किन एमाले नेता ईश्वर र प्रदिपको मुख बन्द

राजनीति समाचार

काठमाडौं । सत्ता गठबन्धनलाई वामपन्थी सहकार्यमा पुग्ने गरी अगाडि बढेन । एमाले अध्यक्ष केपी ओली निकै खटेका छन् । अध्यक्ष ओलीले देशको समृद्धि र विकासलाई निष्कर्षमा पु¥याउन माओवादीसँगको मोर्चा निर्माण गर्दै मिसन ०८४ सफल बनाउने योजना बनाएका छन् ।

जनमत वामपन्थी भएपनि २७ प्रतिशत मतको नेपाली कांग्रेस सत्ताको निर्णायक हुने प्रवृत्ति वामशक्ति बिचको सहकार्य नहुनु हो । वामपन्थी शक्ति फुटाउने काम एमालेका अध्यक्षबाट सुरु भएको हो । सहयात्री नेताहरुलाई अपमान गर्ने ओली प्रवृत्ति सच्चिएको छ । ओलीकै कारण पार्टी टुक्र्याउन बाध्य भएका एकीकृतका अध्यक्ष माधव नेपालसमेत सत्ता गठबन्धनमा सहभागी हुनुप¥यो ।
एमालेमा पार्टी एकताविरुद्ध वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष प्रदीप ज्ञवाली थिए ।

उनीहरुलाई पार्टी सचिवालय बैठकमा अध्यक्षले झपारेपछि उनीहरुको मुख बन्द छ । ईश्वरको दाउ माओवादी र एकीकृत समाजवादी एक भएको खण्डमा आफुले एमालेमा झैं हैकम चलाउन नपाउने स्थिति आउन नदिने भित्र भित्र प्रचण्ड र माधवको विरोधमा लागेका हुन् । एमालेमा पार्टी नै एकता हुनुपर्छ भनेर जोड दिने विष्णु पौडेल र शंकर पोखरेल हुन् । पदीय हिसाबले पौडेल उपमहासचिव, पोखरेल महासचिव भएकाले प्रदेशको पार्टी नेतृत्व लिन यी दुबैको लडाइर्ए हुँदा अध्यक्षले हस्तक्षेप गर्नु परेको थियो ।

उपमहासचिव पृथ्वी सुब्बा पनि वामएकतामा खडा हुँदा दुश्मनजस्ता देखिए पनि वामपन्थी एकताको पक्षमा यी खटेका हुन् । यीसँग माओवादीका महासचिव देव गुरुङ उपमहासचिव जनार्दन शर्मा, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष वर्षमान पुनको सम्बन्धले पनि सत्ता गठबन्धन बन्न सहज भएको हो । अध्यक्ष ओली नै लागेपछि एमालेमा एकता विरोधीको चलखेलले प्रभाव पार्न सक्दैन । पोखरेलका दासको रुपमा खडा भएका राजेन्द्र गौतम संखुवासभाबाट चुनाव हारे भने सूर्य थापाले प्युठानमा कांग्रेससँग सम्बन्ध जोडेर संघमा आफु चुनाव जितेर प्रदेशमा डन रोज राणालाई जिताएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *