अख्तियारलाई माथ दिने यी ठूला माछा

राजनीति समाचार

काठमाडौं । मुलुक मन्त्री, सचिव,सांसदले कम र विचौलियाहरुले धेरै चलाइरहेका छन् । तिनकै स्वार्थ अनुसार ऐन संशोधन हुन्छ । ऐनको बुँदाहरु काटिन्छन् । यस्ता विचौलियाहरु कहिले फस्दैनन्,फस्ने भनेका कर्मचारीमात्र हुन । जस्तो हेरौं न नक्कली भुटानी शरणार्थी प्रकरण होस वा ललिता निवास जग्गा काण्ड । नेता फुक्काफाल,कर्मचारीमात्र जेलमा । उसै त अख्तियार दुरुपयोग अनुसन्धान आयोगमाथि लाग्दै आएको एउटा आरोप हो पाँच÷ दश हजार घुस खाने खरिदार,सुव्वा समाएर त्यसैमा रमाउँदै आयो । ठूला भ्रष्टाचारीहरुलाई समाउनै सकेन । वाइडवडी,एनसेल,ललिता निवास जग्गा,शरणार्थी प्रकरण, गोकुल बास्कोटा समेत जोडिएको सुरक्षण मुद्रण कोषको सेक्युरेटी प्रेस खरिद लगायतका प्रकरण । यी प्रकरणमा अख्तियारको अनुसन्धान छैन ।

पछिल्ला समय जति पनि आर्थिक अपराध वा भ्रष्टचारा भएका छन्,आइटी अर्थात प्रविधिसँग सम्बन्धित र अख्तियारले पनि यसैमा ध्यान दिएको देखिन्छ । यही प्रकरणमा अख्तियारले नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षित मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल ठूला माछालाई समायो तर उनीझैं अर्काे ठूला माछा इ सेवाका मालिक अस्गर अलिहरु एमाले निकट भएकै कारण अनुसन्धानको दायरामा छैनन् । आइटीका माफिया पछि अख्तियारको ध्यान मेडिकल माफिया विशाल पण्डितसम्म पुगेको छ । अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम दुई करोड ८९ लाख ६६ हजार ५० रुपैयाँ बिगो कायम गरी सजाय हुन मागदाबीसहित हस्पिटेकका मालिक विशाल पण्डितविरुद्ध भ्रष्टाचार मुद्धा चलाएको छ ।

यस्तै नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक उपर अर्वाै भ्रष्टाचार मुद्धामा अख्तियारले अनुसन्धान गरिरहेको छ । आईटी माफिया विकल पौडेल, सुनिल पौडलदेखि औषधि माफिया विशाल पण्डित, भीमकान्त भण्डारीलगायत अख्तियारको फन्दामा परेका छन् । तर, आईटी र औषधि माफियाका नाइके नवीन तुलाधार भने फुक्काफाल देखिन्छन् । यो मुलुकमा पछिल्लो समय आइटी,औषधिदेखि खरिदमा सेटिङ्ग मिलाउने खरिद मास्टरका रुपमा नवीन तुलाधर, विकल पौडेल, सुनिल पौडेल, विशाल पण्डित, तुलहरि भुसाल, अकबर हुसेन, दीपक भट्ट, भीमकान्त भण्डारी, रामचन्द्र भट्ट,राम थापाहरुको नाम चर्चा छ ।

यही समूहले मुख्य सचिव बनाउनेदेखि सचिवहरुको सरुवा गर्दै आएको चर्चा सिंहदरबारतिर सुनिन्छ । माओवादीका चार मन्त्रीका पिए बसेका भण्डारी विध ल्याबको नाममा अर्थमन्त्री बर्षमान पुनको कालो धनलाई सेतो बनाउने पात्र हुन भनिँदैछ । अहिले बर्षमान पुनको क्वार्टरदेखि सचिवालयसम्म उनकै चकचकी देख्न पाइन्छ ।

रसायनिक मल खरिदमा बदमासी गर्ने समेत उनै भीमकान्त हुन भनिन्छ । अर्का माफिया दीपक भट्ट पनि भ्रष्टाचारमा डामिएका व्यक्ति हुन् । दूरसञ्चारका अर्का माफिया रामचन्द्र भने अहिलेसम्म जोगिरहेका छन् । यस्का अलवा विध ल्याबमा समेत लगानी भएका र भियतनाममा बस्दै आएका कुपण्डोलस्थित होटल हिमालयनका मालिक नवीन भने फुक्काफाल छन् । हेर्न बाँकी छ यस्ता विचौलियाहरु अख्तियारको वा सरकारी निकायको अनुसन्धानको घेरामा पर्दछन कि पर्दैनन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *