अर्थमन्त्रीको सचिवालयमा भ्रष्टहरुको घुँइचो

अर्थ/वाणिज्य राजनीति समाचार

काठमाडौं । अर्थमन्त्रीका रुपमा बर्षमान पुन रिइन्ट्री पाएसँगै भीमकान्त भण्डारी र कमानसिंह थापाहरुको चकचकी शुरु भएको छ । भीमकान्त विथ ल्यावका मालिक हुन । यस अघि नै चार मन्त्रीका पीए बसेर अकुत काण्डमा मात्र होइन, सुन काण्डमा समेत प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोदेखि सुन तस्करी जाँचबुझ आयोगले समेत निगरानीमा राख्न सिफारिस गरेको थियो । अनि बर्षमानका नातेदार भएका कारण उपसचिव कमानसिंह गृहबाट अर्थमा सरुवा भएर कर्मचारी प्रशासन सम्हाल्न गइसकेका छन् ।

विथ ल्याव खडा गरेर अकुत आर्जनमा डामिएका भण्डारीको कम्पनीमा अदृश्य लगानी नै बर्षमान पुनको हो भन्छन्,एकाथरी प्रशासकहरु । त्यो के हो,सत्य तथ्य जाच्ने सरकारी निकायले औल्याउलान । अहिले चाहिँ बर्षमानको सचिवालयबाट उनै भण्डारीले दिएको अनावश्यक दबाब र टर्चरको प्रंसग जोड्न खोजिएको हो । यस अघि बर्षमान पुन उर्जामन्त्री हुँदा उनकै सचिवालयमा बसेर काम गरेका भीमकान्तले जनार्दन शर्मा,आशा कोइराला लगायतका मन्त्रीहरुसँग काम गरे ।

चार मन्त्रीसँग काम गर्दा ६ करोड २४ लाख ४ हजार ६ रुपैयाँ र ४४ थुपारेको र सम्पत्तिको श्रोत नदेखिएको भन्दै सम्पत्ति जफत गर्न अख्तियारले विशेष अदालतसँग माग गरेको थियो । विशेष अदालतले १२ लाख रुपैयाँ धरौटीमा भीमकान्तलाई छोड्यो । उनै भीमकान्तले मल आयातको सरकारी ठेक्कासमेत आफ्नो हिस्सामा पारेर गत वर्ष समयमै मल नल्याइदिँदा कृषकको बिचल्ली पारेका थिए । तिनै भीमकान्त हाबी हुन थालेका छन् बर्षमानको सचिवालयमा ।

अचेल भीमकान्तलाई अधिकांश समय मन्त्री क्वार्टर पुल्चोक वा अर्थ मन्त्रीकै सचिवालयतिर भेट्न सकिन्छ । तिनै भीमकान्तले पछिल्लो समय आफ्नो कम्पनीलाई ऋृण दिन सरकारी बैंकलाई अनावश्यक टर्चर दिदै आएका छन् । विद ल्यावका अलवा भण्डारी ललितपुर– १५ कुपन्डोलस्थित स्रद्धिवा नेपाल प्रालि नामक कम्पनी समेत चलाइरहेका छन् ।

उक्त कम्पनी विद् ल्यावले चलाएको हो । उक्त कम्पनीमा विदको ३ करोड ५० लाख रुपैयाँ र जीवनप्रसाद पौडेलको १० लाख रुपैयाँ गरी ३ करोड ६० लाख रुपैयाँ शेयर रहेको छ । विद म्यानेजमेन्टमा भने ३ जना शेयर होल्डर छन्, जसमा भीमकान्त भण्डारीको १ करोड, जनककुमार बरालको ४० लाख र नविन तुलाधरको १५ लाख रुपैयाँसहित कुल १ करोड ५५ लाख शेयर रहेको बैंकमा पेश गरिएको विवरणमा उल्लेख छ । सो कम्पनीले रियल इस्टेटमा लगानी गर्न खोजिएको उनको आवेदनमा उल्लेख छ ।

कैलालीको अत्तरिया नगरपालिका वडा नम्बर– ५, श्रीपुरमा १५ हेक्टर जग्गा खरिद गर्ने भनेर भण्डारीले ८ करोड रुपैयाँ ऋणका लागि आवेदन दिएका थिए तर नेपाल बैंकले ऋृण दिन मानिरहेको छैन । जसै बर्षमान पुन अर्थमन्त्री बनेर आए तब भीमकान्त भण्डारी मुख्य हिस्सेदार रहेको कम्पनीका नाममा ८ करोड रुपैयाँ ऋण पास गरिदिन नेपाल बैंकका सञ्चालकलाई दबाब दिइएको बैंक स्रोतले जनाएको छ ।

नेपाल बैंकको सञ्चालक समितिको अध्यक्षमा डा चन्द्रबहादुर अधिकारी,अर्थका प्रतिनिधि सहसचिव उत्तरबहादुर खत्री,गंगा ज्ञवाली,साधना घिमिरे,विवेक शमशेर राणा,बिष्णु कुमार अग्रवाल र रचना श्रेष्ठ छन् । अहिले प्रमुख कार्यकारी अधिकृत (सिइओ)को कुर्सीमा तिलकराज पाण्डे नियुक्त भएका छन् । उनले मन्त्रीको सचिवालयबाटै यही टिमलाई आनवश्यक दबाब दिइएको बुझिएको छ ।

उता उनका पार्टनर समेत रहेका नविन तुलाधर ओम्नीका मालिक नबिन तुलाधर निर्वाचन आयोगमा भएको ‘सेकेन्ड ह्यान्ड’ प्रिन्टर खरिदमा मुछिएका छन् । हामीले चार बर्ष अगाडि यो बिषय उठान गरेका थियौं । तत्कालीन प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव र ओम्नीका मालिकको मिलेमतोमा आयोगले झन्डै २५ करोड हालेर ओम्नीसँग किनेको प्रिन्टरको सबालमा अख्तियारलाई बल्ल तातो लागेको छ । कोरोनाकालमा मेडिकल सामग्री खरिद अनियमिततामा मुछिएको ओम्नीले निर्वाचन आयोगलाई २४ करोड ६७ लाख रुपैयाँ बढीको ‘सेकेन्ड ह्यान्ड’ प्रिन्टर भिडाएको थियो ।

यसमा ओम्नीका मालिक तुलहरि, आइटी माफिया विकल पौडेल तत्कालीन प्रमुख निर्वाचन आयुक्त यादव निर्वाचन आयुक्त इश्वरीप्रसाद पौडेल, सचिव बेगेन्द्रराज शर्मा पौडेल, सूचना प्रविधि निर्देशक श्रीचन्द्र साहलगायतको मिलेमतोमा रहेको देखिन्छ । २५ करोडको प्रिन्टर खरिद घोटालामा मुछिएका तत्कालीन निर्वाचन आयुक्त इश्वरी आफ्ना विश्वासपात्र शंकरप्रसाद खरेललाई आफ्नो रिक्त ठाउँमा आयुक्त बनाएर पठाउन लबिइङमा छन् । उता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा रहँदा स्थानीय तहको वेव साइडदेखि आइटीका काममा दिनेश थपलियासमेत मुछिए पनि त्यसमा अख्तियारको आँखा पर्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *