३२ सिटे माओवादी कांग्रेस एमाले घुमाउँदै

राजनीति समाचार

काठमाडौं । राजनीति सरकार र सत्ता केवल आफ्नै स्वार्थममा राखेर प्रधानमन्त्री बनेका नेताहरुले देशको सार्वभौमिकता र राष्ट्रिय अखण्डतामाथि कस्तो प्रहार गर्दा रहेछन् त्यो छर्लंग भएको छ । संसदको गरिमा बचाउन नपर्ने सांसदका कुनै मर्यादा नहुने प्रवृत्ति बढाउन कम्युनिष्टभन्दा कांग्रेस बढी अराजक देखियो । देशमा सूचना बेच्ने जो हो, जसले त्रिविबाट ४५ लाख वेबसाइटका नाममा खायो । गरिब किसानको व्यवसाय दिगो बनाउने एसियाली विकास बैंकबाट सरकारलाई दिलाइएको अनुदानको १५ करोड बाख्रापालन र कुखुरापालनका नाममा लियो । त्यही देशभक्त प्रजातन्त्रवादी योद्धा घोषित भएजस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल झन उथलपुथलकारी नायक बनेका छन् ।

प्रचण्ड सरकारका गृह तथा उपप्रधानमन्त्री रवि लामिछानेको प्रवृत्ति र चरित्रले पदीय मर्यादा र विधिको शासनलाई सहयोग पुग्दैन । बदमास कांग्रेस एमाले र माओवादीमै छन् । त्यहाँ रवि एकाएक जोडिएका पात्र होइनन् उनको नाम जोडिएर ठगेको छानबिन रोकियो । टेलिभिजनमा प्रस्तुता हुँदा यिनै ठूला ठेकेदारी समूहका गल्ती कमजोरी खोतल्दै सरकार निर्माणमा चर्को आलोचना गर्ने आफू त्यही गतिमा हिँडेको महसुस नगर्दा यो देशको संसद र उपप्रधानमन्त्री पदको गरिमालाई बचाउन नसकेको कुरा छर्लङ्ग छ । किनकी पुडासैनी मृत्यु दुरुत्साहनमा रविकै हात थियो । यसपटक सभापति शेरबहादुर देउवालाई नै साक्षी राखेर कांग्रेसका महामन्त्री गगन थापाको अडानले उनकै विगत र विद्यार्थी कालका बहादुरीले प्रचार पायो ।

बोलक्कड गगन थापालाई कालो निलो बनायो । गल्ती ठूलाकै हुन्छ । पार्टी नेतृत्वले सही बाटो लिन नसक्दा लोकतन्त्रको बद्नामी भएको हो । जुन देशले जनतालाई निचोर्छ तर सेवा लिन दिँदैन त्यो देशमा जनप्रेमी दल र नेता हुँदैनन् भन्ने कुरा गणतन्त्रको १७ वर्षे कार्यकालभित्र जम्मा भएको विकृति हो । जहाँ सबै तलबदार र ठेकेदार छन् । प्रधानमन्त्री प्रचण्डका स्वार्थ धेरै छन् । ३२ सिटे पार्टी माओवादीले संसदको ८८ सिटे कांग्रेस र ७८ सिटे एमालेलाई खेलाएर दुबैतिर आफ्नो आवश्यकता देखाएर नै प्रम कब्जा गर्न पार्टी अध्यक्षले कला प्रदर्शन गरेका छन् । प्रचण्डको कलामा जनता छैनन्, हिजोका सहयात्री योद्धा छैनन् । त्यहाँ छन् नयाँ ठग र दलाल । तिनै नयाँमा रवि उभिएका छन् । जसले प्रचण्डको जय भन्छन् । यो कला र गला मिलेका पात्रहरु एमालेका सुप्रिमो केपी ओलीका पनि खेताला हुन् ।

जनताको समस्यामा नेकपाको सरकार भएका बेलामा पनि शासकहरुले चासो लिएनन । आज केपी ओली र प्रचण्डको पार्टी फरक छ । तर कार्यक्रम शैली व्यवहार दुबैको एउटै छ । सरकार गठबन्धनको छ । अशोक राई यिनकै खेलमा जोडिएका पात्र हुन् । जसले मधेशका मसिहा उपेन्द्र यादवलाई रित्तै बनाए । सहकारी लुट शिरोमणिले गृहमन्त्री बनेर ठगीलाई दबाउन प्रहरी आईजीपीलाई प्रवक्ता बनाउँदा पनि नछेकिएपछि संसदमा गैरसंसदीय हर्कत देखाउनु नौलो भएन । उपप्रधानमन्त्री तथा गृहमन्त्री रविको पदमुक्त गर्ने भाग गर्दै सर्वाेच्चमा परेको रिटको सुनुवाई आज हुँदैछ । सो फैसला कस्तो आउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *