सहकारी ठगी काण्ड ‘लहरो तान्दा पहरो गर्जिने’

Uncategorized अर्थ/वाणिज्य समाचार

सावित्री खत्री
काठमाडौं । देशैभरि सहकारी ठगी गरेर सञ्चालकहरु भागेपछि बचतकर्ताहरु बिल्लिबाठमा पर्दै आएका छन् । ती सहकारी पीडितहरुले न्याय माग्नको लागि माइतीघर मण्डलामा करिव ६५ दिनभन्दा बढी सडक आन्दोलन गरेका थिए । तत्काली भूमि, सहकारी तथा गरिवी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीले कार्यदल गठन गरी ती सहकारी पीडितहरुको माग सम्बोधन गरेर आन्दोलन स्थगित गर्न लगाएकी थिइन् । मन्त्री श्रेष्ठले सहकारी पीडितहरुले चर्किएको आन्दोलन मत्थर गर्न लगायतसँगै अन्य सहकारी ठगी गर्ने सञ्चालकहरु पनि भाग्ने क्रम जारी थियो । सहकारी सञ्चालक भाग्ने क्रम जारी हुँदाहुँदै सरकार परिवर्तन भयो ।

सरकार परिवर्तन भएपछि पाँच दलीय गठबन्धनबाट नयाँ सरकार गठन भयो । पाँच दलीय गठबन्धनको नयाँ सरकारमा सहकारी ठगीको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गृहमन्त्री बने । रवि गृहमन्त्री बनेपछि सहकारी ठगी गर्नेदेखि अन्य ठगी गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउँछु भन्ने भाषण पनि ठोके । तर, गृहमन्त्री रवि सहकारी ठगीको मुद्दामा आफू जोगिनको लागि ठीक त्यसको उल्टो काम गर्दै आएका छन् । गृहमन्त्रीलाई सहकारी ठगी गरेको आरोप लागेको भन्दै प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय छानविन समिति गठन गर्नुपर्ने माग गरिरहँदा उल्टै संसद अधिवेशन नै अन्त्य गरिएको छ ।

संसद अन्त्य गर्नुको कारण थियो, एक त गृहमन्त्री सहकारी ठगीको काण्डमा फस्ने अर्कोतिर माओवादीबाट जलस्रोत तथा सिंचाई मन्त्री बनेका शक्ति बस्नेतको सहकारी ठगी काण्डमा बाहिर आउने डर थियो । उता नेकपा एमालेलाई पनि ‘लहरो तान्दा पहरो गर्जिने’ डर थियो । किन कि अधिकांश सहकारी संस्थाहरु नेकपा एमालेका नेता र कार्यकर्ताहरुको छ । सहकारी ठगी काण्डमा पनि धेरैजसो नेकपा एमाले र माओवादीका नेता, कार्यकर्ता बढी फस्ने देखिन्छ । यदि सहकारी ठगी काण्डमा मुछिएका व्यक्तिहरुलाई निष्पक्ष छानविन गरेर बाहिर ल्याउने हो भने एमाले पार्टीभित्र ठूलो विद्रोह हुने देखिन्छ । त्यसकारणले पनि संसद् स्थगित गरिएको हुनुपर्छ ।

यता गृहमन्त्री रवि लामिछाने र जीवी राई संलग्न रहेको सहकारी संस्थाको अर्बौं रुपैयाँ हिनामिना गरेर फरार रहेका जीवी राईसहित २८ जनालाई प्रतिवादी बनाएर गत शुक्रबार सरकारी वकिलको कार्यालयमा मुद्दा दायर गरिएको छ । अब गृहमन्त्री रविले सहकारी ठगी गरेर फरार रहेका जीवी राईलाई कसरी कारबाहीको दायरामा ल्याउछन् त्यो हेर्न बाँकी छ । हुन त रविलाई ‘र’का एजेन्टहरुले नै गृहमन्त्री बनाएका थिए । तिनै ‘र’का एजेन्टको इसारामा गृहमन्त्री लामिछाने चलिरहेका छन् । गृहमन्त्री रविले सहकारी ठगीदेखि विभिन्न भ्रष्टाचार र अनियमिततामा मुछिएका व्यक्तिलाई कारबाहीको दायरामा ल्याउँछन् कि पदबाट राजीनामा दिएर बाहिरन्छन्, त्यो हेर्न बाँकी छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *