सधैं पैसा र पावरको शक्तिमा रमाउने सचिवहरु

राजनीति समाचार

काठमाडौं । सधैं सत्ता र पावरको भरमा रमाउने कर्मचारीहरु प्रशस्त छन् । सरकार फेरिएपछि मन्त्रीहरुले पनि आफू निटकका कर्मचारीहरुलाई आ–आफ्नो मन्त्रालयमा खोजीखोजी ल्याउने गर्दछन् । कतिपय सचिवहरु शक्ति र पावरको आडमा लामो समयदेखि एउटै मन्त्रालयमा डेरा जमाएर बसेका हुन्छन् । सरकार फेरिएको ६५ दिन पुगिसकेको छ । सरकारले अन्य मन्त्रालयका सचिवहरु सरुवा गरिसकेको छ । तर, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी विगत लामो समयसम्म सो मन्त्रालयमा राज गरिराखेका छन् ।

त्यस्तै खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव सुरेश आचार्य सोही मन्त्रालयमा विगत लामो समयदेखि बसिरहेका छन् । त्यसैगरी राजश्वका सचिव रामप्रसाद घिमिरे, रक्षामन्त्रालयका किरण शर्मा, सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद सुवेदी पनि सरुवाको सुचीमा परेका छैनन् । यी सचिवहरु खान र खुवाउनमा माहिर भएकै कारण लामो समयदेखि महत्वपूर्ण मन्त्रालयमा डेरा जमाएर बस्न सफल भएको बताइन्छ । भूमि सचिव गोकर्णमणि दुवाडी र खानेपानी सचिव सुरेश आचार्य सधैं शक्ति र पावरको भरमा रमाउने कर्मचारी हुन् । उता, राजश्व सचिव रामप्रसाद घिमिरे आफूलाई ठूलो ठान्ने, सधैं शक्तिकेन्द्रको मुखमा बुझो लगाउने र अर्थमन्त्रालयमा मोजमस्ती गर्ने कर्मचारीमा पर्छन् ।

अर्का नामुद भ्रष्टाचारीको आरोप लागेका गृहसचिव एकनारयण अर्याल पनि अन्य सचिवको तुलनामा कम छैनन् । उनले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा बस्दा विभिन्न फन्डा ल्याएर करिव १० करोड आर्जन गरेको बताइन्छ । उनले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा बस्दा वैदेशिक रोजगारीको क्षेत्रमा सुधार ल्याउने नाममा विभिन्न म्यानपावर कम्पनीहरुसँग मिलेमतो गरी ठूलो आर्थिक लाभ लिएको आरोप म्यानपावर व्यवसायीहरुले नै लगाएका छन् ।

तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारी हुँदा मन्त्री र सचिवबीच कुरा नमिलेपछि अर्याललाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको थियो । अहिले अर्याल विभिन्न शक्तिकेन्द्रको आडमा गृहमन्त्रालयमा पुगेका छन् । ‘अब अर्यालले गृहमन्त्रालय सम्हालिइरहँदा गृहमन्त्री रविलाई कुन अवस्थामा पु¥याउँछन र प्रहरी सरुवा बढुवामा कस्तो खेल खेल्छन् त्यो भविष्यले बताउने छ,’ भन्दै थिए गृहका एक कर्मचारी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *