‘ट्राफिक सप्ताह’ जनचेतनामुलक सन्देश हो कि व्यापारिक विज्ञापन ?

राजनीति समाचार

काठमाडौं । उपत्यका ट्राफिक प्रहरीले जनचेतनामुलक सन्देश प्रवाह गर्न पटक–पटक ‘ट्राफिक सप्ताह’ मनाउने गरेको छ । ट्राफिक सप्ताह मनाउने काम विगत लामो समयदेखि गरिँदै आएको छ । ट्राफिक प्रमुख फेरिएपिच्छे त्यसैलाई निरन्तरता दिँदै आएको पाइन्छ । ट्राफिक सप्ताह मनाउँदा विभिन्न विद्यालयका विद्यार्थीलाई प्रयोग गरिन्छ । त्यसरी प्रयोग गरिने विद्यार्थीहरुलाई ‘ट्राफिक सप्ताह सफल पारौं’ भन्ने ब्यानर भिराएर जेब्रा क्रसिङमा राखिन्छ । विद्यार्थीसँगै ट्राफिक प्रहरीहरु पनि ब्यानर लगाएर बसेका हुन्छन् । त्यो ब्यानर र पम्पलेटको प्रायोजक चाहीं सिमेन्ट उद्योगदेखि विभिन्न व्यापारिक संस्था रहेका हुन्छन् ।

त्यसरी ब्यानर लगाएर बसेका विद्यार्थी र ट्राफिक प्रहरीहरुले सर्वसाधारणको हातहातमा प्रायोजक उद्योगी, व्यापारीहरुले छापिएको प्रचार पम्लेट थमाउने गर्दछन् । ट्राफिक प्रहरीले जनचेतनामुलक सन्देश प्रवाह गर्ने पम्पलेट, पोष्टर र ब्यानर छाप्न पनि उद्योगी, व्यापारीहरुको सहयोग लिनुपर्छ ? यो ट्राफिक सप्ताह सर्वसाधारण जनचतना जगाउने सन्देश हो कि उद्योगी, व्यापारीहरुको विज्ञापन गर्ने थलो हो ? त्यसरी बाँडिने प्रचार पम्लेटमा ‘जथाभावी बाटो नकाटौं, दूर्घटनाबाट बचौं अरुलाई पनि बचाओं, आकासेपुलको प्रयोग गरौं जनजस्ता नारा लेखिएका हुन्छन् । लामो समयदेखि ट्राफिक सप्ताह मनाउने नाममा विद्यार्थीलाई प्रयोग गरेर प्रचार पम्पलेट बाँडेर कति सर्वसाधारण लाभान्वित भएर दूर्घटनाबाट जोगिएका छन् त ? त्यसको कुनै खेलाजोखा गरिएको छैन ।

त्यसरी ट्राफिक सप्ताह मनाउने काममा उपत्यकालाई बढी प्राथमिकता दिएको पाइन्छ । बाहिरी रुटमा चल्ने सवारी साधनको लागि पनि सन्देशमुलक जनचेतना जगाउनुपर्ने हुन्छ । तर, त्यतातिर प्रभावकारी ढंगले लागिपरेको देखिँदैन । काठमाडौं उपत्यकाभित्र यतिबेला ध्वानी प्रदुषण हुने गरी ठूलो आवाज आउने तीब्र गतिमा चल्ने मोटरसाइकिले अधिकांश सर्वसाधारणदेखि अन्य सवारी चालकलाई आतंकित बनाउने काम गर्दै आएका छन् । ठूलो आवाज दिएर तीब्र गतिमा मोटरसाइकिल चलाउनलाई उपत्यका ट्राफिक प्रहरीले नियन्त्रण गरेको पाइँदैन । किन कि प्रहरीको कारबाहीमा पनि सोझासिधा र सर्वसाधारण चालक मात्रै पर्ने गरेका छन् । ठूलो आवाज आउने महंगा मोटरसाकिइल चलाउने धनीमानी र पहुँचवालाका छोराछोरीलाई प्रहरीले नियन्त्रण गर्न सकेको छैन ।

काठमाडौं उपत्यकाभित्रका अधिकांश ठाउँमा हर्न निषेध गरिए तापनि ती ठाउँहरुमा ठूलो स्वरमा हर्न बजाउँदै तीब्र गतिमा सवारी साधन चलाउने गरेका हुन्छन् । त्यसप्रति ट्राफिक प्रहरीको ध्यान गएको पाइँदैन । कतिपय सवारी चालकहरुले गाडीभित्र ठूलो स्वरले विभिन्न गीत, संगीत बजाउँदै ध्वानि प्रदुषण गरिरहेका हुन्छन् । कतिपयले सवारी साधनमा यात्रा गर्दा महिला, जेष्ठ नागरिक र अशक्त व्यक्तिहरुलाई सिटको व्यवस्था गरिएको हुन्छ । तर, ती सिटहरुमा युवायुवतीहरु होहल्ला र हासी मजाक गरेर बसिररहेका हुन्छन् । त्यसप्रति ट्राफिक प्रहरीले ध्यान दिएको छैन । त्योसँगै कतिपय लोकल गाडी चल्ने रुट परिवर्तन गरेर यात्रुहरुलाई हैरानी पार्ने काम भइराखेको छ । लोकल बसहरुले क्षमताभन्दा बढी यात्रु कोच्ने गरेका छन् ।

के र ओर्लने बेलामा सास्ती दिने काम भइरहेको छ । सहचालकहरुले चढ्ने, ओर्लने र भाडा लिने बेलामा यात्रुहरुलाई दूव्र्यवहार गर्ने गरेको देखिन्छ । यातायात व्यवसायीहरुले गर्ने गरेका यस्ता विकृतिविसंगती प्रति ट्राफिक प्रहरीले ध्यान दिने गरेको छैन । खाली सर्वसाधारणलाई जनचेतना जगाउने नाममा परापूर्वकालदेखि चल्दै आएको ट्राफिक सप्ताह मनाउने र अनावश्यक पम्लेट, ब्यानर पोस्टर छापेर बजेट सिध्याउने काम गरिएको छ । मिडियालाई सूचना दिएर सर्वसाधारणलाई सुसूचित गर्नेपर्नेमा त्यो नगरी पोस्टर, पम्पले छाप्ने र विद्यार्थीलाई प्रयोग गरेर बजेट सक्ने काम गरेको पाइन्छ । ट्राफिक प्रहरीले पटक–पटक सप्ताह मनाए तापनि सर्वसाधारणले त्यसको उपयोग गरेको पाइँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *