तीन बैंकसँगै उद्योगीहरु जोखिममा

अर्थ/वाणिज्य समाचार

काठमाडौं । नेपालमा आर्थिक मन्दीको हल्लाले गर्दा सबैं क्षेत्र लथालिङ्गजस्तै देखिन थालेको छ । तर, अर्थमन्त्री र कर्मचारीहरु त्यसको सुधारतिर लाग्नुको साटो उल्टै त्यसभित्र खेलेर कमाउ धन्दामा लिप्त छन् । अधिकांश उद्योगी, व्यापारीहरुले बैंकबाट लिएको ऋण तिर्न सकेका छैनन् । उद्योगी, व्यपारीहरुलाई सरकारले राजश्व तिर्न दिनप्रतिदिन ताकेता गरिरहेको छ । सरकारले ताकेता गरे तापनि व्यवासीहरुले राजश्व नतिरी उल्टै करछली गर्न लागिपरेका छन् ।

अर्कोतिर बैंक तथा वित्तीय संस्थाहरुले ऋणीहरुलाई सावाब्याजसहित ऋण तिर्न ताकेता गरिराखेका छन् । तर, व्यवसायीहरुले बैंकलाई समयमा किस्ता तिर्नपनि सकेका छैनन् । अधिकांश व्यवसायीहरुले बैंकबाट लिएरको पैसा घरजग्गाजस्ता अनुउत्पादित क्षेत्रमा लगानी गरेका छन् । यतिबेला घर जग्गाको विक्रीवितरण ठप्प जस्तै छ ।

बैंक तथा वित्तीय क्षेत्रहरुले पनि चिनाजान र भनसुनको आधारमा कमसल धितोमा बढी ऋण प्रवाह गरेका थिए । त्यसैले गर्दा बैंकहरु धरासायी बन्दै गएका छन् । कमसल धितोमा ऋण प्रवाह गर्नेमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एआईसी एशिया बैंक र कुमारी बैंक रहेका छन् । इन्भेष्टमेन्ट मेगा बैंकले खराब कर्जा उठाउन नसकेर जोखिम मोलिरहेको छ । त्योसँगै सरकारी जग्गा हडपेर छायाँ सेन्टर बनाएर आफ्नो नियन्त्रणमा लिएको छ ।

कांग्रेसको आडमा चोखिँदै आएको भएपनि अब छिट्टै इन्भेष्टमेन्ट मेगा बैंक सिआईबीको फन्दामा पर्ने देखिन्छ । त्योसँगै कुमारी बैंकको २ अर्ब रुपैयाँ जोखिममा परेको बताइन्छ । बैंक जोखिममा परेपछि सेयर धनीहरुले आफ्नो लगानी फिर्ता माग्न थालेका छन् । यसरी हेर्दा अधिकांश बैंक धरासायी बन्नुमा गाभ्ने, भागिने प्रमुख कारण बनेका छन् । मर्जर नहुँदा कुमारी सबल बैंकमा गनिन्थ्यो । नेपाल इन्भेष्टमेन्ट बैंक पनि मेलम्ची खानेपानी आयोजनालाई दिएको ऋण बाहेक विवादमा परेको थिएन ।

मेगा बैंकसँग मर्जर भएपछि दुई बैंकका कर्मचारीबीचको टसल र खराब कर्जाको कारण कमजोर बन्दै गएको छ । उता, एनआईसी एशिया बैंकले पनि अधिकांश खराब कर्जा प्रवाह गर्दा धरासायी बन्दै गएको छ । यस बैंकका सञ्चालकहरु अधिकांश माडवारी भएका कारणले निक्षेपकर्ताको पैसा विदेशमा लगानी गर्ने गरेका छन् । सर्वसाधारणलाई दिएको कर्जा पनि बैंकले उठाउन सकेको छैन ।

कर्जा नउठ्दा दिनहुँजसो धितो लिलामीको सूचना राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित गरिएको देखिन्छ । त्यसले एकातिर सर्वसाधारणको उठिवास लगाएको छ भने अर्कोतिर आफ्नो कर्जा नउठ्दा बैंक घाटामा गइरहेको छ । एनआईसी एशिया बैंकलाई राष्ट्र बैंकले संरक्षण गरेको भनिए तापनि त्यो प्रष्ट छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *