँग थुप्रै सम्झौता, सहमति र प्रतिबद्धता जनाएका थिए । त्यसको कार्यान्वयन गर्नुपर्ने बेला उनी अर्को समीकरण बनाएर हिँडे । यिनी त समीकरण बदल्दै हिँड्छन् ।

त्यसकारण विश्वास पनि देखिएन । त्यसैले हामीले लिखित सहमति गर्नुहुन्छ भने गर्नुहोस् होइन भने समर्थन नगर्ने निर्णय गरेका हौँ ।सातवटा प्रदेशमध्ये एउटा प्रदेशको मुख्यमन्त्री, प्रदेश र संघमा मन्त्रीहरु, प्रदेश प्रमुखसहित संवैधानिक नियुक्तिमा सम्मानजनक सहभागिता, यी सबै कुरामा उहाँले बचन दिनुभएको छ । उहाँले गरेका ‘कमिटमेन्ट’मा विश्वास गर्न सकिने अवस्था रहेन । त्यसकारण अब लिखित सहमति गर्नुहुन्छ भने उहाँलाई विश्वासको मत दिने, होइन भने किन दिने भन्ने विषयमा हाम्रो पार्टी एकमत भएको छ । हामीले एकमतले निर्णय गरेका छौँ । यो कुरा प्रष्ट राख्नुहोला, मान्छन् भने मान्छन्, नमाने सरकार ढल्छ भन्ने कुरा हामी सांसदहरुले राखेका छौँ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *