वन तथा वातावरण मन्त्री बन्दा करौडौ खर्च

राजनीति समाचार

काठमाडौं । गत फागुन २२ गते पाँचदलिय गठबन्धन सरकार बनेको थियो । सो गठबन्धनमा मन्त्रायमा भागबण्डा नमिल्दा जसपाका अध्यक्ष उपेन्द्र यादवले सरकारमा जना हिच्कीचाइरहेका थिए । त्यसको बाबुजुद पनि यादवले उपसहित स्वास्थ्य तथा जनसङ्या मन्त्रालय र वन तथा वातावरण मन्त्रालय हात पार्न सफल भए । उपेन्द्रको पार्टीभित्र विवाद चल्दाचल्दै नवल किशोर साह सुडीले पार्टी अध्यक्ष उपेन्द्र यादवलाई करिब ५ करोड दिएर वन तथा वातावरण मन्त्री भएकोे बताइन्छ ।

अध्यक्ष यादवलाई ५ करोड बुझाएपछि दिपक कार्कीलाई वन तथा वातावरण मन्त्रालयको राज्यमन्त्री बनाइएको छ । तर मन्त्री किशोर साह सुडीले मन्त्रालयको काम नगरीकन घुमफिरमा रमाइरहेको बताइन्छ । राज्यमन्त्रीलाई काम गर्ने अधिकार पनि दिइएको छैन । वन तथा वातावरण मन्त्रालयमा विभिन्न भ्रष्टाचारका काण्डहरु हुने गरेका छन् । वन फाँडानी रोकिएको छैन । कर्मचारी विभिन्न कारण देखाएर विदेश तथा स्वदेश भ्रमण गरिरहेका हुन्छन् । वन तथा वातावरण मन्त्रालयले गर्नुपर्नै काम गर्न सकेको छैन ।

गर्मी महिना शुरु भएको छ । डढेलोको जोखिम त्यतिकै छ । कतिपय विकास निर्माणका कामहरु वनकै कारण हुन सकेको छैन । मन्त्री ६÷६ महिनामा फेरबदल गर्ने कारणले पनि वन तथा वातावरण मन्त्रालय भद्रगोल अवस्थामा छ । कतिपय तराईका जंगलहरुमा काठदेखि पशुपन्छीको चोरी तस्करी त्यतिकै भइरहेको छ । वन कार्यालयले त्यसको रोकथाम गर्न सकेको छैन । वन जंगलमा विभिन्न पशुपन्छहिरुको चोरी तस्करी भइरहेको अवस्थामा सम्बन्धित निकायले ध्यान दिएको छैन ।

अर्कोतिर उनका पार्टी अध्यक्ष उपेन्द्र यादवले उपसहित स्वास्थ्य तथा जनसंङख्या मन्त्रालय सम्हालेका छन् । स्वास्थ्य क्षेत्रभित्र सुधारका कामहरु के÷कति गर्छन् त्यो पनि निश्चित छैन । उपेन्द्र यादव जुनसुकै पार्टीसँग सत्ताको लागि लुछाचुडी गर्छन् । उपेन्द्रको निर्वाचन क्षेत्रमा विकासका कामहरु हुन सकेका छैनन् । जनताले न्याय पनि पाएका छैनन् । तर, यादव उपप्रधानसहित मन्त्री खान लागि पर्छन् ।

यादव तत्कालीन स्वास्थ्यमन्त्री हुँदा पनि स्वास्थ्य क्षेत्रलाई चलायमान बनाउन सकेनन् । उल्टै, स्वास्थ्य क्षेत्रका कर्मचरीहरुलाई सरुवा बडुवा गरेर मोटो रकम हात पार्ने काम गरे । अहिले उनले पहिलाकै जस्तै कर्मचारी सरुवामा खेलोफड्को गर्दैछन् । तत्कालीन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रभित्र गरेको विकृति र विसंगतिलाई हटाउने काम गर्छन् कि त्यसैलाई प्राथमिकता दिन्छन त्यो यकिन भइसकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *