बजेट अभावले सडक डिभिजन प्रमुखहरुको भागाभाग

अर्थ/वाणिज्य राजनीति समाचार

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बजेट अभावको कारण काठमाडौं उपत्यकाभित्रका डिभिजन प्रमुखहरु आफ्नो कार्यकक्षमा बस्न छाडेका छन् । काठमाडौं, ललितपुर र भक्तपुरका सडक डिभिजन प्रमुखहरुले निमार्ण व्यवसायीहरुको भुक्तानी दिन नसकेपछि कार्यकक्षमा बस्न छाडेका छन् । उनीहरुले कार्यालयमा बस्न मात्रै छाडेका छैनन्, फोनसमेत उठाउन सकेका छैनन् । किन कि उनीहरुलाई निर्माण व्यवसायीको भुक्तानीको लागि ताकेता छ ।

सरकारले बजेट निकासा नगर्दा निर्माण व्यवसायीको भुक्तानी रोकिएको लामो समय भइसकेको छ । तत्कालीन सरकारको पालादेखि रोकिएको भुक्तानी हालको पाँचदलीय गठबन्धन सरकारले दिने तरखर गरेको छैन । अहिले भौतिक पूर्वाधार तथा यातायातमन्त्री एमाले नेता रघुवीर महासेठ बनेका छन् । महासेठले पहिलादेखि रोकिएको निर्माण व्यवसायीको भुक्तानी कसरी गर्ने हुन् त्यो पनि एकिन छैन । चैत मसान्तसम्ममा निर्माण व्यवसायीलाई करिव ३४ अर्ब रुपैयाँ भुक्तानी गरिसक्नुपर्ने देखिन्छ ।

चैत आधा बितिसक्दा पनि मन्त्रीले त्यो रकम भुक्तानी गर्ने तदारुकता देखाएको पाइँदैन । मन्त्री महासेठ अहिले विभिन्न आयोजना, योजनाको निरीक्षण गरिराखेका छन् । उनले निरीक्षण मात्रै गरेका छैनन् सडक विभागका अधिकांश कर्मचारीको कोठा, चोटा पुगेर निर्देशन दिइरहेका छन् । तर, कर्मचारीहरु भने बजेटको अभाव देखाएर पन्छिने काम गरिराखेका छन् ।

आर्थिक वर्षको अन्त्य हुन लाग्दा समेत विकास निर्माणको काम हुन सकेको छैन । यदि भइहाले तापनि बजेटको अभावले निर्माणको आवश्यक सामग्री खरिद समेत गर्न नसक्ने अवस्था छ । निर्माण व्यवसायीहरु व्यापारीबाट उदारो सामग्री पाएका छैन् । कतिपय निर्माण व्यवसायीले रड, सिमेन्ट, बालुवा, गिटीसमेतको भुक्तानी दिन नसकेर आफ्नो घर विक्री गर्नुपर्ने अवस्था भएको बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *