गठबन्धनको भाषा बदल्दै अध्यक्ष ओली

राजनीति समाचार

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले गठबन्धनको भाषा बदलेका छन् । इलाम र बझाङमा आफ्नो उम्मेद्वार उठाएर सत्ता गठबन्धनका माओवादी, एकीकृत समाजवादी र जसपालाई एमालेको पुच्छर बन भनेका ओली पुरानै तरिकामा फर्केका छन् । माओवादीले इलाममा एमालेलाई सहयोग गर्दा सुदूरपश्मिमा आफूले पाउने अपेक्षा ग¥यो । उम्मेद्वारी पनि दियो । तर एमालेले अरुलाई सघाएन । एमालेबाट टुक्रिएर राष्ट्रिय पार्टी बन्न नसकेपनि ठुलै भाउ खोज्दै कांग्रेसका एजेण्डा र संसद अवरोधलाई सघाएको नेकपा एकीकृत समाजवादीले सामान्य प्रशासन र सहरी विकास मन्त्री लिएको छ । तर उसलाई पुगेको छैन ।

एमालेका अधयक्ष केपी ओली जनताको पिडाबाट टाढा रहेर उखान टुक्का भनेर युटुबेहरुबाट हाईहाई बनेका नेता हुन् । एमाले सबैतिर आफै विज्ञ ठान्छ । तर कमिशन, एजेण्ट, दलाल र बिचौलियाको सेवक बन्दा राष्ट्रिय सम्पत्ति गुमेको पत्तो नपाउने पार्टीको रुपमा स्थापित भएको छ ।

ओली सरकारको ठूला ठुला घोटाला काण्डसँग ४ वर्ष अगाडि उद्घाटन भएको धरहराले पूर्णता नपाउनु मेलम्चीले उद्घाटन पछिका ५ वर्ष सम्म्म पनि दिगो भरपर्दाे सेवा नदिनु, कोभिड कालमा ओम्नी र हुकामका नामा ठेक्का चलाउनु जनताको बहुदलीय जनवादको सुन्दर पक्ष हो । आफु ठिक भए पो अरुको कुरा काटेको सुहाउँछ । एमाले अध्यक्षले मिसन ०८४ एक्लै बहुमत ल्याउने आशा राखेका छन् ।

अहिलेको गठबन्धनलाई सत्ता समीकरणको लिगेसी बनाइँदैछ । जहाँ एमालेले उद्योग, वाणिज्य तथा आपूर्ति र कृषि तथा सहकारी मन्त्रालय लिएर जनताको भान्सा र किसानको खेततिर ध्यान दिएको छैन । कालोबजार गर्ने मोति दुगडहरु केपी ओलीका सहयात्री हुन् । अरुलाई हेप्ने अस्तित्व स्वीकार्न नसक्ने व्यवहारकै कारण वामपन्थीहरुप्रतिको जनअपेक्षा पुरा भएको छैन ।

वर्तमान सरकार समयको माग हो । कांग्रेस बोकेर वामपन्थीहरु सुध्रन सक्दैनन् भन्ने कुरा लोकतन्त्रको १५ वर्षको अवधि संविधानको ८ वर्षले पुष्टी गर्छ । यो बेला एमालेका अध्यक्ष केपी ओलीको पर्ख र हेरको नीति छ । माधव नेपालले निहुँ खोज्दा कतिपय इस्युमा केपी कमजोर भएका छन् । कुनै पनि दिन नेकपा एमालेले एकीकृत समाजवादीलाई सत्ता र कुर्सीविहीन बनाएर रास्वपा, जसपा, नागरिक उन्मुक्ति, माओवादी लिएर अगाडि बढ्ने निर्णय भए अनौठो नमाने हुन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *