महासंघ उपत्यका प्रदेशसमितिको निकम्मापनले पत्रकार चिन्तित

राजनीति समाचार

काठमाडौं । पत्रकारहरुको निर्वाचन नजिकिँदै गर्दा जिल्ला शाखा र प्रदेशहरुले धमाधम अधिवेशन गर्न थालेका छन् । नेपाल पत्रकार महासंघ उपत्यकाभित्रका तीन जिल्लामध्य ललितपुर र काठमाडौं शाखाले अधिवेशन गरिसकेका छन् तर भक्तपुर जिल्लाले अधिवेशन गरेको छैन । काठमाडौं, ललितपुर र भक्तपुर गरी तीन जिल्ला समेटिएको उपत्यका प्रदेशले यही वैशाखा १५ गते शनिबार नयाँ ठिमीस्थित भक्तपुर बैंक्युइटमा अभिवेशन सम्पन्न गरेको छ ।

उक्त अधिवेशनमा सूचना, प्रविधि तथा सञ्चारमन्त्री तथा सञ्चार सचिवलाई बोलाउनुपर्नेमा त्यो नगरी भक्तपुरको मध्येपुर ठिमी नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठलाई प्रमुख अतिथि, उपमेयर विजयकृष्ण श्रेष्ठलाई विशेष अथिति र नेपाल पत्रकार महासंघ केन्द्रका वरिष्ठ उपाध्यक्ष रमेश विष्टलाई अतिथि बनाएर सम्पन्न गरिएको थियो । अधिवेशनमा प्रमुख अधिति र विशेष अतिथिका रुपमा बोइएका मेयर, उपमेयरले पत्रकारको विषयमा शुभकामना मन्तव्यसँगै आफ्नो प्रगति विवरण र पार्टीकेन्द्रित भाषण गरेर समय लिएका थिए ।

त्यस्तै अथितिको रुपमा आसिन विभिन्न दल निकट पत्रकार संघ, संगठनका नेता, प्रतिनिधि र पत्रकार महासंघका केन्द्रीय पदाधिकारीहरुले पनि पत्रकारका जल्लाबल्दा विषयमा भन्दा आफूकेन्द्रित भाषण गरेर समय गुजारेका थिए । गर्मी मौषसँगै पट्यारलाग्दो भाषणले दर्शक दीर्घामा रहेका पत्रकारहरु न्याउरो मुख लगाएर बसेका देखिन्थे । नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले दोस्रो धिवेशन मनाइरहँदा लामो समय पत्रकारिता क्षेत्रमा वेतित गरेका पत्रकार डा. केशव टेवकोटालाई सम्मान गरिएको थियो भने पत्रकारिता क्षेत्रमा २५ वशन्त पारेका पत्रकारहरुलाई पनि सम्मान गरेको थियो । त्यो सम्मान त गरेको ठिकै थियो । देवकोटासँगै अन्य पुराना र वरिष्ट पत्रकारलाई ओझेलमा पारेर कनिष्ठहरुलाई एउटै डालोमा हालेर सम्मान गरिएको थियो । त्यसमा राजनीतिक पार्टीको भागबन्डा र रोलक्रममा सम्मान गरियो ।

काठमाडौं शाखा र उपत्यका प्रदेशले गरेको अधिवेशनको ढाँचा एउटै थियो । उपस्थित कतिपय पुराना पत्रकारहरुले ‘हामी त अझै युवाअवस्थामै रहेछौं, राजनीतिक पार्टीको लिष्टमा परेन छौं भन्दै टिकाटिप्पणी गरिरहेका थिए । प्रमुख अतिथिमा सञ्चारमन्त्री बोलाउनुपर्नेमा किन मेयर, उपमेयरलाई बोलाइयो भन्ने प्रश्नमा आयोजनाक पक्षको भनाइ थियो, सञ्चारमन्त्रीलाई बोलाएको हो तर उहाँले पत्रकारहरुको कार्यक्रममा जाँदा पैसा दिनुपर्ने रहेछ भनेर नआएपछि मेयर र उपमेयरलाई बोइएको हो भन्ने उत्तर पाइयो । पत्रकारले आयोजना गर्ने कार्यक्रमको हल भाडा र खानाको पैसा पनि मेयर, उपमेयरले नै तिरिदिएको हुनुपर्छ ।

देशै भरमध्ये सबैभन्दा धेरै सदस्य रहेको उपत्यका प्रदेशले तीन वर्षे कार्यकालमा अभिवेशन गर्ने खर्चसमेत जुटाउन नसक्नु योभन्दा लाजमर्दो अरु के हुन्छ ? उपत्यका प्रदेश अधिवेशनमा आउने अधिकांश पत्रकारहरुले भनिरहेका थिए, ‘अधिवेशनको निहुँमा लाखौं सहयोग माग्ने त्यसमा कार्यसमितिका पदाधिकारी र सदस्यहरुले मोजमस्ती गर्ने अनि अधिवेशनको बेला मन्त्री, नेताहुँदै स्थानीय जनप्रतिनिधिहरुलाई गुहार्ने तरिकाले पत्रकारहरुले कहिलेसम्म भिख मागेर अधिवेशन गर्ने हुन् ।’

पत्रकार महासंघ जिल्ला शाखा र प्रदेश समितिले अधिवेशन थालिरहँदा केन्द्रीय समितिले अहिलेसम्म सदस्यता विवाद टुंग्याउन सकेको छैन । नेपाल पत्रकार महासंघका जिल्ला शाखा, प्रतिष्ठान समिति र प्रदेश समितिले अधिवेशन सम्पन्न गरेको एक महिनाभित्र नयाँ कार्यसमितिको निर्वाचन गर्नुपर्ने हुन्छ । तर, केन्द्रीय समितिले अहिलेसम्म निर्वाचनको मिति तोक्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *