काठमाडौं । कोशी प्रदेशको अस्थिरताको जड जो हो उसैले आफ्नो टिमबाट मुख्यमन्त्री हटाएको खण्डमा एमालेले डा.शेखर गुटलाई सघाउने संकेत देखिएको छ । कांग्रेसको मागको मुख्यमन्त्री माओवादीलाई दिन पदाधिकारी बैठकले गरेको स्वीकृति विरुद्ध विद्रोह गरेका केदार कार्कीलाई अगाडि सार्दा कृष्ण सिटौला पक्षधर उद्धव थापा दर्शक बन्नु प¥यो । डा.शेखर समूहले विद्रोह त ग¥यो, सरकार टिकाउने ठाउँ छैन । माओवादीले कांग्रेसको लागि सभामुख त्याग्ने कांग्रेसले माओवादीलाई राष्ट्रिय सभामा मत नदिने जस्तो भाइरस रोग संघीय सरकारमा सर्दै छ ।
कांग्रेस र एमालेभित्र एकले अर्काको खुट्टा तान्ने अवस्था छ । कांग्रेसभित्रका जनजाति नेता भिष्मराज आङदाम्बेहरुको राजनीति पनि ओझेल प¥यो । जातीयता र पहिचानको कुरा आज ओझेलमा परेको छ । एमालेले समेत पहिचानको मुद्दामा खुट्टा कमाएको छ । एमालेमा एनजीओ र आईएनजीओ हरुको बोलवाला छ । एमाले पार्टी जुन पार्टीले प्रजातन्त्रमा राजाको सेवक बनेर कम्युनिष्टको टे«डमार्क माथि लुट्ने अभियान चलायो । सत्ता नपाएसम्म जनपक्षीय कुर्सी पाउँदा भष्मसुर त्यो पार्टी आज वामपन्थी भन्दा दक्षिणपन्थीको सेवक भएको छ ।
केन्द्रीय सरकार फेरिनासाथ प्रदेश भत्कनुपर्ने तर स्थानीय तहको समस्यामा राज्य सचेत नहुनेजस्ता विषय बारम्बार असन्तुष्टीका रुपमा आएका छन् । गणतन्त्रकै विरुद्ध लोकतन्त्रको पहिरन बिग्रेको कारण बालेन र हर्क स्थानीय तहमा, संघमा रवि, सिके राउत, रशेम चौधरी ऐजेरु बनेका हुन् । कांग्रेस र एमाले संविधान जोगाउन लागे भने माओवादी कता पुग्छ प्रचण्डले सोच्ने बेला आएको छ ।