ज्वाइँ रोकिँदा आईजीपीलाई हाइसञ्चो

राजनीति समाचार

काठमाडौं । पहुँचको भरमा डिआईजीले कमाण्ड गर्ने प्रबन्ध शाखाको ताम्लो काम्लो समातोर आईजीपी राजु अर्यालको आदेश रद्दीको टोकरीमा फाल्ने क्षमताका एसएसपी दिपेन्द्र कुँवर डिआईजी बन्न नपाउँदा तालुमा हात राख्दै आफ्नो विगतलाई सम्झिँदै छन् ।

नारायणकाजी गृहमन्त्री हुँदा कमल गिरीको विज्ञापन एजेन्सीलाई सूचना बुझाएर बढुवा सूचीमा पर्ने आश गरेका एसएसपी कुँवरको स्टाफ कलेज कोर्स पुरा थिएन । देउवाका पिए भानु देउवाका ज्वाईं सुदूरपश्चिम प्रदेश अन्तर्गत कञ्चनपुरका प्रदेश सांसद प्रकाश देउवाको सालो अख्तियारका आयुक्त जयबहादुर चन्द फुपाजु भएकाले एसएसपी कुँवर सशस्त्रमा आर्यजीपी अर्यालका प्रिय नै थिए ।
यसपटक बढुवामा दिपक अधिकारी पर्छन भने कसैले सोचेको थिएन । त्यहाा कांग्रेसी पहुँच भएको दिपेन्द्र कुँवर स्वतः थिए । तर कांग्रेस सत्ताच्युत भयो, घाटा कुँवरलाई भयो । व्यवहारमा छुद्र कुँवरको पहिचान हो ।

यसपटक आर्यजीपी अर्याल लेखा, प्रशासन, प्रबन्ध र कानूनका एसएसपी, एसपी र डिएसपीको टिम लथालिंग बनाउने कोशिश गरे । केन्द्रको लेखामा आठ वषर्नसमम रहेका गणेश मल्ल अस्पताल पुगे । अस्पतालमा लुटेर केन्द्रीय लेखामा आएका सुदन गिरी आफु एसपी रमेश थापाको अन्डरमा छु भन्ने कल्पना गरेका थिएनन् । यही गिरोहका महेन्द्र हमाल फेरी कल्याण शाखामा भित्रिएका छन् । कल्याण, अस्पताल र केन्द्रीय लखोलाई सशस्त्रमा भन्सार मानिन्छ ।

सामान स्टोरमा दाखिला नगरी हजम गर्ने क्षमताका हुन् एसएसपी कुँवर । उनले आफुभन्दा कृष्णराज पाठक वरिष्ठ हुन भन्ने सोचेनन् । तर पाठक पहुँच नहुँदा यसपटक पनि थन्केका छन् । उनको ब्याचका कुमार न्यौपाने, लक्ष्मण सिंह, प्रदीप पाल पहिले डिआईजी भएका हुन् । कांग्रेसका गृहमन्त्री हुँदा शेरबहादुर प्रधानमन्त्री हुँदा कुँवरले स्टाफ कोर्स पुरा नगरे पनि डिआईजी हुन्थे । विगतमा सशस्त्र भित्र तारतम्य मिलाइयो, तर यसपाली मिलेन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *