नबिलमा मर्ज भएको एनबी बैंकका कर्मचारीको बिल्लीबाठ

अर्थ/वाणिज्य समाचार

काठमाडौं । सत्ता जोगाउने नाममा जसरी प्रधानमन्त्री प्रचण्ड र केपी शर्मा ओली मिलेर उपेन्द्र यादव अमेरिका गएको मौका छोपेर उनको पार्टी तहस नहस पारे । उस्तै खेलो फड्को भएको भेटिएको छ, एक निजी बैंकमा ।

डलरे अर्वपति विनोद चौधरीको लगानी रहेको नबिल बैंकले उस्तै ढंगबाट अर्काे बैंकबाट मर्ज हुन आएका कर्मचारीलाई माइनस गरेर कर्मचारी संघ खोलेको भेटिएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङ्गनालाई विदेश पठाएर उनी विदेश भएको मौकामा एनबी बैंकका कर्मचारीलाई वाइपास गरेर कर्मचारी संगठन खोलिएको भेटिएको हो । यसको अगुवाई डेपुटी सिइओ मनोज ज्ञवालीहरुले गरेको अर्काे पक्षीय कर्मचारीहरुको आरोप छ । उसो त मर्ज पछि समेत अधिकांश नबिलकै कर्मचारीको बोलबोला देखिन्छ, नविलको व्यवस्थापकीय समूहमा ।

अहिले त्यहाँ ज्ञानेन्द्र ढुङ्गानालाई सीइओको रुपमा दोह्रो¥याइएको छ । दोस्रो सिनियर डेपुटी सीईओमा नबिल बैंक लि.का डेपुटी सीईओ रहेका सुजित शाक्यलाई राखिएको छ । अन्य डेपुटी सीईओमा क्रमशः भुपेन्द्र पाण्डे, आर्दश बजगाई,गणेश अवस्थी र ज्ञानेन्द्र प्रताप शाह रहेका छन् । एनबी बैंक नबिलमा बिलय हुँदा धेरै कर्मचारीको बिल्लीबाठ भएको छ । एनबी बैंकमा अफिसर माथिका कर्मचारी १ सय ८० जना रहेका छन् ।

पदाधिकारीमा मात्र होइन कर्मचारी सघ संगठन खोल्दा समेत एनबी बैंकका कर्मचारीहरु पेलानमा परेका छन् । हालैमात्र बैंकका सिइओलाई विदेश पठाएर सबिन भट्टराईलाई अध्यक्ष बनाइएको छ । उनी निर्वाचित अध्यक्ष हुन । यस्तै बरिष्ठ उपाध्यक्षमा अनिल कुमार चौंलागाँई, उपाध्यक्ष दिप सिंह अधिकारी, कुन्दन श्रेष्ठलाई ल्याइदा महासचिवमा मनिष सिटौंला, सचिवमा शिव आचार्य, बिक्रम पोखरेललाई ल्याइदा रञ्जन श्रेष्ठलाई कोषाध्यक्ष बनाइएको छ ।

यस्तै सदस्यहरुमा प्रह्लाद खड्का, नकुल कुमार हमाल, नम्रता कुँवर, उमेश खड्का, योगेन्द्र कठायत, अशेष शर्मा तिमिल्सिना, स्मृती शर्मा पौंडेल, निश्चल श्रेष्ठ, टिका दत्त पौंडेल, अमन शाक्य र उमेश तिमिल्सिनालाई चयन भएका छन् । जसमा अधिकांश नबिल बैंकका कर्मचारीहरु कार्यसमितिमा ल्याइएको छ । यसरी आफ्नो बैंकका मात्र कर्मचारी च्यापेर सेटिङ्गमा कर्मचारी संगठन बनाइएसँगै नबिल बैंकबाट आएका कर्मचारीहरु फायर भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *