काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल आफू शुद्ध छु भन्ने ठाउँ बाँकी छैन । उनका हितैसीहरू नीतिगत भन्दा समूहगत लुटमा सरिक भएका छन् । सुनकाण्डसँग जोडिएका कृष्णबहादुर महरा पुत्र मोहले तस्करसँग जोडिएर । पूर्व उपराष्ट्रपतिका पुत्र पनि यहाँ जोडिए । माओवादी नेतृत्व पतनको चरणमा आज मात्र पुगेको होइन । सत्तामा नेता पुग्दा जनयुद्धको सहयात्री लडाकु टोली सदस्यलाई मन्त्रीको सचिवालय पुग्न महाभारत भयो । मन्त्रीले छोराछोरी, साला, भान्जालाई नै जिम्मेवारी दिए ।
माओवादीमा सर्वहाराकरण छैन । एमाले त्यो कित्तामै छैन । माओवादीले भ्रष्टाचार र सुशासनको कुरामा बोले पनि व्यवहारमा छैन । प्रधानमन्त्री बाबु भएपछि छोरी गंगा दाहालका जोइपोइले कर्मचारी ठेकेदार, व्यापारी, प्रोजेक्ट म्यानेजर, तस्कर र माफियासँग धन संकलन गर्न सक्रिय छन् । संचारमन्त्री रेखा शर्माका श्रीमान् कृष्णधवज खड्काको च्यानलबाट मन्त्रीको सचिवालयमा भित्र्याइएका दूरसंचार पधिकरणमा कार्यकारी अध्यक्ष नै बनाएका छन् । भ्रष्टाचार माओवादी कांग्रेस र एमालेभनदा कम छैन । प्रधानमन्त्रीको सचिवालयका सदस्यले पुस्तौं पुग्ने गरी सम्पर्ति आर्जन गरेका विगत र वर्तमानबिच अन्तर छैन ।
भ्रष्टाचारले ग्रस्त समाजिक संरचना लथालिंग छन् । माधव नेपाललाई आफु राष्ट्रिय पार्टी बन्न नसकेकोमा चिन्ता छैन ।
कांग्रेसको पछि लागेर प्रधानमन्त्री बन्नु छ । केपी ओली मौका कुर्छन कांग्रेससँग पनि मिल्छन् । केपीकै कारण सरकार अस्थिर छ । कांग्रेसले रवि लामिछानेको लुटविरुद्ध संसद अवरोध गर्दैछ । तर प्रमको सचिवालयका गंगा दाहाल, रमेश मल्ल, ज्वाइँ जीवन सुवेदीको लुटले बालुवाटार दुर्गन्ध पुरिएको छ । माओवादीप्रतिको जनलहर घट्दो छ । नेतामा देखिएकाो सत्ता शक्तिको लोभलाई हटाउने दृढता कसैमा छैन । व्यवस्था बदल्ने अवस्था बदल्ने नपर्नेहरुको दादागिरी हुँदा जनता आक्रोशित छन् ।