सुखको बारेमा महाकवी लक्ष्मी प्रसाद देवकोटाको भनाई यस्तो रहेको छ ः ‘खोज्छन सबै सुःख भनी सुःख त्यो कहाँ छ अफु मेटाई अरुलाई दिनु जहाँ छ’ । सुखी बन्नको लागि ठुलो त्याग गर्नु पर्ने महाकवी देवकोटाको यो भनाईबाट प्रष्ट हुन्छ । नेपालमा यस्तो त्याग गर्न सक्ने व्यक्ति पाउन कठिन मात्र होइन असंभव नै छ । १० बर्षे जनयुद्ध लडेर १७ हजार नेपाली जनताको वलीदान चढेपछि सत्तामा आएकाहरुले पनि त्यस्तो त्याग देखाउन सकेको छैन । जनयुद्धको नेतृत्व गरी ठुलो नाम कमाएहरु नै आज आएर सुन तस्कर भएका छन ।
त्यसैगरी नेपालमा प्रजातंत्र स्थापनाको लागि मूक्ति सेनाको सक्रिय राजनीतिक नेतृत्व गरी २००७ सालमा कमाल गरी देखाउने नेपाली काँग्रेस दलका नेताहरु नै अहिले मानव तस्कर भएकाछन । उहाँहरुले सत्तामा पुगेपाछि पालैपालो नेपाल सरकार बनाएर त्यसको नेतृत्व गर्दै आएकाछन । नेपाल सरकारको मंत्री भएर उहाँहरुले धेरै भ्रष्टाचार र आर्थिक अपराधहरु गरी अकुत कमाईसकेका छन । बोरामा पैसा कोचेर थन्काउने दलका नेताहरु पनि छन भने उत्तिकै संख्यामा निजामती कर्मचारीका हाकिमहरु पनि छन ।
त्यस्ताहरुलाई समाएर कानुनको कठघरामा उभ्याउन सक्ने कानुनी राज नेपालमा छैन । पछिल्ला समयमा आएर त नेपालको न्यायपालिका पनि बदनाम भएको छ । न्यायाधिशहरुको नियुक्तीमा राजनीतिक दलहरुको हस्तक्षेप हुन थालेपछि नेपालको न्यायापालिकाको स्वतंत्रता समाप्त भएको हुँदा न्यायापालिका प्रतिको नेपाली जनताको आस्था समाप्त भयो । यसरी भ्रष्टाचार र आर्थिक अपराध गरी अकुत कमाएकाहरु पनि नेपालमा सुखी भएको छैन । उहाँहरुलाई आफुले गैरकानुनी तरिकाले कमाएको कालो धन कसरी लुकाउने र सफेद बनाउने भन्ने ठुलो चिन्ता छ । दलका नेताहरुले बिकास गरी नेपाल राष्ट्रलाई समृद्ध बनाउछौं भनी बारबार कसम खाएका छन ।
साथै नेपाल राष्ट्रलाई सिंहापुर र स्वीटजरलैंड जस्तै समृद्ध राष्ट्र बनाएर नेपाली जनतालाई सुखी बनाउने लगातार प्रतिबद्धता पनि जनाउँदै आएकाछन । तर दलहरुको अहिले सम्म गरेका क्रियाकलापहरु र अभ्यासहरुलाई हेर्दा त्यस्तो हुन सक्ने संभावना दुरदुर सम्म पनि देखिन्न । गत ३६ बर्ष देखि नेपालमा लगातर शासन गर्दै आएका दलहरुको उक्त सबै संकल्पहरु र प्रतिबद्धताहरु राजनीतिक दोगला मात्रै हुन । अहिले सम्म नेपाल राष्ट्र समृद्ध नहुनु र नेपाली जनता पनि सुखी नबन्नुले नै सोकुरा प्रमाणित हुन्छ । दलहरुले बिकासका पूर्वाधारहरु बनाउनमा जोड लगाएको भएतापनि त्यो राष्ट्रको आवश्यकता सित नजोडिएको हुँदा त्यसको प्रभाव केही कतै देखिन्न ।
दलहरुले राष्ट्रिय ऋण लगातार बढाएर २४ खर्ब नघाईसकेका छन । राष्ट्रिय ऋणको ठुलो हिस्सा नेपालको बिकासका पूर्वाधारहरु बनाउनमा नै लगानी गरेकाछन । तर बनाईएका बिकासका पूर्वाधारहरुको छनौट अनुचित ढंगले गरिएको हुँदा त्यो नेपाल राष्ट्रको समृद्धि र नेपाली जनताको सुःख सित जोडिन सकेको छैन । पिछडिएको इलाका र पीछडिएको जनताले बसोबास गरेको ठाउँहरुको बिकास गर्नको लागि पूर्वाधार परियोजनाहरु बनाउनु पर्नेमा असंबन्धित स्थानहरु जस्तो सहरी ईलाकामा नै ठुला पूर्वाधार बिकासका परियोजनाहरु केन्द्रित भएका छन् । पीछडिएको ईलाकाहरु र पीछडिएको जनताले बसोबास गर्ने ईलाकाहरुमा कंक्रिटका टावरहरु, सहिद गेटहरु र समारकहरु मात्रै बनाईएका छन जसबाट राष्ट्रिय आम्दानी बढाउनुमा सुको योगदान भएको छैन ।
यस्तै उटपट्याङ पूर्वाधार संरचनाहरु बनाउँदै आएका दलहरुले नेपाली जनतालाई ठुलो बिदेशी ऋणको भारी बोकाईसकेका छन भने त्यसको बदलामा राष्ट्रको भनौ वा नेपाली जनताको भनौ राष्ट्रिय आम्दानी बढाउनमा कुनै योगदान भएको छैन । यहि भएको हुँदा नेपाल राष्ट्र दिनदिनै बिदेशी ऋणमा डुबेर कंगाल बन्दै गएकाले टाट पल्टिने अवस्थामा पुगेको छ भने नेपाली जनताको गाँस, बास र कपास धान्नै नसक्ने गरी महंगो भएकाछन । दलहरुको यहि ताल र लापरबाही बढ्दै जाने हो भने एक दिन नेपाल राष्ट्रको अस्तित्व नै मेटिने छ भने नेपाली जनता बिदेशीको गुलाम बन्नेछन ।
त्यसरी लगानी गर्न नजान्ने दलहरु कै कारण नेपालको बिकास र राजनीतिमा बिदेशीको प्रभाव बढेर गएको हो । बिदेशीले आफ्नै प्राथमिकता र फाईदालाई हेरी बनाएको परियोजनाहरुलाई हामीले बनाएका हौं भनी गलत दाबी गर्ने दलका नेताहरु कै कारण बिदेशीले नेपाल राष्ट्रलाई ऋणको जालोमा पारी नेपाली जनता सबैलाई आफ्नो गुलाम बनाएर नै छाड्ने पक्का पारीसकेका छन । दलका नेताहरुले बिकास भनेको के हो भनी छुट्याउन नसक्दा धेरै फजुलका पूर्वाधारहरु नेपालमा बन्दै गएको छ भने त्यसमा गरिएको लगानी उत्पादक बन्नसकेको छैन । मौलिक बिकास पनि नभएको मुलुक नेपालमा बिकासको आधार नै तयार भएको छैन ।
यस्तोमा बिदेशीको लहैलहैमा लागेर उनीहरुको मुलुकको आवश्यकता र मानक अनुसार नेपालमा पूर्वाधारको बिकास गर्नु भनेको सोह्रैआना गलत हो । नेपालको आर्थिक अवस्था त्यस्तो बिकास पूर्वाधारहरु ग्रहण गर्न सक्ने अवस्थामा पुगेको नै छैन । लेन बिस्तार गरिएका चौडा सडकहरु , रेल मार्गहरु र विमान नै नचल्ने विमानसथलहरु बनाउनुको पछाडि कुनै तुक छैन । यसको अर्थ के हो भन्ने दलका नेताहरुलाई नेपालमा के र कस्तो पूर्वाधार बिकास परियोजनाहरु चाहिन्छ भन्ने कुराको ज्ञान नै छैन ।
बिदेशीका दलालहरुले जे जे भन्यो सो सो गर्दै गराउँदै लगेकाले दलहरुले नेपाल राष्ट्र र नेपाली जनतालाई गलत ठाउँमा पुर्याएकाछन । यस्ता अज्ञानी, लालची र नेपाली विज्ञहरुले भनेको नसुन्ने दलका नेताहरुले बिदेशी सित कमिसन खाएर नेपालमा खोटा पूर्वाधार बिकासका परियोजनाहरु लागु गर्ने स्वीकृति दिएकाछन । आज बिदेशीका दलाल सुनिल पौडेल र विकल पौडेल जस्ताले किन नेपालमा करोडौ भ्रष्टाचार गर्ने अवसरहरु पाए ? तिनीहरुलाई राजनीतिक नियुक्ती दिनेहरु सबै दलका नेताहरु नै भएको हुँदा उनीहरुले नेपालमा गरेका भ्रष्टाचारको लागि दलहरु पनि उत्तिकै जिम्मेवार भएको कुरा सजिलै अनुमान लगाउन सकिन्छ ।
त्यसकारण उहाँहरुले राजनीतिक नियुक्ती दिएका व्यक्तिहरुले गरेका यस्ता भ्रष्टाचारजन्य गलत कामहरुबाट दलका नेताहरुले पक्कैपनि धेरै लाभ लिएकाछन । नेपाललाई भएपनि नभएपनि कुनै फरक नपार्ने कम्प्युटर हार्डवयर र सफ्टवयर ठुलो लगानीमा खरिद गर्ने गराउने काममा डाडु पुनेउ बोकी बसेका दलका नेताहरुको स्वीकृति छैन भन्ने कुरा कसरी पत्याउने ? आयात गरिएका मोबाईल डिभाईसहरु व्यवस्थापन गर्ने कम्प्युटर सफ्टवेयरको खरिदमा उस्तै ठुलो भ्रष्टाचार भएकाले अख्तियारले मुद्दा चलाएको भएतापनि अदालतवाट फैसला आउन बाँकी नै रहेको अवस्था छ । नेपालमा बिदेशीका दलालहरुले नै दलका नेताहरुलाई प्रभावमा पारी ईम्बोस्ड नंवर प्लेट फेर्ने परियोजना लाएका थिए । त्यसबाट नेपाली जनताले धेरै दुःख पाउनको साथै पैसा पनि धेरै खर्च गर्नु परेको छ ।
तर बिदेशीका दलालहरुले भने दलका नेताहरुलाई खुसी पारेर धेरै कमाउने सफलता पाएकाछन । त्यस्तो नंवर प्लेट राखेर नेपालको यातायातका साधनहरु सुरक्षित हुने होइन । बरु त्यसको बदलामा सडकहरुलाई सुरक्षित बनाउन सकेमा त्यसबाट धेरै नै फाइदा पुग्छ । बिदेशीका दलालहरु र नेताहरुले मात्रै कमाउने तर नेपाली जनताले भने दुःख पाउने र धन खर्च हुने यस्ता परियोजनाहरुको जरुरत नै छैन । राष्ट्रिय परिचयपत्र बनाउने परियोजना पनि बिदेशीका दलालहरु र दलका नेताहरुको मिलोमतोले नै नेपाललाई बिश्व बैंकले भिडाएका हो । नागरिकताले काम चलीरहेको बेलामा राष्ट्रिय परिचयपत्र किन र कसलाई चाहियो ?
यो बिदेशीलाई पैसा कमाउन चाहियो वा दलका नेताहरु र कर्मचारीहरुलाई मिलीभगतमा भ्रष्टाचार गर्न र कमिसन खानको लागि चाहिएको हो ? यो परियोजना कुनै कामको छैन किनकि यसले गर्दा नेपाली जनताले बेकारमा दुःख पाउनको साथै धन खर्च पनि बढेकाकाले झन गरिब भएका छन् । यस्ता परियोजना ल्याउने दलका नेताहरु नेपाल राष्ट्रको लागि कलंक हुन् । यस्ता कमिसन खोर दलका नेताहरु र निजामतीका हाकिमहरु मरेपछि पनि गुको किरा भएर जन्मिनेछन । नेपाल राष्ट्रको हित र नेपाली जनताको भलाईलाई हेरी परियिजनाहरु छान्न नसक्ने र ल्याउन नसक्ने दलका नेताहरु नेता नै होइनन् । तिनीहरु भ्रष्टाचारी कमिसन खोर तथा नाफाखोर हुन । बिदेशीका दलालहरु सित मिलेर सहकार्य गर्दै नेपाली जनतालाई अनेक फाल्तु परियोजनाहरु ल्याएर दुःख दिन्छन् । दलका नेताहरुले नेपालमा गरेका बिकासले राष्ट्रको खर्च मात्रै बढाएको हुँदा नेपाल राष्ट्रलाई समृद्ध होइन झन कंगाल बनाउँदै लगेको छ ।
उक्त परियोजनाहरुबाट उत्पादन नभएकाले राष्ट्रलाई आम्दानी भएको छैन फलस्वरुप नेपाली जनताको टाउकोमा राष्ट्रिय ऋण मात्रै थपिएकाले नेपाली जनता झन दुखी बन्दै गएकाछन । यस्तो दुरावस्थाको चाँडै नै दलहरुले व्यवस्थापन गर्ने सकेन भने नेपल राष्ट्र कंगाल भएर टाट पल्टिन कुनै बेर लाग्ने छैन । परमाणु शक्ति सम्पन्न राष्ट्र पाकिस्तानको नाजुक हालत नेपाली जनताले नजिकैबाट निहाली बसेका छन ।
त्यस्तै पहिले बलियो अर्थतंत्र भएको मुलुक श्रीलंका अहिले आएर भिखारी मुलुक बनेको नेपाली जनताको आफ्नै आँखाले देखीसकेका छन । दलहरुले नेपालको आर्थिक हालतलाई सम्हाल्न नसक्ने हो भने सत्तामा टाँसिएर बसीरहनुको कुनै अर्थ छैन । सक्नेलाई सत्ता हस्तान्तरण गरी राष्ट्रको नाजुक आर्थिक हालतको व्यवस्थापन गर्ने अवसर दिनु पर्छ । “रहौंला हामी नेपाली कहाँ नेपाल नै नरहे“ भन्ने राष्ट्रभक्ति भावले प्रेरित भएर जुनसुकै र जतिसुकै ठुलो त्याग गरी देखाउनको लागि दलहरु आनाकानी नगरी तत्पर बन्नुपर्छ ।