पर्यटन विभागको महानिर्देशक को बन्लान् त ?

राजनीति समाचार

काठमाडौं । पर्यटन विभागका तत्कालीन महानिर्देशक चक्रबहादुर बढु प्रधानमन्त्री कार्यालयमा सरुवा भएपछि पयर्टन विभागको महानिर्देशक बन्नको लागि मन्त्रालयमा कार्यरत सहसचिव हेमराज तामाङ लागिपरेका छन् । नागरिक उड्डयन तथा पर्यटनमन्त्री हितबहादुर तामाङ भएकै कारण पनि सहसचिव हेमराज तामाङ पर्यटन विभागको महानिर्देशक बन्न लागिपरेका छन् । मन्त्री तामाङलाई हेमराज तामाङलाई नै महानिर्देशक बनाउन पाउँदा खुशी लाग्ने नै भयो । किन भने माओवादी पार्टीभित्र भेगीय, क्षेत्र र जातीय कुराले स्थान पाउने गरेको छ ।

त्यसकारण पनि हेमराज तामाङ पर्यटन विभागको महानिर्देशक बन्ने सम्भावना देखिन्छ । तामाङ पर्यटन विभागको महानिर्देशक बनेको खण्डमा उनलाई फाइदा पनि हुन्छ । त्यसैगरी पर्यटन व्यवसायीसँग सम्बन्ध राम्रो हुने, विदेश घुम्न पाइने, पर्यटकसँग चिनजान र सम्बन्ध बढ्ने, विभिन्न हिमाल आरोहणको नाममा कमिसन आउने, नेपालका पर्यटकीय क्षेत्रको अवलोकनको नाममा देश दौडाहा गर्न पाइने ।

मठमन्दिर मर्मत, केबुल कार मर्मत संभार स्तरोन्नति, होटेल, रिसोटको स्तरोन्नती र अवलोकन गर्ने जस्ता शीर्षकमा कमिसन आउने भएकाले पनि पर्यटन विभागको महानिर्देशक बन्न विभिन्न शक्तिकेन्द्र र मन्त्रीलाई रिझाउन तामाङ लागिपरेको समाचार स्रोतको भनाइ छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *