ananta gurung

रास्वपाको पक्षमा उर्लियो जनसागर

राजनीति लेख

पूर्व सभामुख सुवास नेमवाङ स्वर्गिय भए पछि खाली हुनगएको ईलाम जिल्ला क्षेत्र नं २ को साँसद पदको लागि उपनिर्वाचन हुँदैछ । सोउपनिर्वाचनमा सत्ता पक्षकै दुई राजनीतिक दलहरुको उम्मेद्वारहरुका बिच तिब्र भिडन्त हुने संभावना बनेको छ ।

स्थापित राजनीतिक दल एमालेबाट स्वर्गिय सुवास नेमवाङ कै सुपुत्र सुहाङ नेमवाङलाई उम्मेद्वार बनाईएको छ भने रास्वपाको तर्फवाट युवा नेता मिलन लिम्बु सोसाँसद पदको लागि उम्मेद्वार भएका छन् । स्वर्गिय सुवास नेमवाङ कै छोरालाई आफ्नो पक्षबाट उम्मेद्वार बनाए एमालेले साहानुभूति भोट पाउने अपेक्षा राखेको छ । यसो त एमाले सित चुनावमा खर्च गर्ने पैसाको कुनै कमी छैन र चुनावी व्यवस्थापन गर्नको लागि पनि एमाले अन्य राजनीतिक दलहरुको तुलनामा अव्बल नै छ । तैपनि साहनुभूतिको भोट बटुल्नको लागि सुहाङ नेमवाङलाई आफ्नो उम्मेदवार बनाएर जसरी पनि एमालेले आफ्नो साँसद सिट जोगाएर नै छाड्ने दृढता देखाएकाछन ।

कुनै पनि हालतमा उक्त संसदिय चुनाव क्षेत्रको सिट गुमाउने जोखिम नमोल्ने बज्र नीति एमालेले लिएको छ । तर सत्ता पक्ष कै दल रास्वपाले भने एमालेको उक्त संसदिय क्षेत्रको एक सिट खोसरै छाड्ने कसम खाएको झै देखाउँदै नेपाल राष्ट्र नै थर्काउने गरी घण्टी बजाउन थालेका छन् ।

रास्वपा नयाँ राजनीतिक दल भएता पनि पहिलो चुनावमा नै आफ्नो उपस्थितिको तरंग स्थापित राजनीतिक दलका शीर्ष नेताहरुको मुटु नै थर्काउने गरी जनाईसकेका छन । रास्वपा दलमा गोलबन्द भएका युवा नेताहरुले नेपालको भविष्य हाम्रो हातमा छ र नेपाली जनताको सुन्दर भविष्य बनाउनको लागि कुनै पनि कसर बाँकी राख्दैनौ भनी दृढ कसम खाएकाछन । आज आएर नेपालका ठुला राजनीतिक दलहरु जस्तो नेका, एमाले र माओवादी केन्द्रले पनि सोकुरा महसुस गरीसकेकाछन ।

त्यसैले रास्वपा सित सहकार्य गर्न तँछाड मँछाड गरी उक्त ठुला राजनीतिक दलहरु प्रतिश्प्रधामा उत्रेका छन् । जसरी माओवादी केन्द्रको ३२ साँसद सिटहरु मात्रै भएर पनि दुई ठुला दल नेका र एमालेलाई पंछाएर नेपाल सरकारको नेतृत्व लिन सफल भएको छ त्यसरी नै रास्वपाले देशको शासन प्रशासन चलाउनको लागि अतिनै महत्वपूर्ण मानिएको गृह्यमंत्रालयको जिम्मेवारी पाएका छन । नेपालको सन्दर्भमा जसको लाठी उसकै भैंसी भन्ने किस्सा निकै नै प्रचलित र सत्य मानिन्छ ।

केही बर्ष अगाडि तत्कालिन एमाले सरकारको गृह्यमंत्री बनेका बामदेव गौतमले स्थानिय तहको चुनाव पनि यसरी नै एमाले कै सोलोडोलो तुल्याएका थिए । सुन तस्करीमा पनि उहाँको नाम त्यसरी नै जोडिएको थियो अहिले जसरी माओवादी केन्द्रका नेताहरुको नाम सुन तस्करीमा जोडिएर आईरहेको छ । मानव तस्करी त्यतिबेला अहिलेको जस्तो गम्भिर सामाजिक समस्या थिएन त्यसकारण तत्कालिन एमाले सरकारलाई नेका सरकारको जस्तो बदनामी व्यहोर्नु पर्दैपरेन ।

नेपाल प्रहरीका पूर्व डिआईजी रमेश खेरल ज्यूले त पूर्व प्रधानमंत्री स्वर्गिय गिरीजा प्रसाद कोइरालाले दलहरुको चुनाव खर्च जुगाड गर्नको लागि सुन तस्करी तीन महिनाको लागि खुला गर्न नेपाल प्रहरीलाई निर्देशन समेत दिएका थए भन्ने दाबी सार्वजनिक रुपमा नै गरेका छन् । उहाँ छुट्टै राजनीतिक पार्टी खोलेर बसेको भएतापनि गत आम निर्वाचनमा रास्वपाबाट चुनाव लडेर असफल भएका थिए ।

अहिले फेरि रास्वपा सितको संबन्धलाई तोडेर पुरानै पार्टीलाई अगाडि बढाउने प्रयास थालेको सुनिएको छ । उहाँले पूर्व प्रधानमंत्री स्वर्गिय गिरीजा प्रसाद कोईरालालाई नेपालको इतिहासमा सबै भन्दा भ्रष्ट पनि भनेकाछन । समग्रमा भन्दा नेपालको राजनीतिक दलहरु र त्यसलाई नेतृत्व गर्न नेताहरु सबै भ्रष्ट र अपराधिक पृष्ठभूमि भएकाहरु मात्रै छन ।

रास्वपा युवा वर्गले नेतृत्व गरेको नयाँ राजनीतिक दलभएको हुँदा यसको भ्रष्ट र अपराधिक पृष्ठभूमि छैन । तरपनि उक्त पार्टीका शीर्ष नेता रबि लामिछाने सुरुवाती चरण देखि नै धेरै नै बिबादित बनेकाछन । उहाँ पनि बदमासहरुको राजा नै हुन भन्ने दाबी गर्नेहरु नेपालमा धेरै छन । एक प्रतिष्ठित राष्ट्रिय दैनिकमा प्रकाशित समचार अनुसार उहाँ माथि अमेरिका अप्रवासनमा बस्दा करिब दुई दर्जन जति फौजदारी अभियोगहरु लागेको र त्यस्तो केही मुद्दाहरु अझ पनि अमेरिकी आदालतहरुमा चली नै रहेको जनाएको छ ।

उहाँको परिवारिक जीवन पनि बिबादित नै रहेको देखिन्छ । नेपालमा पनि बहुबिबाह गरेको र त्यस्तै अमेरिका अप्रवासनमा बस्दा खेरी पनि बहुबिबाह गरेको आरोपहरु उहाँ माथि लाग्दै आएको छ । पछिल्लो चरणमा उहाँ माथि भ्रष्टाचारको आरोप पनि लाग्दै आएको छ । ग्यालेक्सी टिभीको कार्यकारी प्रमुख हुँदा सहकारीहरुबाट करोडौ ऋण लिएर उक्त संस्थालाई नै डुबाएको गम्भिर आरोप उहाँ माथि लागेको छ । यहि मुद्दालाई रास्वपाका बिरोधी दलहरुले सशक्त रुपमा उठाइरहेका छन र उहाँलाई पनि अरु नेताहरुलाई सरह कारबाही चलाउनु पर्ने माग राखेका छन् । जस्तो सुकै आरोपहरु उहाँ माथि लाग्दै आएको भएतापनि उहाँका सहयोगीको रुपमा रहेका नेपालका युवावर्गहरु रास्वपालाई नेपालको एक सफल राजनीतिक दल बनाउन ज्यान फालेर लागेकाछन ।

रास्वपाको शिद्धान्त र नीति बारे अहिले सम्म प्रष्ट नभए पनि नेपाली जनताले रास्वपालाई मनपराएका छन । पछि गएर रास्वपाका शीर्ष नेता रबि लामिछाने पनि युक्रेनका राष्ट्रपति जेलेन्सकी जस्तो निस्किनेपो हुन कि भन्ने त्रास पनि केहीले व्यक्त गरीरहेका छन । यसरी नेपाली जनता रास्वपाको बिदेशी सहयोगी सम्बन्ध बारे पहिले नै प्रष्ट हुन चाहेकाछन । सार्वजनिक रुपमा प्रकाशित समचारहरुको अनुसार रास्वपाले बिना पूजआजा घण्टी बजाउनुको पछाडि युरोपियन युनिनयनको ठुलो हात रहेको कुराको जानकारी भएकोछ । यतिबेला रास्वपाको बिदेशी सम्बन्धमा भन्दा पनि नेपाली जनताको धान ईलाम जिल्लाको निर्वाचन क्षेत्र नं २ मा केन्द्रित रहेको छ ।

नेपालका सबै स्थापित राजनीतिक दलहरुको रस्साकसी त्यहाँ सुरु भईससको अवस्था छ । अहिले उक्त चुनाव क्षेत्रमा देखिएको मानव भिड अनुसार रास्वपाको पक्षमा ठुलो जनलहर नै आएको दाबी गर्न सकिन्छ । रास्वपाको शीर्ष नेता रबि लामिछानेको ज्यादु त्यहाँ पनि चल्यो भन्न नेपाली जनताले सुरु गरीसकेका छन । रबि लामिछानेको बारेमा जति सुकै घृणा फैलाउने समचारहरु प्रकाशित भएता पनि त्यसले उहाँ प्रतिको नेपाली जनताको मायालाई कुनै फरक पार्न सकीरहेको छैन ।

उहाँले अमेरिकामा बस्दा र नेपालमा एक प्रखर पत्रकारको भूमिकामा काम गर्दा धेरै नेपाली जनतालाई गुण लगाउन सफल हुनुभएकाले आज आएर सोही गुणको ऋण तिर्नको लागि नेपाली जनताले पनि तत्परता देखाएको आभास हुन्छ । यतिबेला उहाँ नेपालको गृह्यमंत्री समेत भएको हुँदा त्यसको लाभ उहाँलाई पनि प्राप्त हुने नै छ । नेपाली जनता पहिले देखि नै शक्तिको पुजारी पनि भएको हुँदा यो बेलामा रबिलाई नेपाली जनताको साथ सहयोगमा कुनै अभाव हुने छैन ।

भ्रष्ट अपराधी नाफाखोर सुन तस्कर मानव तस्कर नेताहरुले भरिएका नेपालका स्थापित राजनीतिक दलहरुको तुलनामा रास्वपालाई नेपाली जनताले पवित्र मानेकाछन भन्ने प्रमाण ईलाम जिल्लमा उर्लिएको जनसागरबाट नै पुष्टी भईरहेको छ । रास्वपा खासगरी शीर्ष नेता रबि लामिछानेका बिरोधीहरुले उहाँलाई जतिसुकै आरोप द्वोषहरु लगाएपनि नेपाली जनताले त्यसको कुनै वास्ता गरेका छैनन् । नेपालको सर्बोच्च अदालतबाट आएको फैसलाले उहाँलाई द्वोषी ठहर गरेको भएतापनि नेपाली जनताले पुनरचुनाव जिताएर उहाँलाई पबित्र नै सबित गरीदिएका छन । अबको पालो भनेको ईलाम चुनाव क्षेत्र नं २ को परिणाम नै हो ।

रबि लामिछानेको करिश्मा र उहाँको बिरोधीहरुको असफलतालाई उक्त चुनावको नतिजाले झन प्रष्ट पार्ने सुनिश्चित नै छ । भ्रान्ती फैलाएर सत्तामा पुगेका राजनीतिक दलहरु प्रतिको नेपाली जनताको मोह अब भंग भइसकेको छ । नेपाली जनतालाई राजतंत्र र सनतानी वैदिक हिन्दूधर्म गैरकानुनी तरिकाले हटाउने राजनीतिक दलहरुको निर्णय पटक्कै मनपरेको छैन । त्यस्तै राष्ट्रको बिखण्डन कारी खर्चालु संघियता र गणतंत्रलाई पनि नेपाली जनताले तिरस्कार गर्दै आएको कुरा सर्वबितित नै छ ।

रास्वपाले संघियता र गणतन्त्रलाई जोगाउने भूमिका निभाउँछौ भन्ने प्रतिबद्धताको साथ नेपालको राजनीतिमा होमिएको भएतापनि नेपाली जनताको आवाजलाई सुनेर सोही अनुसारको आफ्नो राजनीतिक भूमिका तयगर्ने छन भन्ने बिश्वस नेपाली जनताले मनमा लिएर नै रास्वपालाई साथसहयोग गर्दै आएकाछन । नेपाली जनता नेपालको राजनीति र बिकासमा परिवर्तन चाहान्छन भने पुरानो दलहरुलाई नै भोट हाली चुनाव जिताउनु बेकारको कुरा हुन । नेपालका पुराना स्थापित दलहरु अब सुध्रिनेवाला छैन ।

सबै भ्रष्ट र अपराधिक मनोवृत्ति भएका दलका नेताहरुको नेतृत्वमा चलेका उक्त दलहरु यथास्थितिवादीहरुको जमात मात्रै हुन । नेपाली जनताको परिवर्तनको चाहानाको प्रतिनिधित्व केवल रास्वपाले मात्रै गरेको छ । त्यसकारण ईलाम चुनाव क्षेत्रका मतदाताहरुले पनि नेपालको बिकास र राजनीतिमा परिवर्तन ल्याउनको लागि रास्वपालाई नै भोट हाल्दा राम्रो हुन्छ । आजको नेपाली जनता सबै बुझ्ने र जान्ने भएको हुँदा पुराना राजनीतिक दलहरुले फैलाएको भ्रममा नपरी सत्यलाई नै साथ दिन्छन भन्ने कुरामा रास्वपाको चुनाव सभामा उर्लिएको भिडलाई देखेपछि सबै ढुक्क भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *