रविको तिर बुढानिलकण्ठतिर †

राजनीति समाचार

काठमाडौं । जोरी खोज्नेले आफ्नो पर्दा पछाडि हेर्नुपर्छ । लडाइँ ठगहरुकै बिचमा हुन्छ । सत्ता र शक्तिको भिडन्तले जनता दमनमा पर्छन । तर गृहमन्त्री रवि लामिछानेले कांग्रेसलाई तह लगाउने गरी संसद नै बन्धक बनाएर महामन्त्री गगनलाई सूचना बेच्ने बाख्रा कुखुराको अनुदान हजम गर्ने त्रिविको वेभसाइट बनाउन लिएको ४५ लाख को फेहरिस्त खोले ।

कांग्रेस रविको सहकारी ठगइको एजेण्डा चम्काँउदै छ । यसमा प्रहरी छानबिन कमजोर छ । तर अब कांग्रेसकी डा.आरजु जोडिएका नक्कली भुटानी शरणार्थी प्रकरण र कञ्चनपुरको जग्गा प्रकरणतर्फ छानबिन हुने संकेत आएको छ । कांग्रेसले रविको सहकारी काण्ड जति खोतले पनि त्यहाँ जीवी राई जोडिएका छन् । राईलाई पूर्व सरकारमा कांग्रेसी मन्त्रीहरु भएका बेला विदेश भगाउन सहयोग गर्ने कांग्रेसकै सांसद रामहरि खतिवडा भएको जानकारी सीआईबीलाई छ ।

कांग्रेसका नेता बालकृष्ण खाँडको ससुराली यात्रा रोकिएन । कांग्रेसले खाँड जेल पर्दा पार्टीको केन्द्रीय सदस्य पद निलम्बन गरेन । नैतिकताको कुरा गर्नेले आफ्नो ऐना हेर्नुपर्छ । हिजो त्यही बुढानिलकण्ठ हो एआईजी श्याम ज्ञवाली एसएसपीद्वय डा.मनोज केसी र दानबहादुर कार्कीलाई खेदाउने । आज कार्की केसी दुवैको डिआईजीमा बढुवा भएको छ । कास्कीमा आफ्नो कुकर्म छानबिन गर्नेफाइल बोक्ने प्रहरी छानीछानी कसैलाई पर्वत कसैलाई तस्करी हुने रौतहट र पर्सा पठाउने गृहमन्त्री लामिछानेले टिकापुरको जग्गा काण्डमा छानबिन गर्ने कि नगर्ने त्यो पनि प्रतिक्षाको विषय बनेको छ ।

कांग्रेसीहरुले गरेको भ्रष्टाचारमा कानून लाग्दैन । कांग्रेसले सिकाएको लुटमा कम्युनिष्टका भुसुनाहरु पर्न सक्छ । कम्युनिष्ट जो छन्सुन तस्करसँग सम्बन्ध जोडेर एकै क्षणमा धनी हुन खोजेका थिए । गृहमन्त्री जता जसरी सोझिए पनि गृहमन्त्री आफै सहकारी ठगीको छानबिनमा पर्नुपर्छ । कांग्रेसीहरुको त्यो माग संसदको छानबिन समितिले पुरा गर्दैन । नैतिक रुपमा नाम जोडिँदा रविले गृहमन्त्री पदमा रहन मिल्दैन । तर एमाले अध्यक्ष केपी ओलीका सयौं अपराध छानबिन गर्नुपर्छ भन्ने पक्षमा कोही भएनन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *