दधिकोट वासीलाई स्माट खानेपानि र विकासको काम अगाडि बढाएका छौं

अन्तरवार्ता प्रमुख वाग्मती प्रदेश समाचार स्थानीय तह

सूर्यविनायक नगरपालिका वडा नम्बर ४ को विकास कसरी भइरहेको छ ? चुनावी एजेन्डाअनुसार काम भएको छ वा छैन ? अबका एजेन्डाहरु के के हुन् ? र, कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको क्षेत्रमा कसरी काम भइरहेको छ ? लगायत विषयमा तामाकोशी सन्देश साप्तहिकले गरेको कुराकानीको सम्पादित अंश..

० तपाईं सूुर्यविनायक नगरपालिका वडा नम्बर ४ का अध्यक्षमा निर्वाचित भएको ३ वर्ष पुग्यो । यो अवधिमा यहा“ले के के काम गर्नुभयो ?

–सूर्यनिवायक नगरपालिका ४ को स्थानीय तहको निर्वाचनपछि पहिलो प्राथमिकता हामीले सडकलाई दिएका थियौँ । कुनै पनि बस्तीका लागि सडक नै प्रमुख हो । हिँड्ने बाटो नै छैन भने बस्ती विस्तारमा समेत समस्या आउन सक्छ । जसले गर्दा हामीलाई थप समस्यामा पार्न सक्छ । यसकारण पहिलो प्राथमिकता हामीले सडकलाई दिएका थियौँ । यसैगरी, खानेपानी, सरसफाई, स्वास्थ्य र शिक्षालगायत आधारभूत समस्या हल गर्न हामीले प्लान बनायौँ । हाम्रो प्रमुख एजेन्डाहरुमा हामीले यी योजनाअन्तर्गतका आयोजनाहरु समेटेर अगाडि बढ्यौँ । यसै हप्ता पनि यस वडाको प्रमुख नाका ठिमी चोकबाट दक्षिणतर्फ जाने एउटा मात्र सडक थियो, हिजो । अहिले हामीले त्यहाँ १० मिटर चौडा बाटो निर्माण गरेका छौँ । अर्को कुरा मध्यपुर हस्पिटलबाट अर्को नाका गोरेटो बाटो मात्र थियो । त्यसलाई तत्काल हामीले सडकको निर्माण गरेका छौँ । अहिले मध्यपुर हस्पिटलबाट दधिकोट आउने नाका खोलेका छौँ । यससँगै यहाँ तीन वटा नाकाहरु निर्माण भएका छन् । एउटा फलामे पुलको नाका छ । यो सहज बनेको छ । यससँगसँगै विकास गरिरहँदाखेरी सडकको विकास गर्दा ठिमीको ठिमी दरकाल सडक, रानीकोट घ्याम्पेडाँडा सडक, सल्लाघारी कटुन्जे लुभु सडक, दक्षिण बाराही, काठमाडौं स्कुल अफ ल हुँदै लुभु सडक भनेर चारवटा प्रमुख सडक हो । यससँगै भित्री सडकहरु विस्तार गरेका छौँ । शिक्षाको हकमा हामीले अरनिको माली एउटा मावि र प्रावि तीनवटा रहेका छन् । सरकारको हकमा ती भए । यसैगरी, निजी ७ वटा स्कुल रहेका छन् । शिक्षामा केही परिवर्तन गर्नुपर्छ भनेर अरनिको स्कुलमा म अध्यक्ष भइसकेपछि भौतिक सरचनाको सुधार र शैक्षिक गुणस्तरमा समेत सुधार ल्याएका छौँ । हिजो त्यहि स्कुलमा पूर्वाधार व्यवस्थापन नहुँदा पनि २ सय जना विद्यार्थी थिए । अहिले हामीले सुधार गर्दा साढे सातसय विद्यार्थी अध्ययनरत छन् । हाम्रो अनन्तलिंगेश्वर स्कुल यो वडाको कैलाशको शीरभागमा छ । त्यहाँ विधार्थी कम भएका छन् । यसको कारण भूकम्पअघि त्यहाँ ७५ घरधुरीका स्थानीय बासिन्दा बसोबास गर्दै आएका थिए । त्यहाँ अहिले १०–१५ घर मात्र छन् । अरु सबै घरहरु तल स्थानान्तरण गरिएका छन् । अर्को तत्काल बालचेतन प्राविमा ५० भन्दा बढी विद्यार्थी पढ्छन् । चित्रपुर आधारभूत विद्यालयमा पनि ५० बढी विद्यार्थी अध्ययनरत छन् । यो एउटा पाटो हो । स्वास्थ्यको क्षेत्रमा २ वटा एउटा सहरी स्वास्थ्य केन्द्र अर्को दधिकोट स्वास्थ्य केन्द्रलाई सूर्यविनायक स्वास्थ्यको रुपमा गत माघ ५ गतेदेखि रुपान्तरण गरिसकेका छौँ । यसको प्रमुख श्रेय प्रदेश सांसद शशिजंग थापाज्यूलाई दिन चाहन्छु । उनले सुरुमा ५० लाख र त्यसपछि ५० लाख र यो वर्ष ६० लाख रुपैया राखिएको छ । यसकारण अस्पतलामा अहिले ३१ जना कर्मचारीहरु राख्न हामी सफल भएका छौँ । २४ घन्टा इमरजेन्सी सेवा छ । बर्थिङ सेन्टर सञ्चालनमा ल्याउने तयारी गरेका छौँ । एक्स–रे र भिडियो एक्स–रे सुविधा छ । यसैगरी, स्वास्थ्य बिमा पनि गरेका छौँ ।

० बजेट कसरी विनयाजन गर्नुभएको छ ? आय स्रोत कसरी हस्तान्तरण गर्नुभएको छ ?
नगरपालिबाट यो आर्थिक वर्षमा २ करोड २७ लाख बजेट छ । त्यसमध्ये एक करोड एउटै शिर्षकमा राख्नुपर्छ । त्यो एक करोड ठिमी दरकाल सडक खण्डमा राखेका छौँ । यो वर्ष हामीले त्यो शिर्षकको सडक अल्ताराबाट चित्रपुर टि चोकसम्मको सडक स्तरोन्नति गर्न खर्च गर्ने छौँ । त्यो एरिया छुटेको छ । हालसम्म साइगणेशसम्म सडक पु¥याइएको छ । संघीय सरकारबाट ६ लाख रुपैयाँ बजेट छ । साइगणेशबाट ओम शान्ति पकाण्डोल हुँदै दरकाल जाने सडकमा हामीले भौतिक पुर्वाधार निर्माण गरिरहेका छौँ । नगरपालिकाको बजेटबाट २७ लाख निर्माणमा हामीले छुट्याएका छौँ । एक करोड बाँकी रहेकोमा पनि हामीले शिक्षा, र भौतिक निर्माणमा ७० लाख छुट्टयाएका छौँ । यसरी हामीले वडाका भित्री गल्लीगल्लीका सडकहरुको स्तरोन्नति गरिरहेका छौँ । यसलाई योजनाबद्ध रुपमा काम गरेका छौँ । खानेपानीको हकमा दधिकोट बृहत खानेपानी आयोजना निर्माणको क्रममा छ । त्यसलाई इडिभीको प्रोजेक्टबाट लागेका छौँ । त्यो खानेपानी विभागबाट पारिएको हो । त्यसको टोटल कस्ट चाहिँ ८० करोड रुपैयाँ रहेको छ । यो स्मार्ट खानेपानी हुनेछ । एक नम्बर वडामा यो काम भइसरहेको छ । यसको डिपिआर तयार भइसकेको छ । लागत तयार भइसकेको छ । यससँगै तीनवटा क्लस्टरमा हामीले खानेपानीलाई यो वडालाई कभर गर्नेगरी योजना बनाएका छौँ । त्यसमा तल्लो भाग हाम्रो मध्यपुर अस्पताल र ठिमीबाट छिरेपछि पार्क रहेको स्थानमा ओभरहेड ट्यांकी बनाउने । दोस्रो दधिकोट हाइटमा आइसकेपछि तीन नम्बर वडामा ग्राउन्ड लेभलको ट्यांकी छ । त्यसलाई ओभरहेड ट्यांकी बनाउने र तेस्रो अनन्त लिंगेश्वर कैलाश भागमा ओभरहेड ट्यांकी र जमिनमा १ लाख मिटरको ट्यांकी बनाउने योजना छ । तीन वटा ठाउँको ओभरहेड ट्यांकी सँगसँगै अन्य स्थानमा पनि हामीले ट्यांकी बनाउने कामहरु गर्ने छौँ । यसैगरी, जमिन मुनीको पानी प्रयोगका लागि डिप बोरिङहरु निर्माण गर्ने छौँ । यसरी स्मार्ट खानेपानी पु¥याउने योजना छ । यसले प्रत्येक घरमा दैनिक रुपमा खानेपानी ल्याउने छौँ । अहिले यस वडामा सुविधाकै कारण जनघनत्व बढ्दै गइरहेको छ । अहिले हेर्ने हो भने लगभग यो वडामा मात्र अस्थायी र स्थायी ४० हजार मान्छेहरु यहाँ बस्छन् । यससँगै भित्री सडक र सहायक सडकहरु धेरै निर्माण गर्नुपर्ने छ । धेरै ठाउँमा एउटा घर बनिसकेपछि बाटोघाटो, बजुलिबत्ती र खानेपानी, टेलिफोन पु¥याउने सरकारको दायित्व हो । हामीले यो दायित्व पूरा गरेका छौँ । सँगसँगै विद्युत्को कुरा गर्दा पनि भोल्टेज नपुगेको ठाउँमा ट्रान्सफर्मर जडान गर्ने, ठाउँठाउँमा धेरै सुधारका कामहरु गरेका छौँ । सञ्चारको हकमा पनि एनटिसीको टावर राम्रो थिएन । र, अहिले पनि छैन, केही स्थानमा ती ठाउँहरुमा टावर थप्ने वातावरण हामीले बनाइरहेका छौँ । र, यसले गर्दाखेरी समग्र दधिकोटमा अवसरका लागि बाहिरिनुपर्ने अवस्था थियो । अहिले हामीले त्यसको अन्त्य गर्दै गइरहेका छौँँ । यसकारण धेरै व्यापार व्यावसायमा लागेका छन् । पसलहरु चलेका छन् । कृषि खेती चलेका छन् । यसलाई हामीले व्यवस्थित गर्ने र मार्केटसम्म पु¥याउने पहल कदमीहरु चालेका छौँ । शैक्षिक क्षेत्र गुणस्तरीय बनेको छ । यसलाई सशक्त बनाएर लैजान हामीले संघीय सांसद महेश बस्नेतसँग पनि कुरा गरेका छौँ । हाम्रा गतिविधि गरेका छौँ । नगरपालिकामा हाम्रो कार्यपालिकामा पनि यसबारेमा छलफल गरेका छौँ । र, यसको समग्र विकासको बारेमा हामीले बहस, अन्तक्र्रिया गरेका छौँ । केही स्थानमा ट्रान्समिटर राख्दा पनि विवाद आएको छ । त्यो समस्या पनि हामीले हल गरेर अगाडि बढ्ने छौँ । आमनागरिकलाई सहज सेवा र अन्य यातायातको क्षेत्रमा पनि हामी लागेका छौँ ।

० सडक निर्माण गर्दा धेरैको घर जग्गा मिचिएको हुन्छ । यसको मुआब्जा के गर्नुभएको छ ?
ल कलेज हुँदै जाने ठिमी सडक छ । खरिबोट घ्याम्पे डाँडा सडक छ । यी सडक पनि राष्ट्रिय महत्वको सडक निर्माणको हिसाबमा लिइएका छ । यस्ता सडकहरु निर्माण गर्दा मुआब्जाको कुरा कहिँ कतै आएको छैन । मुआब्जाको कुरा आएको खण्डमा राज्यले केही व्यवस्था गर्न सक्छ । यदि कुनै व्यक्ति सुकुम्बासी हुने स्थिति आयो भने सरकारले दुई आनासम्म जग्गाको व्यवस्थापन गरेर सुकुम्बासी नबनाउने व्यवस्था गरेको छ । हाम्रो पैतृक सम्पत्ति हो । त्यो मिचिँदा सबैलाई केही पीडा हुन्छ । त्यो सडक विस्तारको क्रममा सामान्य विवाद हुनु ठूलो कुरा होइन । उनीहरुले चित्त बुझाएका छन् । कहिँकतै घरहरुका कारण सडक साँघुरा भएका छन् । सडक निर्माणका लागि नागरिकले गर्नुपर्ने सद्भाव नभएका कारण खाल्डाखुल्डी छन् । त्यसलाई खाल्डा पुर्ने र सरसफाई गर्ने काम स्थानीयले पनि गरिदिँदैनन् । यस्तो काम टोलबाट भइदियो भने हामीलाई राम्रो हुन्थ्यो । केही ठाउँमा नयाँ बस्ती बनेका छन् । तर, पुरानो बस्तीको हकमा यथास्थितिमा छन् । उसले आफू पनि परिवर्तन नचाहने परिवर्तन गर्नै नदिने कुराहरु भएका छन् । जनप्रतिनिधि भनेको एउटा सिम्बोलिक मात्र हो । उसलाई जनताले साथ नदिएसम्म विकास हुन सक्दैन । केहि दिन अगाडि मात्रै हामी दक्षिण बाराहीबाट चमुत्रसम्म जाने सडकमा सडकको मापदण्ड ८ मिटरको छ । उनीहरुले ६ मिटरदेखि नै हुदैन भनेपछि हामीले डि मार्केसन बाल लगाएनौँ र नलगाएपछि अहिले तत्काल पनि २० लाख छ । त्यो भन्दा अघिल्लो भागमा काम गर्छौँ । त्यहाँ जस्ताको तस्तै छाड्छौँ । उनीहरुलाई आवश्यकता भए माग गर्छन् । हामी निर्माण थाल्छौँ । जनताले नचाहेर केही हुँदैन । उनीहरुले आवश्यकता महसुस गर्नै पर्छ । निर्वाचनमा पहिलो एजेन्डा सरसफाई भनेका थियौँ । अहिले सबै फोहर निमिट्यान्न पारेका थियौँ । सबैको टोलमा फोहर मैला व्यवस्थापन समिति बनाएर फोहर सबै व्यवस्थापन गरेका छौँ । सबैले प्लास्टिक बाल्ने गरेका थिए । जसका कारण वातावरण दुर्गन्धित भइरहेको थियो ।

० कोरोना रोकथाम तथा नियन्त्रणको काम कसरी गरिराख्नु भएको छ ?
कोरोना भाइरसको सुरुवातदेखि नै लकडाउन आह्वान ग¥यो सरकारले । त्यसबेला राहतको व्यवस्थापन पनि गरेका थियौँ । प्रत्येक संघसंस्था र व्यक्तिमार्फत हामीले राहत दिएका थियौँ । अहिले संक्रमण चर्को रुपमा देखिएको छ । यो वडामा पनि २१ जना कोरोना संक्रमितमध्ये १० जना पिसिआर टेस्ट गर्दा नेगेटिभ आएर घरमा छन् । अरु खरिपाटी, के.एम.सी. र हलचोकको क्वारेन्टाइनमा छन् । अहिले ६ जना होम आइसोलेसनमा छन् । अस्ति केहि दिन धेरै बढेको थियो । अहिले कम देखिएको छ । यसमा हामीे जहाँ कोरोना देखियो । त्यो ठाउँलाई मात्र सिल गर्ने र कोरोना नियन्त्रण गर्ने गरेका छौँ । त्यस क्षेत्रमा औषधि छर्नेलगायत काम गरेका छौँ । स्वास्थ्य शाखा छ, सूर्यविनायक नगरपालिकामा । त्यसले ६० हजारको स्बाव संकलग गरिसकेको छ । र पिसिआर रिपोर्ट आइसकेको छ । धेरै जनाको नेगेटिभ आएको छ । ११ जना रिकभर हुने कन्डिसनमा छन् । यसले गर्दाखेरी अहिले निषेधाज्ञा जारी गर्दा कोही पनि रोजगारीका लागि जान सकेका छैनन् । यो परिस्थितिमा कोही खान नपाउने स्थितिमा छन् भने हामीले तत्काल राहत व्यवस्थापन गर्छौँ । उनीहरुलाई हस्पिटल पु¥याउन पिआरडी टिम छ । त्यसले तत्काल ट्रेसिङ गर्छ । यसले गर्दाखेरी कोरोना १४ दिन बढी शरीरमा बस्दैन भनेको छ । २४ घन्टाभित्र स्वाब संकलन गरेर कन्ट्याक्ट टे«सिङ गर्दा मात्र पोेजेटिभ देखिन्छ भनेको छ ।

० तपाईको विरोध पनि हुने गरेको छ । यसलाई कसरी लिनुहुन्छ ?
यो मानवीय स्वाभाव नै हो । उनीहरु नराम्रो कुरा कोट्याउँछ । र, विरोध गर्छ । उसले बुझ्न चाहेको कुरा हामीले गरेका कमजोरीहरुको आत्मसमीक्षा गर्नुपर्छ । व्यक्तिगत इस्र्या केहीले गरेका छन् । त्यो गलत हो । आम नागरिबाट भने विरोध भएको छैन ।

० तपाईलाई हृदयदेखि नै गर्नै पर्छ भन्ने लागेको काम के हो ?
मैले समग्र कामहरु गरेको छु । पहिलो यातायात हो । शिक्षा र स्वास्थ्य र रोजगारीको व्यवस्थापन गर्न सकूँ भन्ने मेरो धारणा छ । यहि नै स्नातकोत्तरको विद्यालय निर्माणको कुरा छ । सूर्यविनायक नगर अस्पताललाई ५० बेडको अस्पताल बनाउने मेरो लक्ष्य छ । यसले राम्रो सन्देश दिनेछ । अनन्त लिंगेश्वरलाई आन्तरिक पर्यटकको रुपमा विकास गर्ने चाहना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *