मन्त्रिपरिषले ग-र्यो ६० जना सहसचिवको सरुवा

राजनीति समाचार

काठमाडौं । सरकारले सचिवहरुको सरुवा गरे तापनि सहसचिवहरुको सरुवा गर्न सकेको छैन । करिव ६० देखि ६५ जना सहसचिवहरु सरुवा गर्नुपर्ने हुन्छ । तर, सरुवाको लागि सहसचिवहरुको लिष्ट प्रधानमन्त्री कार्यालयमा पुगेको पनि तीन हप्ता भन्दा बढी भइसकेको छ । मन्त्रिपरिषद्ले ती सहसचिवहरुको सरुवा गर्न सकेको छैन । यति ठूलो मात्रामा सहसविचहरु सरुवा गर्नुपर्नेमा दलीय स्वार्थ र आसेपासेको भागबन्डा नमिल्दा सहसचिवहरु सरुवा हुन नसकेका हुन् । मुख्य सचिव वैकुण्ठ अर्यालले पनि सहसचिवहरु सरुवा गर्न पहल गर्नुपर्नेमा त्यो गर्न सकेका छैनन् ।

किन कि उनी आफै टेरामक्स काण्डमा कतिबेला फसिने हो भन्ने त्रासमा छन् । उता, लामो समयदेखि प्रधानमन्त्री कार्यालयमा कार्यरत गणश पाण्डे पर्यटन मन्त्रालयमा पुगेका छन् । पर्यटनमन्त्री हितबहादुर तामाङ सोझो भएको कारणले पाण्डेले फाइदा उठाइरहेका छन् । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा मुख्यसचिव वैकुण्ठ अर्यालले तीन सहसचिव पठाएका छन् । त्यो पनि मन्त्रीलाई नसोधिकन । यसरी जाने सहसचिवहरुमा संगीता ओझा, विन्दु घिमिरे र अर्का एकजना छन् । सो मन्त्रालयमा तीन जना सहसचिवहरुले के काम गर्नेहुन् त्यो पनि निश्चित छैन ।

यतिबेला सरकार विकास निर्माण र जनजीवीकाको काम गर्ने भन्दा पनि कर्मचारी सरुवा बढुवा गरेर दिन बिताइरहेको छ । कतिपय कर्मचारीहरु भनेको ठाउँमा सरुवा हुन नपाएर रन्थनिँदै सिंहदरबारभित्र गर्मी खाएर भौताइरहेका छन् । कुनै–कुनै सहसचिव मालदार ठाउँमा सरुवा हुनको लागि मन्त्री र मुख्यसचिवको चाकडी गर्नमा व्यस्त छन् ।

देशको यस्तो परिस्थितिले गर्दा अनि कसरी हुन्छ सर्वसाधारण जनताको हितमा काम ? राजनीतिक दलहरुले सरकार बनाउने र ढाल्ने, कर्मचारी सरुवा गर्ने भन्दा अन्य काम गर्न सकेको छैन । उता, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा भद्रगोल भएको छ । यस मन्त्रालयको प्रशासन शाखामा कार्यरत रामकुमार महतो रहे तापनि उनी अहिले निरास भएका छन् । उनले कर्मचारी प्रशासनलाई चलायमान बनाउनुपर्नेमा त्यो गर्न सकेका छैनन् । किन कि उनलाई कर्मचारी प्रशासन चलायमान बनाउन दिइएको छैन । संघीय मन्त्रालयमा अहिले मोहन घिमिरे र तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाका स्वकीय सचिवको हालीमुहाली चलेको छ ।

त्यस्तै स्थानीय तहको कर्मचारी सरुवामा रामहरि शर्माको खेलोफड्को चल्ने गरेको छ । त्यसैगरी अर्का उपसचिव गगन विष्टले एकीकृत समाजवादी पार्टी निकट कर्मचारीहरुलाई मालदार अड्डामा खटाएको आरोप उनीमाथि लाग्न थालेको छ । त्यसैगरी संघीय मामिला तथा सामान्य प्रशासन सचिव मुकुन्द निरौला र सहसचिव सुमन दाहालबीचको टसलले पनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लथालिङ्ग अवस्थामा पुगेको बताइन्छ । किन कि संघीय मन्त्रालयका सचिव मुकुन्द निरौला कांग्रेस निकट हुन् भने सहसचिव सुमन दाहाल एमाले निकट कर्मचारी हुन् ।

सुमन दाहाल विगत लामो समयदेखि आन्तरिक राजश्व कार्यालय, भन्सार विभाग, अर्थ मन्त्रालयहुँदै राष्ट्रिय योजना आयोजबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कर्मचारी प्रशासन शाखामा बसेका थिए । उनले कर्मचारी प्रशासन शाखामा रहँदा कर्मचारी सरुवा बढुवामा मोटो रकम आर्थिक लाभ लिएको र एमाले निकट कर्मचारीहरुलाई मालदार अड्डामा पठाउने गरेको आरोप लागेको थियो । उनलाई त्यो आरोप लागेपछि त्यहाँबाट अन्य शाखामा सरुवा गरिएको बताइन्छ । अन्य शाखामा सरुवा भए तापनि दाहालले विभिन्न विदेशी मुलुकको भ्रमण गरी आर्थिक लाभ लिने गरेको बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *