पेन्सन र उपचार खर्च दोब्बर आउने भएपछि दिए भण्डारीले राजीनामा

Uncategorized

काठमान्डौ । त्यसै भनियको रहेनछ काग भन्दा कोईली बाठो त्यस्तै भएको छ, अहिले कर्मचारीतन्त्रभित्र । श्रम तथा रोजगार मन्त्रालयका सचिव केवल भण्डारी । भण्डारीको जागिर अवधि २०८० चैत ११ गते सकिँदै थियो तर उनी बाठो भएर आजै राजीनामा दिएका छन् ।
उनले राजीनामा दिएपछि उनको पेन्सन र उपचार खर्च दोब्बर आउने भएको छ ।

तत्कालीन गिरिजाप्रसाद कोइरालाको सरकारले ५१ सालमा कर्मचारीहरुको जागिरे अवधि ६० वर्षीय अवधि घटाएर ५८ वर्ष लागू गरेको थियो । त्यसैमा टेकेर भण्डारीले राजीनामा दिएका हुन् । राजीनामा दिएपछि उनको ६० वर्षीय जागिर खाएको देखिने र त्यही बराबरको भण्डारीको सेवा सुविधा पनि जोडिने छ र पेन्सन, उपचार खर्च अन्य सुविधा पनि पाउने भएकाले भण्डारीले राजीनामा दिएको बताइन्छ ।

यस्तै परिपाटी कर्मचारीतन्त्र भित्र चलिरहने हो भने राज्यको सम्पत्ति कति हिनामिना होला ? त्यसको लेखाजोखा न त राज्यले राख्छ न त सम्बन्धित निकायले ? यतिबेला कर्मचारीको सेवा सुविधा र उपचार खर्चमै राज्यको अर्बौं रुपैयाँ स्वाहा हुँदा पनि सम्बन्धित निकाय मूकदर्शक बन्नु कति लायक हुन्छ ?

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *