सिटिजन्स बैंक र भारतको मेदान्त हस्पिटलबीच सम्झौता

अर्थ/वाणिज्य समाचार

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भारतको गुँडगाँवमा रहेको मेदान्त– द मेडिसिटी अस्पतालबीच छुटसम्बन्धी समझदारीपत्रमा पुनः हस्ताक्षर भएको छ।

गुँडगाँव हरियाणास्थित अस्पतालमा भएको उक्त समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले हस्ताक्षर गरेका हुन्।

सम्झौतापश्चात् अब सिटिजन्स बैंकका कार्डवाहक ग्राहकले अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट पाउने भएका छन्।
यो सुविधा सिटिजन्स बैंकका कार्डवाहक ग्राहकहरूले पाउनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *