बि.स. २०७१ साल बैशाख २९ गते शनिवारको दिन सबै राष्ट्रिय दैनिक अखवारहरुमा ‘सातै प्रदेशमा बाल अस्पताल बनाउन भाटभटेनीको ४१ करोड सहयोग’ भन्ने हेडलाईनका साथ समचार अग्रपृष्ठमा छापियो । भाटभटेनीका मालिक मीन बहादुर गुरुङ्गलाई महान दाता बनाएर नेपाल कै प्रख्यात डाक्टर भगवान कोईरालाका साथ एक अर्कालाई हात जोडेर स्वागत गरेको फोटो प्रकाशित भयो । यहाँ याद गर्नु पर्ने कुरा के छ भने भाटभटेनीको मालिक दाता मीन बहादुर गरुङ्गलाई केही समय अगाडि मात्रै सरकारी कर भ्याट छलेको आरोपमा जेल सजाय सहित १ अरब जरिवाना तिर्नु पर्ने फैसला आईसकेको छ ।
नेपालको अदालती बन्दोबस्त अनुसार सोमुद्दा अहिले माथिल्लो अदालतमा पुगेर बिचाराधिन छ । साथै उहाँलाई ललितानिवास बालुवाटारको सरकारी जग्गा किर्ते गरी निजी बनाएर बेची खाएको आरोपमा जरिवाना तथा सजायको फैसला बिशेष अदालतबाट आईसकेको छ । त्यो पनि अन्य मुद्दाहरु सरह नै माथिल्लो अदालतमा पुगेर बिचाराधिन अवस्थामा रहेकोछ । किर्ते गरी सरकारी जग्गा हडपेको आरोपमा पनि उहाँ माथि मुद्दा चली नै रहेको छ । नेपालमा सरकारी कर भ्याट छल्ने चलन नयाँ नौलो होइन । ठुला व्यापारीहरु र व्यवसायीहरुले सरकारी कर भ्याट छलेर नै अकुत कमाउने गरेका छन ।
सरकारी कर भ्याट छल्न कै लागि कुख्यात लेखापरिक्षकहरुलाई व्यापारीहरु र व्यावसायीहरुले पालेर राखेका हुन्छन । यस्तो गैरकानुनी कार्य नेपालमा माडवाडी व्यापारीहरु र व्यवसायीहरुले चलाएका हुन । तिनैको सिको गरी भाटभटेनी जस्तो व्यापारिक घरानाले पनि ठुलो मात्रामा सरकारी कर भ्याट छली गरी अकुत कमाउँदै आएकाछन । बर्षौ देखि नेपालमा भाटभटेनीले सरकारी कर भ्याट छल्दै आएका छन । गत ४० बर्षको अवधिमा त्यसरी कती कमाए होलान अनुमान लगाउन निकै कठिन छ । माडवाडी व्यापारीहरु र व्यवसायीहरु सितको संगतले नेपाल कै खोटाङ जिल्लाको सामान्य गुरूङ्ग परिवारमा जन्मेका व्यापारी मीन बहादुर गरुङ्गलाई पनि खुँखार नाफाखोर अपराधी व्यापारीमा रुपान्तरण गरीसकेको छ ।
एक चोटी कुरा नमिल्दा आन्तरिक राजस्व कार्यालयका कार्मचारीहरु भाटभटेनीमा छापा मार्न पुगेका थिए । त्यसको सुईको पाईसकेको व्यापारी मीन बहादुर गरुङ्गले प्रामाण मेटाउनको लागि आफ्नो एकाउण्ट शाखामा नै आगो लगाएका थिए । आगो लागेबाट हुने नोक्सानीको भर्पाई ईन्सुरेन्सबाट हुने भएकाले प्रमाण मेटाएर सरकारी कार्यबाहीबाट जोगिनु उहाँको लागि महत्वपूर्ण थियो । उहाँ कै मुखबाट प्रचार भए अनुसार बि. स. २०४० साल तिर श्रीमतिको गरगहाना बेचेर जुगाड गरिएको ३५ हजार लगानीमा सानो कोल्ड स्टोर्सबाट सुरु भएको व्यापार आज भाटभटेनी डिपार्टमेण्टल स्टोर्सको रुप ग्रहण गरीसकेको छ । नेपाल भरी भाटभटेनी डिपार्टमेण्टल स्टोर्सको २७ वटा बिशाल शाखाहरु खुलीसकेका छन ।
लगभग बि. स. २०४० सालको हाराहारी देखि नै नेपालमा दलहरुले राजनीतिक आन्दोलन सक्रिय रुपमा बढाउँदै लगेका हुन । त्यसैको परिणाम स्वरुप बि.स. २०४६ सालमा नेपालमा बहुदलिय संवैधानिक राजतंत्रको सुत्रपात भयो । त्यो राजनीतिक परिवर्तनबाट पनि सन्तुष्ट नभएको माओवादीहरुले बि.स. २०५२ देखि बि.स. २०६२ साल सम्म सशस्त्र जनयुद्ध चलाएका थिए । उक्त दौरान माओवादीहरुले नेपालमा आनेकौ बैंकहरु लुटेका थिए । यहि समयमा भाटभटेनीको व्यापार दिन गुणा र रात चौगुणा हुँदै बढेको बढेकै थियो भने अन्य व्यापारीहरु र व्यवसायीहरुको व्यापार व्यवसायहरु भने नराम्रो सित प्रभावित भएका थिए । बिश्वास्त सुत्रको अनुसार माओवादीहरुले बैंक लुटेर ल्याएका पैसा र सुन चाँदीहरुको निर्मलीकरण भाटभटेनीले नै गरी दिएको थियो ।
पछि माओवादीलाई उक्त कालो लागनीको साँवा र व्याज बुझाउने र मुनाफा बाँड्ने सिलसिलामा बिवाद हुँदा भाटभटेनीका मालिक मीन बहादुर गुरुङ्गले ३ चोटी सम्म आत्महत्या गर्ने प्रयासहरु समेत गरेको कुरा सार्वजनिक भएका थिए । एक चोटी त उहाँलाई दिल्ली सम्म उपचारको लागि लानु परेको खवर सम्म पनि बाहिर आएको थियो । उहाँ कै सव्दमा एक चक्की सिटामोल समेत पनि किनेर खान नसक्ने हैषिय भएको नाङ्ले फुटपाथे व्यापारी मीन बहादुर गुरुङ्ग आज आएर ४१ करोड लगानी गरी नेपालको सातवटै प्रदेशमा बाल अस्पताल बनाउन सक्ने हैषिय कसरी प्राप्त भयो निकै गौर गर्नै पर्ने बिषय भएकोछ । यो भन्दा पहिले पनि उहाँले आफ्नो माता पीताको नाममा त्रि–भुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थानको शिक्षण अस्पताल महाराजगञ्जमा ७ करोड लगानी गरी ईमरजेन्सी वार्ड ब्लक बनाईदिएका छन ।
यस्तो धर्म र अपराध साथसाथ गर्ने महाज्ञान भने उहाँले माडवाडी व्यापारीहरु र व्यवसायीहरुको निरन्तर संगतबाट आर्जन गर्नु भएको हो । अहिलेको अवस्थामा उहाँले उक्त माडवाडी व्यापारीहरु र व्यवसायीहरुको समूहलाई समेत धेरै धेरै पछाडि पारीसक्नु भएको छ । अरबमा सरकारी कर भ्याट छली गरी करोडमा दान दिनुलाई कुनै ठुलो कुरा मान्न सकिन्न । यसलाई केवल आफ्नो कालो कर्तुतहरुको ढाकछोप गर्ने भभ्यास मात्रै मान्न सकिन्छ । धर्मशास्त्रमा उल्लेख भए अनुसार अपराधीहरुको खानु पनि हुँदैन र संगत गर्नु पनि हुँदैन । दान गरेको पैसाको स्रोत के हो भन्ने कुरा भटाभटेनीले खुलाएको छैन ।
जानकारीमा आएअनुसार त्यसको स्रोत खुलाउन मिल्ने छैन । सरकारी कर भ्याट छलेर जुगाड गरेको पैसाको दानलाई नेपाली समाजले ‘लुटको धन फुफुको श्राद्ध’ भन्ने गर्दछन । राष्ट्रिय समचार पत्रहरुले पनि कुरै नबुझी त्यस्ता अपराधी धनढ्याहरुको प्रचार प्रासर गर्दा नेपाली समाजमा कस्तो प्रभाव पर्न जान्छ भनी ख्याल गर्नु पर्ने हुन्छ । दान लिने संस्थाहरु र व्यक्तिहरुले पनि स्रोत नखुलेको गैरकानुनी पैसाको दान स्वीकार गर्नु हुँदैन । यसबाट नेपाली समाजमा राम्रो होला भन्दा नराम्रो हुँदै जान्छ र अखिरमा बदनामी मात्रै हुन्छ । भारतको चम्वलका डाकाहरुको यस्तै असुल थियो ।
उक्त डाकाहरुले वरिपरिका सहरहरु र गाउँहरुमा डाका डालेर जुगाड गरेको पैसाले उक्त भेगमा बसोबास गर्ने गरिवहरुको पालन पोषण गर्ने गरेका थिए । गरिबलाई सहयोग गर्ने काम राम्रो भएपनि सहयोग गर्ने धनको जुगाड डाका डालेर गरिने भएकाले चम्बलका जंगलमा बसोबास गर्ने डाकाहरु कानुनको नजरमा संधै अपराधी नै बनेर टुंगियो । नेपालमा पनि अहिले त्यस्तै भईरहेको छ । केही व्यक्तिहरु देश लुट्ने र उक्त पैसा दान गरी महान बन्ने खेल खेल्दैछन । नेपालको कमजोर कानुनी राज र छिद्रैछिद्र भएको नवउदारवादी अर्थतंत्रको फाईदा उठाएर भाटभटेनी जस्ता ठुला व्यापारीहरु र व्यवसायीहरुले नेपाल राष्ट्रलाई लुटेका लुटेकै छन । सोही लुटेको पैसालाई दान गरी महान पनि बन्दै आएकाछन ।
नेपालमा प्राकृतिक विपत्ति आईलाग्दा पनि एक दुईकरोड रुपियाँ नेपाल सरकारलाई दान गरी त्यसको फोटो खिची आफ्नो बैठक कोठामा झुण्ड्याएर थप लुट्नको लागि भूमिका बाँध्ने व्यापारीहरु र व्यवसायिहरु पनि नेपालमा धेरै छन । भाटभटेनीका मालिक मीन बहादुर गरुङ्गले त्यस्तै अभ्यास गर्दै आएकाछन । गत ४० बर्षमा सरकारी कर भ्याट छलेर कती कमाए होलान भन्ने कुराको कुनै रिकर्ड छैन । त्यसबाट दुई चार करोड दानको रुपमा फाल्दैमा भाटभटेनीको पैसाको ढिकुटी कहिले खाली हुन सक्दैन । डा.भगवान कोईराला जस्ता प्रख्यात व्यक्तित्वले अदालतबाट द्वोषी साबित भईसकेको व्यक्ति मीन बहादुर गुरुङ्गको ४१ करोड सहयोग लिएर आफ्नो महानकदलाई छोट्याएका छन भने देश लुटने एक आर्थिक अपराधीको हौसलालाई बुलण्द पारी दिएका छन ।
नेपालमा अपराधिक गतिविधिमा संलग्न व्यापारीहरु र व्यवसायीहरुले यसरी बेलाबेलामा ठुलो धनराशी चन्दा वा दानको रुपमा दिएर नेपालमा आफुले सञ्चालन गर्दै आएको गैरकानुनी धन्दालाई कभरअप दिने गरेकाछन । नाफाखोर व्यापारीहरु र व्यवसायीहरुले यस्तो चन्दा वा दानलाई पनि लगानी कै रुपमा लिने गर्दछन । त्यकारण यस्तो चन्दा वा दानको स्रोत निश्चित गर्न नित्यान्त जरुरी हुन्छ । सम्पत्ति शुद्धिकरण, अख्तियार, सीआईबी र राजस्व कार्यालयका अधिकारीहरुले यसमा ध्यान दिन जरुरी हुन्छ । नाफाखोर व्यापारीहरुले यत्रो रकम त्यसै चन्दा वा दानमा दिने भन्ने कुरा संकास्पद नै छन । यति उति चन्दा दिएको देखाउँदै बिशेष छुट लिने वा सरकारी निर्णयलाई प्रभावित बनाएर आफु प्रति नरमी व्यवहार पक्षपात गर्न गराउन दबाब हाल्ने उद्देश्यबाट प्रेरित भएको हुन्छ । त्यसकारण देशलाई लुटी लुटी दान गरी आफैलाई महान बनाउन खोज्नेहरु प्रति सजगता अपनाउन जरुरी छ ।
नेपालको सार्वजनिक बाटोघाटो, पुलपुलेसा, पाटीपौवा, राजकुलो पोखरीहरु, गुठीका जग्गा जमिनहरु, ढुंगेधारा, मसानघाट, मठमन्दिर, चौतारो डबली आदि ईत्यादीलाई किर्ते गरी निजी बनाएर बेची खाने व्यापारीहरु र व्यवसायीहरु नेपाल राष्ट्र र नेपाली जनता बिरोधी भएकाले त्यस्ताहरुलाई कानुनी कठघरामा उभ्याएर सजायको भागी बनाउनु नै पर्छ । त्यस्ताहरुलाई नेपाली जनताको गाँस, बास र कपासलाई आफ्नो व्यापार व्यवसाय बनाउनबाट रोक्नको लागि नेपाल सरकार र नेपाली जनता संधै सजग बन्नुपर्छ । तिनीहरुले फालेको केही करोड दानमा बिकेर नेपाल राष्ट्र र नेपाली जनतालाई धोका दिने काम कसैले पनि गर्नु हुन्न ।