कांग्रेस बिग्रँदा व्यवस्था बद्नाम

राजनीति समाचार

काठमाडौं । सरकारको आयु अस्थिर छ । माओवादी नेतृत्वलाई यो भन्दा पनि सत्ता प्रमुख बन्दैछ । विचार मिल्ने भन्दा नमिल्नेसँग प्रचण्डको बारम्बार दोस्ती लोकतन्त्र माथिको प्रहार बन्दैछ । संघीय संसदको इलाम क्षेत्र नं. २ र बझाङ १(क) को उम्मेद्वार एमालेको हेपाह व्यवहारले उदांगो भयो । माधव नेपालालई केपी ओलीले मुर्गा बनाएका छन् । माधवको पार्टीले भाग खोज्ने प्रधानमन्त्रीले दिलाउने अवस्थामा एमालेको पेलाह स्वभाव कसरी नियन्त्रित हुन्छ निश्चित छैन ।

कांग्रेसले पनि कांग्रेस जस्तो चरित्र देखाएन । सत्ता शक्ति कांग्रेसको मुल आदर्श भएकाले कांग्रेस चैतको गर्मीमा टिपेर राखेको साग बन्दैछ । त्यो कुरा पार्टीमा १० प्रतिशत सदस्य भएको डा.शेखर समूहले विरोध गर्छ, वास्ता हुन्न, नेता नेता जस्तो भएनन् । कार्यकर्ता कार्यकर्ता जस्ता छैनन् । स्वार्थी समूहको घेरामा कांग्रेस छ । त्यो कांग्रेस आँफै राजाा हुँदा प्रजातन्त्र समाजवाद र विधिवको शासन भत्केको छ । पार्टी जनतामा जाने राज्यबाट जनताले केही नपाउने भएको बेला व्यवस्था परिवर्तन हुने अवस्था बद्लिन नसक्ने मुल कारण नै दलहरु बनेका छन् । जुन दलहरुले आत्मसमीक्षा गरेनन् ।

कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइराला ०४६ सालको आन्दोलनदेखि नेपाली पत्रकारितामा लागेका साप्ताहिक पत्रपत्रिकाका सम्पादकहरुसँग भन्दै थिए । समानुपातिक सिस्टमबाट राजनीति बिग्रिंयो । कोइराला लोकतान्त्रिक गणतन्त्र र समावेशिताको भद्रगोल सपार्न पनि संविधान फेर्नुपर्ने कुरामा अडिक छन् । तर शेखरकै टिमका महामन्त्री गगन थापाको उडन्ते शैलीको रक्षक भएनन् । वंश परम्पराको कांग्रेसमा अंश खोजेर राजनीतिक फाइदा हुँदैन । एमाले पेलान गर्ने पार्टी हो । कांग्रेस भ्रष्टाचारी मिलनमा डा.शेखर जुटेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *