काठमाडौं । नेपालकै धनी विनोद चौधरीले हड्पेका सार्वजनिक जमिन फिर्ता गर्न सरकारलाई संकट छ । विनोद कांग्रेसकी भाउजु डा.आरजु राणाको विश्वास प्राप्त हुन् । डा.आरजु भनेकी यो देशमा सरकार जसले चलाए पनि देवर बाबुहरुलाई प्रयोग गरेर सदन अवरोध गरेर आफ्नो काम पट्याउन सक्ने बहादुर हुन् । कांग्रेसले सरकारको नेतृत्व गर्दा डा.आरजुको स्वीकृतिबिना राजस्व र प्रशासनमा कुनै निर्णय भएन । नक्कली भुटानी शरणार्थी प्रकरणको थालनी नेकपा कालमा केपी ओलीले शुरु गरे ।
काम चुनावी सरकारका प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँडले फत्ते बनाए । नेपालीलाई नक्कली भुटानी बनाउन भुटाका गाउँ ठाउँको नाम दिने टेकनाथ रिजाल थिए । यो घामड विषयको प्रतिवदेनको पाना फेर्ने काम तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले सफल बनाए । रामबहादुर थापा गृहमन्त्री हुँदा उनका छोरा र पत्नी पैसा असुलेर रातारात धनाढ्य भए ।
तिनलाई कारबाहीमा ल्याउने प्रक्रिया बढ्दै थियो भागभाग भयो । गृहमन्त्री नारायणकाजी श्रेष्ठ हुँदैनथे भने बालकृष्ण खाँडदेखि टोपबहादुरका बाबुछोरा इन्द्रजित राई टेकनाथ रिजालजस्ता व्यक्तिहरु पक्राउ पर्दैनथे । राजनीतिक रुपमा वामपन्थी पतन भएका बेलादेशकै उद्योगपति विनोद चौधरी सरकारी जमिन कब्जा गरेर आफ्नो बनाउने धन्दामा लागेका रहेछन् भन्ने कुरा छर्लंग भयो । चौधरी डा.आरजुका विश्वासी हुन् । पैसाले सांसद पद पनि किन्ने उद्योगी हुन् ।
एमालेबाट संविधानसभा सदस्य भएका यिनै विनोद चौधरीले देशको सार्वजनिक जमिन हडपेर सरकारलाई ठगिरहेको रहस्य अहिले खुलेको हो । राज्यलाई ८÷९ वर्ष राजस्व तिर्ने चौधरी अहिले राज्यको छानबिनमा परेका छन् । डा.आरजुलाई सरकारले गर्न लागेको छानबिनले आतंकित बनाएको छ । आरजुको भारत भ्रमण सरकारको भ्रष्टाचार र बेथितिमाथिको छटपटीसँग जोडिएको हो ।