दलकै कारण लोकतान्त्रिक गणतन्त्र खतरामा पर्दै

राजनीति समाचार

काठमाडौं । नेपालका राजनीतिक दलहरु देश र जनताप्रति भन्दा पनि आफ्नै स्वार्थमा लाग्दा देश झन् अधोगतितिर धकेलिँदै छ । यतिबेला नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जसपाका नेताहरुले यो देशमा केही गर्न नसक्ने रहेछन् भन्ने देखिन्छ । खाली सत्ता र कुर्सीमा पुग्ने अनि भ्रष्टाचार, अनियमितता र अस्थिरतालाई बढावा दिने काम बाहेक यी दलहरुले देश र जनताको पक्षमा केही काम गरेको पाइँदैन । मधेसवादी दलहरुले तराईवासी जनता र तराईंको विकास निर्माणलाई भन्दा आफू सत्तामा पुग्ने र कमाउने बाहेक केही सोचेको पाइँदैन ।

मधेसमा महन्त ठाकुर, हृदेयष त्रिपाठी, राजेन्द्र महतो, उपेन्द्र यादव, सरदसिंह भण्डारी, राजकिशोर यादव अनिल साह र विजयकुमार गच्छदार जस्ता क्रान्तिकारी नेताहरु जन्मिए तापनि त्यहाँको विकास निर्माण र जनजिवीकाको सवालमा रत्तिभर आवाज उठाउन सकेनन् । उल्टै मधेसवादी पार्टीभित्र जुँगाको लडाईँ गरेर पार्टी फुटाउने, आफू अध्यक्ष बन्ने, विभिन्न अपवित्र गठबन्धन गरेर चुनाव जित्ने र मन्त्री बन्ने बाहेक अन्य काम गर्न सकेनन् । मधेसवादी जनताले उपेन्द्र यादव र विजयकुमार गच्छेदार, अनिल शाह, शरदसिंह भण्डारी र राजन्द्र महत्व जस्ता नेतामाथि आशा र भरोसा राखेर पटक–पटक निर्वाचन जिएका थिए । उनीहरुलाई चुनाव जिताउनु नै अहिले मधेसवादी जनतालाई घातक हुन पुगेको छ ।

उपेन्द्र यादव जस्ता नेताहरुले तराईंको विकास र त्यहाँका जनतालाई न्याय दिन छाडेर पटक–पटक अन्य पार्टीहरुसँग मिलेर सत्तामा जाने, शक्तिशाली मन्त्रालय हात पार्ने र उपप्रधानमन्त्री बन्ने बाहेक अन्य काम गर्न सकेनन् । हुँदाहुँदा अहिले जसपाबाट अशोक राई फुटेर अर्को पार्टी बनाउन पुगेका छन् । टुट र फुटको कारणले पनि तराईँवासी नेताहरु जनताबीच अलोकप्रिय बन्दै गएका छन् । तराईंवासीमा मात्रै नभएर नेकपा एमालेभित्र पनि टुट र फुटको कारणले गर्दा आमजनता निराश बन्न पुगेका छन् । एमालेबाट फुटेर गएका माधव नेपाल पटक–पटक गठबन्धन सरकारमा सामेल भए तापनि देश र जनताको लागि कुनै माखो मार्न सकेनका छैनन् ।

उता नेकपा एमालेभित्र वामपन्थीहरुलाई एक बनाएर अगाडि बढ्नुपर्नेमा त्यो नगरी आफूलाई ‘चाहिँदा भाँडो नचाहिँदा के भने झैं’ माधव नेपाललाई सरकारबाट गलहत्याउने प्रयास भइरहेको देखिन्छ छ । एकीकृत समाजवादीलाई सरकारबाट हटाउने मात्रै होइन, पार्टी नै फुटाउने खेल भइरहेको छ । त्यस्तै अध्यक्ष रवि लामिछानेलाई सहकारी ठगी काण्ड लागेपछि राष्ट्रिय स्वतन्त्र पार्टी पनि फुट्ने सम्भावना बढेर गएको छ । कांग्रेसभित्रको लफडा पनि चर्कै छ । संस्थापन पक्ष र इतरपक्षबीच जति नजिक भएजस्तो देखिएता पनि त्यसभित्र गुटैगुट झांगिएको छ । त्यसकारण नेपालका राजनीतिक दलहरु कुन बेला र कुन सयममा चिरा पर्ने हुन् निश्चित छैन । दलहरुकै कारण लोकतन्त्रान्त्रिक गणतन्त्र पनि खतरामा पर्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *