काठमाडौं । कनेक्सन जति विवादित पृष्ठभूमिका व्यापारिक फर्मसँग ! यस्तो कारोवारीमा जोडिएको माथि न त अख्तियार लाग्ने,न कुनै निकायबाट छानबिन हुन । सीमित घरानियाको पकडमा रहेको साल्ट ट्रेडिङ कर्पोरेशन हविगत हो यो । साँठगाँठ र कारोवार कस्तो भने भ्रष्टाचार मुद्धा खेपेका संस्था÷व्यक्तिसँगमात्र । यस्तो जात्रा देखाइरहेको छ, नेपाल सरकारको समेत स्वामित्व रहेको साल्ट ट्रेडिङ कर्पाेरेसनले ।
श्रेष्ठ एण्ड कम्पनीजस्तो बन्न पुगेको साल्टले विवादित व्यापारिक फर्मसँग साँठगाँठ गरि अन्तर्राष्ट्रिय बजारमा चलेको मूल्यभन्दा बढीमा कतै प्रतिष्पर्धा नै नगराई मनोमानी ढंगले काम गर्दै आएको आरोप छ । केही बर्ष अघि गोरखापत्रको कागज प्रकरणमा मुछिएर भ्रष्टाचार मुद्धामा डामिएको प्रिन्टसेलसँग उर्मिला श्रेष्ठहरुको साँठगाँठ बढी नै देखिन्छ । «े प्रिन्टसेल इमेज प्रालिसँग मिलेर सिंगारपुरबाट झिकाएर विभिन्न किसिमका छपाई कागज बिक्री गर्ने गरेको छ ।
साल्ट ट्रेडिङले सिंगापुरस्थित फुजीटो प्रालि भन्ने कम्पनीबाट आउने कागज प्रिन्टसेललाई मात्र बिक्री गरिरहेको छ । कनेक्सन कस्तो छ भने,सिंगापुरस्थित फुजीटो कम्पनी ललितपुरको कुपण्डोलमा रहेको प्रिन्टसेलकै प्रधान कार्यालय हो भने यसको सञ्चालक पनि एकै परिवारका दाजुभाई । प्रिन्टसेल दिपक वंशालीले रेखदेख गर्छन् भने फुजीटो उनका दाजु मनिष वंशालीले सञ्चालन गरिरहेका छन् । रञ्जित वंशालीका दुइ पुत्रहरुको व्यापारिक संस्थासँग कागज खरिद गरेर साल्ट ट्रेडिङले प्रतिष्पर्धा गराउनुपर्ने कानूनी प्रावधानको उल्लंघन गर्दै आएको छ ।
अर्काेतिर सिंगापुरमा रहेको कागज कम्पनीसँगको कारोवारमा झैं मलमा समेत उस्तै बदमासी गरिरहेको विवरण भेटिएको छ । साल्ट ट्रेडिङ्ग कर्पाेरेसनले रसायनिक मल घोटलामा मुछिएको कम्पनीसँग कारोवार गरिरहेको भेटिएको हो । आजभन्दा तीन बर्ष अघि भारतीय केन्द्रीय अनुसन्धान ब्युरो (सिबिआई)ले रसायनिक मल घोटला प्रकरणमा उदय शंकर (युएस) अवस्थीलाई पक्राउ गरेको थियो । जो भारतीय उर्वर सहकारी लिमिटेड (फर्टिलाईजर कोअपरेटिभ लिमिटेड अर्थात आईएफएफसिओ) का प्रबन्ध निर्देशक थिए । त्यस्तै ईन्डियन पोटास लिमिटेका प्रबन्ध निर्देशक परविन्दर सिंहसहितका उच्च अधिकारीहरुलाई सिबिआईले पक्राउ गरेको थियो । त्यसरी पक्राउ परेका समूहसँगै साल्ट ट्रेडिङ्गले मलको कारोवार गरिरहेको भेटिएको हो ।
नेपाल सरकारका दुई निकायहरु कृषि सामग्री लिमिटेड र सरकारको समेत सेयर लगानी रहेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले लामो समयदेखि यो विवादास्पद कम्पनिसँग किसानका लागि अनुदानमा दिइने रासायनिक मल खरिद गर्दै आएको हो । निजी क्षेत्रको समेत सहभागितामा संचालित साल्ट ट्रेडिङ लिमिटेडले त लामो समयदेखि कागजी प्रतिष्पर्धाको आधारमा यही कम्पनिबाट मात्रै रासायनिक मल खरिद गर्दै आएको छ । मल खरिदका लागि कम्पनिले नै प्रस्ताव गरेको मुल्यमा साल्ट ट्रेडिङले मल खरिद गर्दै आएको हो । कतिपय टेण्डरमा अन्तर्राष्ट्रिय मुल्यभन्दा निकै महँगोमा यही विवादास्पद कम्पनिबाट खरिद गरिएको घटना समेत फेला परेका छन् । साल्ट ट्रेडिङकी विगत १५ वर्षदेखि सीईओ पदमा कार्यरत उर्मिला श्रेष्ठसहित उच्च अधिकारीको संलग्नतामा पटक पटक अर्बौंको मल खरिद गरेपनि हालसम्म नेपालमा कुनै स्वतन्त्र निकायको छानबीनको विषय समेत बन्न सकेको छैन ।
केही वर्षअघि आइपिएलको माध्यमबाट ल्याइएको युरिया मलको ५० केजी बोरामा किसानले कम तौलको मल पाएको भन्दै विरोध समेत भएको थियो । साल्ट ट्रेडिङले ३ सेप्टेम्बर २०२२ मा २७ हजार ५ सय मेट्रिक टन रासायनिक मल सोही विवादास्पद भारतीय कम्पनिबाट नै गरेको थियो । त्यतिबेला २७ हजार ५ सय डलर मेट्रिक टन रसानिक मल खरिद गर्दा २ करोड ५ लाख ४२ हजार ५ सय डलरमा ठेक्का यो कम्पनिलाई दिइएको थियो । साल्ट ट्रेडिङ कर्पोरेशनले सन् २०२४ जनवरी ४ मा प्रकाशित गरेको सुचना अनुसार २५ हजार मेट्रिक टन युरिया मल खरिद गर्न विवादित कम्पनि ईन्डियन पोटास लिमिटेडलाई ठेक्का दिइएको छ । १ करोड ११ लाख ३७ हजार ५ सय डलर अर्थात आजको डलर भाउ अनुसार १ अर्ब ४८ करोड ८३ लाख २ हजार ७ सय ४३ रुपैयाँको ठेक्का आइपिएललाई दिइएको छ ।