ananta gurung

नेपाल बिकासको पहेली दलहरुले सुल्झाउन सकेन

राजनीति लेख

राजतंत्र र पञ्चायती व्यवस्थाले नेपालको बिकास गर्न सकेन भन्ने भ्रम नेपाली जनमानसमा फैलाएर तत्कालिन सत्तालाई बदनाम गर्दै दलहरुले नेपालको राजकिय सत्तामा आरोहण गरेका थिए । नेपाली जनताको मनमा पनि के लागेको थियो भने दलहरुले अवश्य नै नेपालको चमात्करिक बिकास गरी देखाउने छन । तर अचम्म साँढे तीन दशकको समयावधि पार हुँदा पनि दलहरुले नेपाल बिकासको पहेली सुल्झाउन सकेन । दलहरुको लागि नेपालको बिकास अन्धोहरुलाई हात्ती जस्तो मात्रै हुँदै आएको छ । कुनै दलका नेताहरुले सहिद स्मारक र सहिद द्वार निर्माण गर्नुलाई नै बिकास भनी ठानेका छन । त्यस्तै एमाले जस्तो ठुलो दलको शीर्ष नेता ओलीले समेत कंक्रिटका टावरहरु डाँडाको टुप्पोमा बनाउनलाई बिकास ठानेका छन ।

पछिल्लो चरणमा पशुपंछीको शालिकहरु ठड्याउने होड पनि नेपाल भरी स्थानिय तहका दलका नेताहरुले चलाएकाछन । शहरमा गगनचुम्भी कंक्रिट टावरहरु बनाएर बिकासको नुमुना ठड्याएर देखाउने चलन पनि बढेको नै छ । दलहरुले नेपालको यस्तो बिकास गरी देखाउँदा पनि नेपाल राष्ट्र समृद्ध र नेपाली जनता सुखी हुन सकीरहेको छैन । नेपालमा आम नेपाली जनताको औसत आम्दानीले धान्नै नसक्ने गरी महंगी बढेको छ भने नेपाली जनताको व्यापार र व्यावसायहरु भने बन्द हुँदै गएकाछन । सहरमा बन्द भएका पसल कौलहरु सटर भाडामा छ भन्ने नोटिस टाँसिएको जताततै छ्यापछ्याप्ती देख्न पाईन्छ । लगभग ३ करोड जनसंख्या भएको नेपालको सवा करोड आर्थिक हिसाबले सक्षम जनसंख्या अहिले वैदेशिक रोजगारीमा वा पढाईको साथसाथ रोजगारी पनि गर्ने हिसाबले बिदेश पलायन भईसकेको कुरा सरकारी तथ्याङ्क अनुसार नै प्रष्ट छन ।

दलहरुले बिकासको कुरा गर्दा उहाँहरुले धेरै स्कुलहरु, कलेजहरु र विश्वविद्यालयहरु खोलेका छौं भन्छन । नेपालमा नै ईन्जिनियरिङ र मेडिकल शिक्षा दिलाएका छौ भन्छन तर दुःख लाग्दो कुरा उक्त दलहरुले चाउँसरी खोलेका शिक्षण संस्थाहरुमा पठनपाठन गर्ने बिद्यार्थीहरुको भने अभाव बढ्दै गएको देखिन्छ । दलहरुले गरेको यस्तो बिकासले नेपालको भविष्य नराम्रो मात्र होइन अन्धकार नै तुल्याईसकेको छ । नेपालको परिवारिक र सामाजिक बनोटमा नै रोजगारीको लागि बिदेश पलायनले ठुलो ऋणात्मक परिवर्तन ल्याईसकेको छ । परिवारिक संरचना ध्वस्त भईरहेको हुँदा घरमा बुढाबुढीहरु कुरुवाको रुपमा मात्रै बाँकी छन । व्रत्तबन्ध र बिबाह जस्ता सामाजिक कार्यहरु समयमा नहुँदा र बिबाहित महिला पुरुषहरु पनि वैदेशिक रोजगारीको कारणले अलग अलग बस्नु परेकाले नेपालको बालक जन्म दर नै प्रतिदिन १००० बाट ३०० भन्दा तल झरीसकेको छ । यो दृष्टान्तले नेपालमा अहिले सम्म शिक्षाको बिकासको लागि भए गरेका र हुँदै आएको सरकारी लगानी बालुवामा पानी खन्याए बराबर हुने अवस्थामा प्रवेश गरीसकेको छ । दलहरुलको यस्तो बिकासको कुनै कामको छैन किनकि यो बिकासले युवा युवतीहरुलाई नेपालमा नै रोजगारी दिन सकीरहेको छैन ।

नेपाल सरकारले दिएको शिक्षा कै कारण नेपाली युवायुवतीहरु आज आएर बिदेश पलायन हुन बाध्य भएकाछन । दलहरुले गाउँमा गरेको बिकासले गाउँ नै सुन्य बनाएको छ भने गाउँमा कुनै रोजगारीको व्यवस्था नेपाल सरकारले गर्न नसक्दा आर्थिक हिसाबले सक्षम गाउँलेहरु रोजगारी खोज्दै सहरहरुमा भौतारी रहेकाछन । सहरमा पनि सानोतिनो लगानीबाट व्यापार व्यावसाय गरी कमाएर खान पाउने अवस्था छैन । सहरमा फुटपाथ र ठेलामा व्यापार व्यवसाय गर्न बन्देज लगाएको हुँदा कमाई गरी पेट पाल्ने ठाउँ कतै छैन ।

दलहरुको सत्ता नेपालमा कायम भएपछि गरिबहरुको पनि दिन फिर्छ भन्ने नेपाली जनताको भ्रम अब समाप्त भएको छ । दलहरुले त नेपाली जनताको गाँस, बास र कपासलाई नै आफ्नो व्यापार व्यवसाय बनाएका छन । दलहरुले त्यसरी गरिब नेपालीलाई झन गरिब तुल्याएका छन भने धनी नेपालीलाई पनि मागी खाने तुल्याउँदै छन । नेपालको यस्तो बिकासले संसारलाई नै चकित पारेको दबी एक दलका शीर्ष नेताले गरेका छन । दलका नेताहरुले चीनको केरुङबाट नेपालमा रेल ल्याउने र त्यस्तै भारतको रक्सौलबाट नेपालमा रेल ल्याउने योजना बनाएका छन । साथै नेपालको पूर्व पश्चिम राजमार्गको समान्तर हुने गरी रेल मार्ग निर्माण गरीरहेका छन । बिदेशी सित ऋण काढी काढी उक्त परियोजनाहरुमा धेरै लगानी पनि गरीसकेका छन । उक्त परियोजनाहरुमा अहिले सम्म भएगरिएका सबै लगानीहरु निस्क्रिय लगानी बनेर बसीरहेका छन ।

त्यसबाट उत्पादन कहिले हुने हो भन्ने कुरा दलहरुलाई नै थाहा छैन । आफ्नो पालामा बिदेशी सित ऋण काढ्यो अनि त्यसको लगानीबाट आउने कमिसन डकारे पछि बिकास राम्रै भयो वा गरियो भन्ने सोच भएका दलका नेताहरुले यस्तै हावादारी परियोजनाहरुमा ऋण काढेको पैसा लगानी गरी नेपाल राष्ट्रलाई थप आर्थिक संकट बढाउने काम गर्दै आएकाछन । गाडी नचल्ने लेन विस्तार गरिएको चौडा सडकहरु अनि अन्तर्राष्ट्रिय फ्लाईट नै नहुने अन्तर्राष्ट्रिय विमानस्तलहरु र एउटा पनि कार्गो वा प्यासेन्जर फ्लाईट नहुने आन्तरिक विमानस्थलहरु भएको मुलुक नेपालको बिकास भएको मान्ने कि नमान्ने ? नेपाल बिकासको पहेली के यहि नै हो त जसलाई दलहरुले राम्रै सित ठम्याएर समाधान निकाल्ने सफलता पाउन सकेनन् । सडक यातायात बिकासको लागि सुरुङहरु बनाउने र बन्ने काम जारी छ । जलबिद्युत बिकासको क्षेत्रमा सुरुङहरुको व्यापक उपयोग गरएकाछन । साथै खानेपानी र सिंचाई बिकासको लागि ठुला नदी डाईभर्सन परियोजनाहरुमा टनेल बोरिङ मसिन समेतको उपयोग गरी सुरुङहरु बनाउने क्रम बढेकोछ । बढ्दै नबढेको भनेको नेपालको अर्थतंत्रमात्रै हो ।

यस्तो बिकासका कामहरु भटाभट भएकाले नेपालको अर्थतंत्र पनि सोही अनुसार बलियो बन्दै जानु पर्नेमा सोभईरहेको छैन । उल्टो नेपालमा आर्थिक संकट बढेर जाँदा नेपाल टाट पल्टिने अवस्थामा पुग्ने हो की भन्ने त्रास फैलीरहेको छ । नेपाल बिकासको यो नै ठुलो पहेली हो । ऋण गरीगरी खरबौं नेपालको बिकासमा लगानी गरिएको भनिएता पनि त्यसको प्रतिफल नेपाल राष्ट्र र नेपाली जनताले सुको पाउन सकीरहेको छैन । जसरी प्वाल परेको जुत्ता लगाएर छाता ओड्नु उपयोगी हुँदैन त्यसरी नै नेपालमा भ्रष्टाचार र अपराध कायम रहेसम्म ऋण गरीगरी लगानी गर्नु पनि उपयोगी हुने छैन । दलहरुले यो पहेली बुझेको छैन होला भन्ने मलाई लाग्दैन । उहाँहरुले यो कुरा बुझेर पनि बुझ बचाईरहेको हुनुपर्छ । नेपालको बिकास गर्ने नै हो भने दलका नेताहरुले प्राथमिकताका साथ पहिले भ्रष्टाचार र आर्थिक अपराधका प्यालहरु टाल्नु पर्छ । नेपालको अस्थिर राजनीति र त्यसबाट बन्दै आएको अस्थिर नेपाल सरकारहरुले नेपाल बिकासको समस्याको निराकरण गर्ने उपाय खोज्न सकीरहेको छैन । अस्थिर सरकार भएकाले नाफाखोर दलाल तस्कार भ्रष्टाचारी अपराधीहरुको दबाबमा सजिले झुक्छन । यसको प्रभावले नेपालको बिकासमा अराजकताई बढावा गरेकोछ ।

नेपाल सरकारको मांत्रीहरुले बारबार नियमावलीका नियमहरु दलालहरुको दबाब अनुसार फेरबदल गर्ने काम गर्दछन । साथै अनुभवी र काबिल निजमाती कर्मचारीलाई दलालहरुको स्वार्थ अनुसार काम गर्ने गराउने हेतुले सरुवा गर्ने गराउने काम पनि गर्दै आएका छन । यसरी नेपाल सरकारका मंत्रीहरु निहित स्वार्थ पुरा गर्ने हेतुले राष्ट्रको सर्वाङ्गिन बिकासलाई नै प्रभावित बनाउने गरी नीति नियम बदल्ने र काविल कार्मचारीको सरुवा गर्ने अभ्यासले नेपालको बिकासलाई झन जटिल र आर्थिक हिसाबले बोझिलो तुल्याउने काम हुँदै आएको महसुस हुन्छ । यतिबेला दलहरु एक अर्कालाई नाङ्गेझार बनाउने काममा व्यस्त भएर लागेका छन । नेपाली जनतालाई दलका नेताहरुको दोहोरो चरित्र र दोहोरो मापदण्ड बारे पहिले नै थाहा छ । एकले अर्का दललाई नाङ्गेझार नपारे पनि खुईलाउने काम नगरेपनि नेपाली जनतालाई अब उक्त दलहरुको रवैया बारे राम्रै ज्ञान प्राप्त भईसकेको छ । सत्तामा हुँदा एउटा कुरा गर्ने र सत्ताबाट बाहिरिए पछि त्यसको ठिक उल्टो गर्ने दलहरुको शैतानी परम्परा नै बनीसकेको छ ।

दलहरु बिचको यहि टकरावको सिकार नेपालको बिकास र नेपाली जनता भईरहेकाछन । खाने, पीउने र भागबण्डा मिलाएर देश लुट्ने कुरामा आश्चर्चकित पार्ने ढंगले दलहरु आपसमा एक ढिक्का हुन्छन । जब नेपालको बिकास गर्ने कुरा सुरु हुन्छ तब दलहरु आपसमा झगडा गर्न थाल्छन । नीति र शिद्धान्तको कुरा गर्दै एक अर्कालाई हेप्ने र होच्याउने गरी गालीगलौच र बिरोध नाटक मन्थन गर्दछन । संसद चल्न नदिने देखि लिएर महाअभियोग लगाउने सम्मका बखेडाहरु निकाल्दछन । नेपालको अस्थिर राजनीति भएको बेलामा बनेको अस्थिर नेपाल सरकारको कमी कमजोरीबाट लाभ उठाउँदै निजामतीका कर्मचारीहरुले भ्रष्टाचारजन्य आर्थिक अपराध गर्ने गर्दछन । त्यसैगरी न्यायपालिकाका श्रीमानहरु र दलाल वकिलहरु मिलेर आर्थिक लेनदेन चलखेल गरी बलात्कार जस्तो जघण्य अपराध गरेका अपराधीहरुलाई पनि सफाई दिन्छन ।

बलात्करी पीडकबाट पीडित महिला र बालिकाहरु माथि पर्न गएको मानसिक पीडालाई वेवास्ता गर्दछन । दलका नेताहरु यदि नेपालको बिकासको बिषयमा एक ढिक्का हुने हो र सोही अनुसार नै राजनितिक अभ्यास पनि गर्ने हो भने नेपालको बिकासको पहेलीहरु सहजै सुल्झिएर जाने छन । साथै कमजोर राजनीति र कमजोर नेपाल सरकार भएको बेलामा भ्रष्टाचारजन्य अपराध गरी फाईदालिनेहरु पनि सहजै परास्त हुनेछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *