अब गृहमन्त्री रवि कि स्वर्णिम वाग्ले ?

राजनीति समाचार

काठमाडौं । तत्कालीन सञ्चारकर्मी रवि लामिछाने दुई पटक गृहमन्त्री बनिसकेका छन् । पहिलो पटक गृहमन्त्री बन्दा उनीलाई दोहोरो नागरिकता र दोहोरो पासपोर्ट प्रयोग गरेको काण्ड लागेपछि करिव एक महिनामा पदबाट हात धुनुपरेको थियो । त्योसँगै लामिछाने दोहोरिएर चितवनमा निर्वाचन लड्नुपरेको थियो । दोहोरो नागरिकता र पोसापोर्ट प्रयोग गरेको काण्डमा सांसद र मन्त्री पदबाट हटेका लामिछानेलाई चितवनका जनताले फेरि चुनाव जिताए । त्यसको परिणाम अहिले देखिँदै छ । अमेरिकन पासपोर्ट अहिले पनि रविले त्यागेका छैनन् ।

चितवनका जनताले दोस्रो पटक चुनाव जिताउनुको साथै एमाले र माओवादीले बोकेर सत्ता परिवर्तनको लागि चलखेल गरे । त्यो खेल सफल भएपछि एमाले र माओवादीले रविलाई गृहमन्त्री बनाए । रवि दोस्रो पटक गृहमन्त्री भएपछि फेरि सहकारी ठगीको काण्ड बाहिर आयो । अहिले त्यो सहकारी ठगी काण्डको विवादले संसद अवरुद्ध भइरहेको छ । गृहमन्त्री जस्तो पदमा आसिन व्यक्तिलाई सहकारी ठगीको आरोप लागिरहँदा रविको सत्ता साझेदार दल नेकपा एमाले र माओवादीले साथ दिइरहेका छन् । यदि उनीमा नैतिकता थियो भने गृहमन्त्रीबाट राजीनामा दिनुपर्ने थियो ।

हिजो सञ्चारकर्मी हुँदा रविले जे÷जस्ता विषय समाचारमा उठाउँथे आफू सत्तामा पुगेपछि ठीक त्यसको उल्टो काम गरिरहेका छन् । गृहमन्त्रीलाई सहकारी ठगी गरेको काण्ड लागिरहँदा देशकै बदनाम भएको छ । उनी गृहमन्त्री भएपछि प्रहरी संगठनलाई निष्पक्ष ढंगले परिचालन गर्ने भने तापनि त्यसको उल्टो काम गरेर उठ्तीपुठ्ती सहज बनाउन एकनारायण अर्याललाई गृहमन्त्रालयमा लगेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका अन्य सांसदहरुले यस विषयमा खुलेर बोल्न सकेका छैनन् । गृहमन्त्री रविले सूर्यदर्शन सहकारी, सुप्रिम सहकारी, स्वर्णलक्ष्मी सहकारी र सहारा सहकारीबाट करिव एक अर्बभन्दा बढी पैसा हिनामिना गरेको आरोप लागिरहँदा पनि उनले पदबाट राजीनामा दिएका छैनन् ।

त्यस्तै गोर्खा मिडिया प्रा.लि.का अध्यक्ष जीवी राई सहकारी ठगीको काण्ड लागेर विदेशमा लुकिछिपी बसिरहँदा पनि उनीलाई पक्राउ गरेर नेपाल ल्याउन नसक्नु नै गृहमन्त्री रविको नालायकीपन देखिन्छ । जीवी राई पहिला युनिटी नामक संस्थामा थिए । त्यतिबेला युनिटीको नाममा लाखौ मान्छेबाट अर्बौं ठगी गरिसकेपछि गोर्खा मिडियातिर लागेका व्यक्ति हुन् । अहिले सहकारी ठगी काण्डमा मुछिएका जीवीलाई विदेश भगाएर जोगाउने काम गृहमन्त्री रविले गरिरहेका छन् भन्ने आरोप छ । उता, गृहमन्त्री रवि पत्नी निकिता पौडेललाई पनि सहकारी ठगी काण्ड लागेको बताइन्छ ।

सहकारी ठगी काण्डदेखि विभिन्न अनियमिततामा मुछिएका कारण त्यसको ढाकछोपको लागि रविले गृहमन्त्रीबाट राजीनामा नदिएको भनाइ छ । सभापति रवि लामिछानेमाथि सहकारी ठगीदेखि विभिन्न काण्ड लागिरहँदा रास्वपाभित्रै पार्टी फुटाउनेसम्मको खेल हुन थालेको छ । यदि रास्वपा फुटेको खण्डमा स्वर्णिम वाग्ले यहीं गठबन्धन अथवा कांग्रेससहितको गठबन्धनबाट गृहमन्त्री बन्ने हल्ला पनि चल्न थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *