शक्तिशाली कर्मचारी सँधै मालदार अड्डामा

राजनीति समाचार

काठमाडौं । सरकारले हालै २८ सहसचिवको सरुवा गर्दा शक्ति, पैसा र पदका पछि दौडिने गरेका एक सहसचिवलाई महानगरपालिकाबाट महानगरपालिकामै खटाएको छ । जागिरे जीवनका साढे १ दशक स्थानीय तहमै बसेर तर मारेका विरेन्द्रदेव भारती ललितपुर महानगरपालिकाबाट भरतपुर महानगरपालिकामा डेरा सरेका छन् ।स्थानीय तहबाट गृहमा जम्प हान्न खोजेका भारतीको सपना साकार हुन नसकेपछि उनी पुन स्थानीय तहमै सरुवा भएका बताइन्छ । कुनै समय गृह प्रशासनमा दैलेखीको दबदबा थियो । एकै पटक दैलेखका ९ जना प्रमुख जिल्ला अधिकारी भए । उनकै जिल्लाबासी घनश्याम उपाध्यायहरु अहिले सचिवका रुपमा श्रम मन्त्रालयमा भित्रिएका छन् । यी अपाङ्ग कोटाबाट लाभ उठाउने कर्मचारी हुन ।

हातको सानो औला गुमेको छ,त्यही पनि अपाङ्ग कोटाबाट निजामतीमा फड्को मारेर काठमाडौंको प्रमुख जिल्ला अधिकारी हुँदै बाग्मती प्रदेशको सचिवबाट उनी श्रममा भित्रिएका हुन । आफ्ना जिल्लाबासी सहसचिव गोविन्द रिजाललाई त्यही भित्र्याएका छन् । कुनै समय गृह प्रशासनमा हालिमुहाली जमाएका दैलेखी छविलाल रिजाल,खगेन्द्र प्रसाद रिजाल,नवराज पाण्डेहरु गृह प्रशासनबाट तितर बितर भएका छन् । काँग्रेसी अर्थ मन्त्री भएका मौकामा गृहबाट आन्तरिक राजश्व पुगेका नवराज जैसी कप्रका हाकिम छन् तर शिवलाल तिवारी त्यहाँ पुगेपछि टिक्न नसकेर रुवावासी शुरु भएको छ । भए भरका साथी सर्कल प्रमुख जिल्ला अधिकारी बनेसँगै भारतीलाई पनि प्रमुख जिल्ला अधिकारी बन्न नखोजेका होइनन् तर सकेनन् ।

भारती २०७८ असोजमा सातौं नम्बरमा सहसचिवमा बढुवा भएका थिए । त्यसपछि उनी कांग्रेसका नेताको जोडबलमा बुटवल उपमहानगरपालिको प्रमुख प्रशासकीय अधिकृतमा सरूवा भएका थिए । बुटवलमा रहँदा नेपाली कांग्रेसका प्रभावशाली नेता तथा तात्कालीन गृह मन्त्री बालकृष्ण खाण र नेकपा (एमाले) उपाध्यक्ष विष्णुप्रसाद पौडेलले भनेको काम खुरूखुरू गरिदिएर उनीहरूसँग राम्रो सम्बन्ध गाँसेका थिए । ०५५ सालमा कृषि विकास बैंक डोल्पा उपशाखाबाट जागिर खाएका भारती ५६ सालमा उनले निजामती सेवा शाखा अधिकृतमा नाम निकालेको बताइन्छ ।

२०६६ मा उनी उपसचिवमा बढुवा भएका हुन् । त्यसयता उनी सँधै अतिरिक्त आम्दानी हुने मालदार कार्यालय बाहेक अन्यन्त्र सेर काम गर्नु परेको छैन । कुसापानी ७ हाल भैरवी गाउँपालिका–७ स्थायी घर भएका उनी टोखाका जमिन्दार हुन । भरतपुरबाट बुटवल नगरपालिकामा सरूवा हुनु अघि भारतीले गोरखाको पालुङ्टार,ललितपुरको गोदावरी, काठमाडौंको गोकर्णेश्वर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत रहेर काम गरिसकेका थिए । उपसचिव रहेकै बखत उनी वैदेशिक रोजगार कार्यालय ताहाचलको कार्यालय प्रमुख भएर अतिरिक्त आम्दानी गर्न सफल भएका कर्मचारीहरु बताउछन् । उनी तत्कालीन जिल्ला विकास समिति हुँदा स्थानीय विकास अधिकारी भएर पनि काम गरिसकेका हुन् । ललितपुरमा चिरीबाबु महर्जनसँग ९ महिना मात्र काम गरेका उनी त्यहाँबाट भरतपुर महानगरपालिकामा सरुवा भएका हुन ।

उसो त निजामतीमा भारतीजस्ता मालदार ठाउँमा बस्ने अतिरिक्त आर्जन गर्ने,नेताहरु खुसी पारेर कारवाहीबाट बच्ने कर्मचारीहरुको बोलबोला छ । जस्तो सेबन्तक पोखरेल,पूर्व उपप्रधानमन्त्री तथा एमालेका नेताहरुले काखी च्यापेका पोखरेललाई कहिल्यै नरम ठाउँमा बसेर काम गर्नु परेको छैन । नेताहरुकै आड र भरोसा पाएका उनलाई सरकारले खटाएको ठाउँमा जानै मान्दैनन्,बरु सरुवा नै उल्टाइदिने अतिरिक्त शक्ति र क्षमता भएका व्यक्ति हुन उनी । भन्सार विभागका शोभाकान्त पौडेलसँग बसेर काम गरे । प्रकाशशरण महत चिढिएका कारण उनलाई त्यहाँबाट सरुवा गरेर मधेश प्रदेश खटाए । सरुवा नै उल्टाए ।

अर्थ मन्त्रालयमा तानेर त्रिभुवन विमानस्थल प्रमुख भन्सार प्रशासकका रुपमा खटायो । एक दिन हाजिर गरेर त्यो ठाँउमै टेकेनन् । सोझा मानिएका महेश बराल बलिको बोका बन्ने गरी त्यहाँ पुगेका छन् । निजामती वृत्तमा चतुर खेलाडी मानिएका सेवन्तकले ‘माथिसम्मै मिलाएर’ आन्तरिक राजश्वमा हाजिर हुन थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *