निजामतीमा धनवाद र डनवाद हावी

राजनीति समाचार

काठमाडौं । कर्मचारीहरु कतिसम्म छाडा र लगाम विनाका घोडाजस्ता छन् भन्ने दुईवटामात्र उदाहरण हेरौं ः
– मन्त्री बर्षमान पुनको निर्देशन अटेरी गर्दै अर्थसचिव कृष्णहरि पुष्कर १० दिने अमेरिका भ्रमणमा निस्किए ।
– भन्सार विभागबाट सरुवा भएका सेवन्तक पोखरेल त्रिभुवन भन्सार कार्यालय जान मानेनन,सरुवा भइसकेको कार्यालयबाटै खर्च बेहोर्ने गरी स्वीजरल्याण्डको जेनेभा पुगे र फर्किए ।
– १९ महिनादेखि उपसचिव मोहन घिमिरे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा हाजिर गरेर तलब खाइरहेका छन् ।

यी तीनवटा घटनाक्रमलाई हेर्ने हो भने थाहा लाग्छ नेपालको व्युरोक्रेसीको चित्र र चरित्र । सहसचिव पोखरेललाई पूर्व अर्थमन्त्री प्रकाशशरण महतले नै भन्सार विभागबाट तानेर त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा खटाएका थिए,प्रमुखका रुपमा तर उनी त्यहाँ जानै चाहेनन् । १९ माघमा सेवन्तकलाई भन्सार विभागको उपमहानिर्देशकबाट विमानस्थल भन्सार कार्यालयको प्रमुख प्रशासकमा सरुवा गर्ने निर्णय गरेका थिए । त्यतिबेला पोखरेल जापान भ्रमणमा थिए । जान इन्कार गरे ।

पछि बिदा लिएर बसे । खटाएको ठाउँमा तीन महिनादेखि सरुवा भएर गएका छैनन् । सोही कार्यालयको खर्चमा जेनेभा पुगे,पाँच दिने भ्रमण सकाएर फर्किए । पोखरेल जागिरे जीवका लामो कालखण्ड मालदार कार्यालयमै बसेर अकुत अकाउन सफल कर्मचारीभित्र पर्दछन् । फागुन २०७२ देखि भदौ २०७५ सम्म वीरगञ्ज भन्सार कार्यालयमा प्रमुख भन्सार प्रशासक भएर काम गरेका थिए । विराटनगरसहित विभिन्न आकर्षक मानिने भन्सार कार्यालयमा बसेर अकुत आर्जनमा मुझिएका उनी खटाएको ठाउँमा नजाँदा त्रिवि भन्सारजस्तो संवेदनशील कार्यालय निमित्तको भरमा चलिरहेको छ ।

अहिले त्यहाँ उपसचिव गगनबहादुर बिकेले निमित्त चलाइरहेका छन् । कन्फर्म हाकिम आउन नदिन गगन आफैं लागिपरेका छन् । गगन एमाले निकटका कर्मचारी हुन । उनले ट्रेड युनियन र बर्षमानको सचिवालयमार्फत खेलिरहेका छन् । टिआइए भन्सारमा सात उपसचिवको दरबन्दी छ तर तीन जनाको भरमा चलिरहेको छ । त्यसो हुँदा खेल्न पाउने विचौलियाहरुले हो । तिनले पनि चलखेल गरिरहेका छन् । उता अर्थमन्त्री वर्षमान पुनले सचिव,सहसचिवहरुको टिम नै परिवर्तनको शुरुवात गरिसकेका छन् । आन्तरिक राजश्व विभागको हाकिम भुपाल बराललाई सरुवा गराइसकेका छन् । अर्थमा तीन जना माओवादी निकट सहसचिव भित्र्याइसकेका छन् । मन्त्री पुन कृष्णहरि पुष्करलाई फालेर नयाँ सचिव ल्याउन खोजिरहेका छन् ।

उता पानी बढूवा खाएका मोहन घिमिरे,उपसचिवमा उक्लिएको २ बर्ष हुन लाग्दा समेत कतै केही जिम्मेवारी नलिई ट्रेड युनियनकै कार्यक्रममा अतिथी बनेर हिड्दा भ्याई नभ्याई छ ।उनलाई अमनलाल मोदी मन्त्री हुँदा माधव नेपालकै गृह जिल्ला रौतहटको पालिकामा प्रमुख प्रशासकीय अधिकृत बनाएर खटाइएको थियो तर खटाइएइको ठाउँमा गएनन् ।

बरु उल्टै खाए सिडियो खान्छु,नखाए कहिँ कतै जान्न भन्ने अड्डी लिएर बसेका छन् । माओवादी र जनमतका मन्त्री हुँदा त खटाउन नसकेका घिमिरे अब झनै साँढा हुने भइहाले कारण उनकै पार्टी एकीकृत समाजावादीका सोझा मन्त्री भानुभक्त जोशी सामान्य प्रशासन मन्त्री बनेका छन् । यस्ता डन,धनवादी कर्मचारीलाई तह लगाउने गरी ऐन निर्माण गर्न सकेको खण्डमा मात्र निजामती सेवा सुधर्ने,नत्र ध्वस्त हुने चिन्ता पोख्छन्,पूर्व प्रशासकहरु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *