अध्यक्ष चन्द्र ढकालको रामकहानी

राजनीति समाचार

काठमाडौं । उद्योग वाणिज्य महासंघका अध्यक्षमा चन्द्र ढकाल रहेका छन् । उद्योग वाणिज्य महासंघले नेपालमा उद्योगधन्दा सञ्चालन गर्न प्रोत्साहन गरेर युवाहरुलाई स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्ने हुन्छ । तर, रेमिट्यान्सबाट व्यवसाय थालेका ढकालले नेपालमा उद्योग धन्दा सञ्चालन गर्न प्रोत्साहन गर्नुको सट्टा उल्टै नेपाली युवायुवतीहरुलाई विदेश पठाउने काममा बढावा दिने गर्दै आएका छन् । किन भने उनी विदेशबाट नेपाली कामदारले पठाएको रेमिट्यान्स व्यवसायी हुन् । त्यसकारणले पनि उनलाई नेपालमा उद्योग धन्दा फस्टाएको मन पर्दैन ।

नेपालमा उद्योगधन्दा फास्टायो, नेपाली युवाले नेपालमै काम गर्न पाए भने अध्यक्ष ढकालको रेमिट्यान्स व्यवसाय डामाडोल हुन्छ । त्यसकारण पनि ढकाल उद्योग वाणिज्य महासंघको अध्यक्ष भएर पनि नेपाली उद्योगी व्यवसायीको हितमा काम गर्नुपर्नेमा उनीहरुकोविरुद्धमा काम गरिराखेका छन् । ढकालको लागि नेपालमा उद्योगधन्दा, कलकारखाना हुनुहुँदैन । यति नेपालमै उद्योगधन्दा कलकारखाना भयो भने नेपाली युवायुवतीले नेपालमै काम गर्ने अवसर पाउँछन् । नेपालमै रोजगार पाएको खण्डमा नेपाली युवायुवती विदेसिने क्रम कम हुन्छ ।

विदेसिने कम भएपछि विदेशबाट नेपालमा पैसा पठाउने ग्राहक घट्छन् । त्यसले गर्दा ढकालले सञ्चालन गरेको आईएमईको व्यवसाय धरासायी हुन्छ । यतिबेला नेपाल उद्योग वाणिज्य महासंघभित्र नेपालमा उद्योग व्यवसाय बढाउने र नबढाउने व्यापारीहरुबीच घुम्साघम्सी हुने गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघमा आबद्ध अधिकांश व्यापारीहरु नेपालमा उद्योगधन्दा बढाउनुपर्ने पक्षमा छन् । तर, महासंघका अध्यक्ष चन्द्र ढकाल भने नेपालका उद्योगधन्दालाई धरासायी बनाउने, नेपाली कामदारलाई विदेश पाठउने र आफ्नो आईएमईमार्फत रेमिट्यान्स भित्र्याउन प्रोत्साहन गर्ने पक्षमा देखिएका छन् । त्यति मात्रै गरेका छैनन्, ढकालले कौडीको भाउमा सरकारी जग्गा हडपेर नेपालका विभिन्न ठाउँमा केवल कार निर्माण गर्ने काम गरिराखेका छन् ।

केवल कार निर्माण गर्नको लागि अर्थमन्त्राय, गृहमन्त्रालय, वनमन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उच्च तहका कर्मचारीलाई प्रयोग गरेर नेपालका विभिन्न भागको जग्गा हडप्ने काम गर्दै आएका छन् । ढकालले चन्द्रागिरी हिल्स नामक कम्पनीबाट केवल कार निर्माण गर्दा पनि चन्द्रागिरी डाँडाको सरकारी जग्गा प्रति आना २१ रुपैयाँको दरले हडपेर व्यवसाय सञ्चालन गरिरहेका छन् । केवल कारसँगै सोही ठाउँमा भ्यूटावर र रिसोट सञ्चालन गरी वार्षिक करोडौं रुपैयाँ असुल्दै आएका छन् । चन्द्रागिरी घुमघाममा जानेहरुले लगाउने लुगाबाहेक कुनै खानेकुरा लान पाउँदैनन् । खानाका सबै परिकारहरु उनकै रिसोट, पसल र सटरमा किन्नुपर्छ ।

बाहिरबाट कुनै पनि खानेकुरा ल्याउन मनाइ छ भनेर लेखिएको हुन्छ । त्यसबाट हुने आम्दानीको करसमेत छली गरेको पाइन्छ । उता ढकाल अध्यक्ष रहेको ग्लोबला आईएमई बैंक, आईएमई लाइफ इन्स्योरेन्स, आईएमई रेमिट्यान्स लगायतका कम्पनीमा हुने व्यथिति, विकृति र कर छलीको त कुरै नगरौं । किन कि ढकाल नेतृत्वको कम्पनी देशव्यापी भइसकेको छ । ढकालले सञ्चालन गरेका बैंक तथा वित्तीय संस्थादेखि विभिन्न व्यवसायिक कम्पनीबाट हुने गरेका अनियमितता र कर छलीका कालाकर्तुत लुकाउन केही मिडियालाई विज्ञापनको नाममा कनिका छरेर आँखामा छारो हाल्ने काम गर्दै आएका छन् ।

आईएमई ग्रुपका अध्यक्ष तथा उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको पछिल्लो समय बुटवलको गोलपार्क, पाल्पाको बस्तिपर डाँडा, लुम्बिनी केबल कार, नवल परासीको मौलाकाली केवल कार, कर्णाली चिसापानी केवल कार, ताप्लेजुङ–पाथीभरा केवल कार, सिम्लेस अन्नपूर्ण केवल कार र डिस होममा पनि लगानी रहेको छ । देशका विभिन्न ठाउँमा केवल कार निर्माण गर्नको लागि नेता, मन्त्रीदेखि उच्च प्रशासकलाई किन्ने काम गर्दै आएका छन् । ढकालको प्रलोभनमा विभिन्न दलका नेतादेखि मन्त्री र कर्मचारीहरु पर्ने गरेका छन् ।

जसको परिणाम स्वरुप ढकाल देशका विभिन्न सरकारी जग्गा हडप्न सफल भएका छन् । अध्यक्ष ढकालको पछिल्लो क्रियाकलपा हेर्दा विनोद चौधरी र उनीबीच सरकारी जग्गा हडप्ने र कर छली गर्नेमा होडवाजी चल्न थालेको छ । अध्यक्ष ढकाल नेतृत्वको आर्ईएमई लिमिटेडद्वारा सञ्चालित बैंक, केवल कार, लाइफ इन्स्योरेन्स र रेमिट्यान्स कम्पनी पनि इच्छाराज तामाङ अध्यक्ष रहेको सिभिल बैंक र हाउजिङ कम्पनी जस्तै धरासायी नहोला भन्न सकिँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *