स्वास्थ्यमन्त्री यादवले वीरभित्रको भ्रष्टाचार रोक्लान ?

राजनीति शिक्षा/स्वास्थ समाचार

काठमाडौं । पाँचदलीय गठबन्धनबाट उपेन्द्र यादव स्वास्थ्य तथा जनसंख्यामन्त्री बनेको करिब डेढ महिना हुन लागेको छ । मन्त्री यादवले स्वास्थ्य क्षेत्रलाई कसरी चलायमान बनाउँछन् अहिलेसम्म त्यसको खाका तयार गरेको छैन । मन्त्री यादवले खाका तयार पारेको कर्मचारी सेटिङमा मात्रै हो । गर्मी मौसमसँगै स्वास्थ्य क्षेत्र जताततै भद्रगोल अवस्थामा गुज्रिरहेको छ । सरकारी अस्पतालहरुमा बिरामीहरुको भीड त्यत्तिकै छ । मन्त्री यादवले स्वास्थ्य क्षेत्रभित्र हुने गरेको अनियमितता, भ्रष्टाचार र लापरवाहीको कुनै अनुगमन गरेका छैनन् । स्वास्थ्यकर्मीहरु पनि समयमा कार्यालय आएर बिरामीहरुको हेरविचार गर्ने गरेको पाइँदैन ।

अस्पतालभित्र कर्मचारी युनियनहरुको दबदबा चल्ने गरेको छ । कर्मचारी युनियनहरुले स्वास्थ्यकर्मीहरुलाई काम गर्ने वातावरण दिएका छैनन् । राजनीतिक आग्रहपूर्वाग्रहमा दक्षजनशक्तिलाई वाइपास गर्ने गरिन्छ । त्यसको उदाहरण बनेको नेपालकै सबैभन्दा ठूलो र पुराना वीर अस्पताल । वीर अस्पतालमा स्वास्थ्यमन्त्री र निर्देशकबीच लडाइँदै चल्दै आउने परम्परा बसिसकेको छ । तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत हुँदा कार्यकारी निर्देशक डा. सन्तोष पौडेल र मन्त्री बस्नेतबीच घमासान लडाइँ थियो । मन्त्री बस्नेत र कार्यकारी निर्देशक डा. पौडेलबीचको लडाइँ चल्दाचल्दै मन्त्री बस्नेतको जागिरै गयो ।

अहिलेका स्वास्थ्यमन्त्री यादवले कार्यकारी निर्देशक पौडेललाई यथावत राख्छन् हटाउँछन् त्यो पनि निश्चित छैन । उता, वीर अस्पतालको स्टोर शाखामा कार्यरत बैकुण्ठ लुइटेलको ब्रम्मलुट यथावत छ । लुइँटेल वीर अस्पताल विकास समितिमा पनि छन् । लुइँटेललाई अस्पताल विकास समितिमा बसेपछि कतै सरुवा हुन पर्दैन । तर, लुईँटेललाई वीर अस्पतालको सामन सप्लाई गर्दा काभ्र जिल्लाका ठेकेदारसँग मिलेमतो गरी करोडौं झ्वाम पारेको बताइन्छ । लुइँटेलले वीर अस्पताललाई आवश्यक स्वास्थ्य सामग्री, सरसफाइ, कम्प्युटर, टोनर, विद्युतीय सामग्री खरिद, सूचना प्रकाशन, रंगरोगन, बिरामीलाई प्रयोग गरिदिने ब्ल्याकेट, तन्ना, खाजा, खानालगायतको सामान ढुवानी र खरिदमा ठूलो मात्रामा कमिसन खाने गरेको आरोप छ ।

एउटै व्यक्तिले वर्षौंदेखि सप्लाईको काम गर्ने गरेको पाइन्छ । अन्य ठेक्कापट्टा र टेन्डरको त कुरै नगरौं । वीर अस्पतालभित्र हुने गरेका यस्ता विकृति, विसंगती र भ्रष्टाचारको मन्त्री यदावले कसरी नियन्त्रण गर्दछन्, त्यो हेर्न बाँकी छ । वीरसँगै टिचिङ, कान्ती, सिभिल, पाटन, प्रसुती गृह, शुक्रराज ट्रपिकल टेकू, स्वास्थ्य सेवा विभाग टेकू, क्षय रोगलगायत अन्य सरकारी अस्पतालहरुको हालत पनि त्यस्तै छ ।

स्वास्थ्यमन्त्री फेरिए तापनि सरकारी अस्पतालको लापरवाही र भ्रष्टाचार रोक्न सकेका छैनन् । उल्टै तिनै भ्रष्ट कर्मचारी र प्रकाशकहरुसँग मन्त्रीहरुले मिलेमतो गरी कमिसन खाने काम गर्दै आएका छन् । तत्कालीन स्वास्थ्य मन्त्री मोहन बस्नेतले अनुगमनको नाममा उठ्तीपुठती गरेका थिए । हालमन्त्री यादवले अनगुमन नै नगरी कर्मचारीसँग सेटिङ मिलाउने गरेको स्रोतको भनाई छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *