किन पछि परे एमालेमा यी दुई नेता

राजनीति समाचार

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले फेरि वामदेव गौतमलाई छक्याएका छन् । गुल्मीको कम्युनिष्ट नेता स्वर्गीय ज्ञवालीको स्मृति सभाको प्रमुख अतिथि बनेका एमाले अध्यक्ष केपी ओलीले बामदेव गौतमलाई पार्टी एकता राष्ट्रिय अभियानमा सक्रिय भएर छरिएर रहेका कम्युनिस्ट नेताहरुलाई पार्टी एकतामा ल्याउन आग्रह गरे । तर बामदेवले पार्टी टुक्रिएर माधव नेपालले छुट्टै दल बनाउँदा विभाजन नगरी अन्तरपार्टी संघर्ष गर्न सुझाव दिन भने सकेनन् । बामदेवले आफ्ना गल्ती स्वीकार र आत्मालोचना गर्दै एमालेमा काम र जिम्मेवारी दिन आग्रह गरे पनि एमाले अध्यक्ष केपी ओलीले चासो दिएनन् । एमालेमा केपीको सक्रियता रहेसम्म अरुको मौका छैन भन्ने कुरा ईश्वर पोखरेल साक्षी छन् ।

डा. भीम रावलजस्ता एमालेको सिद्धान्त र नीतिका संयोजन गर्ने वाम पक्षलाई शक्तिशाली बनाउन पहल गर्ने त केपी ओलीको दया जागेन भने बामदेवले पार्टीको जिम्मेवारी खोजेर पाउँछन् कसरी ? एमालेका लागि बामदेव गौतम डा.भीम रावल जस्ता नेताको जरुरी भएनन् । केपीका अगाडि दास बन्ने पर्दा पछाडि कुरा काट्ने आफ्नो गुट बनाउन तम्सने मौका पाउँदा एक्लै राज्य स्रोत हजम गर्ने ईश्वर पोखरेल जस्ता नेता उपाध्यक्ष विष्णु पौडेल, प्रदीप ज्ञवाली महासचिव शंकर पोखरेल उपमहासचिव पृथ्वीसुब्बा गुरुङसम्मको गणनामा आउन सकेका छैनन् ।

नेकपा एमालेलाई प्रयोग गरेर रातारातै धनाढ्य भएको एमाले वृत्तमा लुक्दैन । पोखरेलले छोराको प्रयोग गरेर ठेक्का दिने काम गरे । सरकारी सम्पत्ति माफियालाई दिएर बिचको रकम हजम गर्न ईश्वर सफल छन् । भूमाफिया दीपक केसीलाई सार्वजनिक जमिन भोगााधिकार गर्न दिएर धापासी टोखाभित्र रजाइँ गरेका पोखरेल स्थानीय तहमा आलोचित छन् । राजनीतिक रुपमा स्वार्थ केन्द्रित व्यवहार मौलाएको छ । पोखरेल पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई केही नभनि आफ्नो कमाई खेती गर्न परफेक्ट नेता भएको सूर्य थापा, राजेन्द्र गौतमजस्ता नेताहरु बताउँछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *