एउटा प्रचलित जनयुक्ती के छ भने “ बाह्र बर्ष रामायण पढ्यो सीता कसको जोई “। दलहरुले नेपालमा लगातार ३५ बर्ष देखि बिकास गरेको गरेकै छन तर पनि बिकासको प्रभाव कतै केही देखिन्न । झन झन नेपाल राष्ट्र र नेपाली जनता गरिब बन्दै गएकाछन । आर्थशास्त्रका पण्डितहरु भन्छन नेपाल राष्ट्र गरिब मात्र होइन चाँडै टाट पल्टिने अवस्थामा पुगीसकेको छ । यदि दलहरुले नेपालको बिकास गरेको भए नेपाल राष्ट्र र नेपाली जनता यसरी गरिब बन्दै जाने थिएन ।
त्यसकारण दलहरुले बिकास र बिनासमा भेद् पाउन नसक्दा नेपाल राष्ट्र र नेपाली जनताको सर्वनास गर्दै लगेकाछन । राष्ट्रको बिकास गर्ने नाममा खरबौं ऋण दलहरुले बिदेशी सित लिईसकेका छन । राष्ट्रिय ऋणको रुपमा प्राप्त लगानीलाई बिकास गर्ने उद्देश्यले होइन कि कमिसन खाने उद्देश्यले अनुत्पादक परियोजनाहरुमा भटाभट लगानी गरेका छन् । त्यस्ता परियोजनाहरुबाट राष्ट्रिय आम्दानी बढाउनमा ठोश योगदान भएको वा नभएको कुरामा प्रयाप्त ध्यान दिईएको छैन ।
यसरी राष्ट्रिय महत्वका परियोजनाहरु भनिने बिकास परियोजनाहरु पनि असलमा राष्ट्रको समृद्धि र नेपाली जनताको सुःख सित कतैबाट पनि जोडिएका हुँदैनन् । परियोजनाहरु खासगरी सीमित अवधिको मात्रै बन्नु बनाउनु पर्छ । मेलम्ची खानेपानी परियोजना जस्तो खुला समयावधि र खुला बजेट सीमा भएको कदापि हुनुहुँदैन । नेपालमा साधारणतय परियोजनाहरु तोकिएको बजेट र समयमा कहिले पनि पुरा हुने गरेको छैन । परियोजनाहरु ३ देखि ५ बर्ष भित्रै पुरा हुने गरी बनाउनु पर्छ । यदि यस्तो तोकिएको समयमा बन्न नसक्ने भएको खण्डमा परियोजनालाई यथास्थितिमा नै टूंग्याएर नयाँ परियोजनाको रुपमा अगाडि बढाउनु पर्छ ।
नेपालमा यस्तो अभ्यास नभएको हुँदा ठेकेदारहरु र कन्सल्टैन्टहरुले समयमा काम नगरी परियोजनाको अवधि राजनीतिक प्रभावको प्रयोग गरी थप्दै लाने गरेका छन् । मेलम्ची खानेपानी पारियोजनामा यस्तै हुँदा उक्त परियोजना समयमा पुरा हुन नसक्दा नेपाल राष्ट्र र नेपाली जनतालाई लाभ भन्दा हानी धेरै भयो । उक्त परियोजनाबाट भ्रष्टाचारी र आर्थिक अपराधीहरुले चलखेल गरी अकुत कमाउन सफल भए ।
अझ पनि उक्त परियोजनामा देशी बिदेशी दलालहरुले चलखेल गरी नै रहेकाछन भने त्यसलाई रोक्ने प्रयास कतैबाट भएको देखिन्न । यस्तो बिकासलाई बिनास नै हो भन्न सकिन्छ किनकि राष्ट्रिय ऋणबाट प्राप्त महत्वपूर्ण लगानी त्यहाँ गरिएको भएतापनि नेपाली जनताले त्यसबाट लाभ लिन पाएको छैन । अझ पनि काठमाण्डौका बासी नेपाली जनताले मेलम्ची खेनेपानी परियोजनाबाट नियमित पीउने पानी पाएको छैन । काठमाण्डौ बासी नेपाली जनता धेरैले आफ्नो तिर्खा मेटाउनको लागि अकुवामिनरल वाटर किनेर पिउन बाध्य छन् । नेपाल सुरूङ युगमा प्रवेश गर्र्यो भन्दै बढो तामझामको साथ नेपालमा प्रचार प्रसार गरिएका छन ।
सडक यातायात व्यवस्थापन गर्नको लागि सुरुङहरु बनाउने काम भइरहेका छन् । पृथ्बीराजमार्गको नागढूंगा–सिस्ने खोला सुरुङ मार्ग निर्माण अन्तिम चरणमा पुगेको छ । त्यसैगरी सिद्धार्थ राजमार्गको पाल्पा नजिक शिद्ध बाबा गुफा सुरुङ मार्गको निर्माण सुरु भएको छ । यस्ता परियोजनाहरु बन्नु राम्रो कुरा हो तर त्यसलाई पहिले बढाई चढाई पेश गर्ने अनि पछाडि नेपाल राष्ट्र र नेपाली जनतालाई कुनै लाभ दिन नसकेमा हात्ती आयो हात्ती आयो फुस्साको स्थिति उत्पन्न हुनेछन । तसर्थ भर्खरै जन्मेको बालकलाई तारिफको चाङ हाल्नु अर्थहिन कुरा हुन । नेपालमा यस्तो अभ्यास हुने भएको हुँदा राष्ट्रिय गौरबको परियोजनाहरु समेत डेलीभरी दिन नसकेर हावा खाएर अलपत्र बसेका छन् ।
खानेपानीको लागि बनाएको मेलम्ची खानेपानी परियोजनाको सुरूङ २६ किलोमिटर लामो छ । यो बाहेक पनि लार्के र यांग्री खोलाको पानीहरुलाई हालको मुहानमा डाईभर्सन गर्नको लागि थप खानेपानीका सुरुङ बन्ने छन् । नेपालमा नदी डाईभर्सन गर्नको लागि पनि सुरुङ बनेकाछन । भेरी नदीको पानी बबई नदीमा डाईभर्सन गरी सिंचाईको लागि पानी उपयोग गर्ने हिसाबले सुरुङ निर्माण सम्पन्न भईसकेको छ । यसको लागि नेपालमा पहिलो चोटी टनेल बोरिङ मसिनको उपयोग भएको थियो । यसरी सुरुङ चाँडो बनेको भएपनि भेरी नदीमा डाईभर्सन बाँधको निर्माण समयमा सम्पन्न नहुँदा त्यो केही बर्ष देखि नै उपयोग बिहिन बनाएर राखिएको छ । अरबौं लगानी भएको परियोजनाबाट यसरी समयमा लाभ लिन नसक्दा संपूर्ण लगानी निस्क्रिय लगानी बनेको छ ।
सिंचाई कै लागि दोस्रो सुरुङ सुनकोशी–मरिन नदी डाईभर्सन परियोजनामा पनि टनेल बोरिङ मेसिन कै उपयोग गरी सुरङ बनाउने काम अन्तिम चरणमा पुगेको खवर छ । यो परियोजनाबाट बिद्युत उत्पादन पनि गरिने लक्ष रहेको छ । सुरुङ बनेर तयार भएपनि सुनकोशी नदीमा डाईभर्सन बाँध बनाउने काम ढिलो भईरहेको छ । यो परियोजनाबाट प्राप्त पानीलाई बागमती सिंचाई परियोजनाको बाँध सम्म मरिन खोला मार्फत पर्र्याईनेछ । बागमती सिंचाई परियोजनाको कमाण्ड एरियामा सिंचाईको पानीको अभाव खतम हुनेछन । जलबिद्युतको क्षेत्रमा त धेरै सुरङहरु पहिले नै बनीसकेका छन र त्यसबाट जलबिद्युत उत्पादन भएर नेपाल राष्ट्रलाई फाईदा भईरहेको नै छ । नेपालमा रेल मार्ग बन्ने र बनाउने क्रम जारी भएको हुँदा त्यसको बिकास संगै थप यातायातका लागि सुरुङहरु बन्ने छन ।
नुवाकोट जिल्लालाई जोड्ने टोखा–छहरे सुरुङ मार्गको चर्चा धेरै चेलको छ । संभवत केरुङबाट आउने भनिएको रेल मार्गको लागि पनि यो सुरूङ उपयोगी नै हुनेछ । यो सुरङ मार्ग तयार भएपछि काठमाण्डौबाट गल्छी जानको लागि समयको हिसाबले सबै भन्दा छोटो सडक मार्ग साबित हुनेछ । तराईमा रेल मार्ग बनाउँदा बनाउँदै अलपत्र पारी छाडिएकाछन ।
यो रेल परियोजनामा पनि नेपाल राष्ट्रलाई बिदेशीले ऋणको रुपमा दिएको महत्वपूर्ण खरबौं लगानी निस्क्रिय बनेर बसेको छ । दलका नेताहरु भिजनरी नभएको हुँदा बिकासको नाममा यस्ता परियोजनाहरुमा लगानी खेर फालेका छन । त्यस्तै गरी कंक्रिटका अग्ला टावरहरु बनाउँदा पनि नेपाल राष्ट्रको ऋणमा प्राप्त महत्वपूर्ण लगानी अनुपयुक्त लगानी भएकाछन । दलका शीर्ष नेताहरुले बिकासलाई राम्रो सित नबुझ्दा उहाँहरुले गरेको बिकास नै नेपाल राष्ट्रको बिनासको कारण बन्दै गएको छ ।
नेपाल राष्ट्रमा आर्थिक संकट उत्पन्न हुनुको पछाडि यस्तै बिनासजन्य लगानीहरुको कारणले नै हो । बिकासमा मौलिकता भएन भने त्यो दीगो बिकास बन्न सक्दैन । नेपाली जनताको धर्म, संस्कार, परम्परा र सँस्कृति अनुसार भए गरिएको बिकास मात्रै टिकाउ बिकास हुन्छ । अरुबाट नक्कल गरी कपी पेस्ट गरिएको बिकास र राजनीति भनेको एउटै प्रकारको हो । त्यस्तो राजनीति र बिकास कहिले पनि दीगो बन्न सक्दैन र नेपाली जनतालाई पनि सुखी बनाउन सक्दैन । राष्ट्रको हित र नेपाली जनताको खुसी सित नजोडिएका परियोजाहरुलाई कहिले पनि बिकास परियोजना भन्न मिल्दैन । त्यो वास्तविक रुपमा संधै नेपाली जनताको बिनासको कारक मात्रै मानिने छन् ।
दलका नेताहरुले बिकास र बिनासको यहि भेद्लाई चाल पाउन नसक्दा दुनियाँ हसाउने टावर परियोजानहरु बनाएर दलहरुले आफ्नै बदनाम गरेकाछन । अब उक्त टावरहरु भत्काएर फाल्न र नागरिकको लागि सुरक्षित तुल्याउनको लागि थप लगानी गर्नु पर्ने देखिन्छ । यो भन्दा मूर्खतापूर्ण काम अरु केहि पनि हुन सक्दैन । व्यवसयिक इन्जिनियरहरुको सरसल्लाह नलिएकाले दलका नेताहरुबाट यस्तो गम्भिर खाले लापरबाही हुन पुगेको हो । अहिले दलहरुले नेपाल राष्ट्रलाई सम्हाल्नै मुस्किल हुने गरी दुरावस्थामा पु¥याईसकेका छन । आर्थिक संकट बढेर गएकाले दलका नेताहरु आफैले भ्रष्टाचार र आर्थिक अपराधको साथ साथ मानव तस्करी र सुन तस्करीको धन्दा पनि थालिसकेका छन । राष्ट्रको आर्थिक संकट बढेर टाट पल्टिए पनि दलका नेताहरुले आफु र आफ्ने परिवारलाई भने आर्थिक आम्दानीको हिसाबले सुरक्षित बनाईसकेका छन । दलका शीर्ष नेताहरु मौका पाएर पनि राम्रो काम गरी देखाउन सकेनन् । त्यसकारण दलका शीर्ष नेताहरु नेपाली जनताको नजरबाट नराम्रो सित गिरेकाछन ।
बिदेशीका गोटी बनीसकेका दलका नेताहरुले आफैले बिगतमा नेपाली जनता सित जनाएको सबै प्रतिबद्धताहरुलाई भुलेर बिदेशीले दिएको एजेण्डाहरु अनुसार चल्दै र मुलुकलाई चलाउँदै ल्याएकाछन । अब उहाँहरुको दिन सकिने अवस्थामा पुगेको भएता पनि राम्रो काम गरी इतिहासमा नाम लेखाऔं भन्ने तिर उहाँहरुले आफ्नो ध्यान केन्द्रित गरेको छैन । दलहरुले विमानस्थलहरु बनाउनमा पनि त्यस्तै लापरबाही गरेकाछन । ठुलो लगानी गरी बनाईएका आधा भन्दा बढी विमानस्थलहरु सञ्चालनमा ल्याउन सकिने संभावना छैन । स्थानिय विमानस्थलहरुको के कुरा दलहरुले बनाएका दुई अन्तर्राष्ट्रिय विमानस्थलहरु नै सञ्चालनमा ल्याउन नसकेर अलपत्र पारी राखिएका छन । त्यस्ता विमानस्थलहरुले राष्ट्रिय खर्च मात्रै बढाएको र राष्ट्रिय आम्दानी बढाउन कुनै योगदान गरेको छैन ।
दलहरुले बनाएका यस्तै बिकास पूर्वाधारहरुले गर्दा नेपालको बिकास होइन लगातार बिनास हुँदै गएको छ । यदि दलका शीर्ष नेताहरुलाई बिकास र बिनासको अन्तर बारे ज्ञान भएको भए हाललाई अनावश्यक बिकास पूर्वाधारहरु बनाउनमा राष्ट्रले बिदेशी ऋणबाट प्राप्त गरेको महत्वपूर्ण लगानी खेर जाने थिएन । बिदेशीको दलाली गर्ने दलका शीर्ष नेताहरु भनेको बोकेको सिकारी कुकुर झै भएकाछन जसले आफ्नै बलबुतामा सिकार गर्न सकीरहेको छैन । मौलिक बिकासको मार्ग छाडी बिदेशीको नक्कल गर्ने बिकास मार्गमा चलिरहेका दलका नेताहरुले राष्ट्रलाई गुमराहमा पारेर आर्थिक रुपले जर्जर हुने र टाट पल्टाउने अवस्थामा रुपान्तरण गरेका छन्् ।