साँगा–धुलिखेल सडक विस्तार २०८२ चैतसम्ममा पुरा गर्ने लक्ष्य राखेका छौं

राजनीति समाचार

आयोजना प्रमुख राजेन्द्र प्रसाद दास
सूर्यविनायक–धुलिखे सडक विस्तार आयोजना प्रमुख हुन् राजेन्द्र प्रसाद दास । प्रस्ुत छ ः उनै प्रमुख दाससँग साँगा–धुलिखेल सडकको भौतिक प्रगति, सूर्यविनायक–धुलिखेल सडक खण्डको विस्तार र स्तरोन्नती, खानेपानी, ढलनिकास, कलवड, वाल र पुल निर्माण, सडक छेउछाउमा परेको जग्गामा व्यक्तिले मुआब्जा दाबी गरेको र त्यसलाई समन्वयकारी भूमिका निर्वाह गर्दै सडक विस्तारलाई अगाडि बढाएका समसामयिक विषयमा केन्द्रित रहेर तामाकोशी सन्देश साप्ताहिकका प्रतिनिधिले गरेको कुराकानीको सम्पादित अंश :

० साँगा–धुलिखेल सडकको भौतिक र वित्तीय प्रगति कस्तो छ ?
साँगा–धुलिखेल सडकको भौतिक प्रगति सुरुदेखि अहिलेसम्म आउँदा गत वैशाख १५ गतेसम्म २२ प्रतिशत वित्तीय प्रगति बढेर साढे २३ प्रतिशत भएको छ ।

० यो ठेक्का सम्झौता कहिलेसम्म सम्पन्न हुनुपर्ने हो ?
यो ठेक्का सम्झौता भएको मितिले ३ वर्षभित्र सम्पन्न गर्नुपर्ने हो । २०७९÷८० मा ठेक्का लागेको थियो । तर, त्यो एकैचोटी लागेन । तीन÷चार महिनाको फरकमा ठेक्का लागेको थियो । आर्थिक वर्ष २०७९÷८० मा ठेक्का लागेपछि आ.व. २०८२÷८३ मा सम्पन्न हुनुपर्ने हो । अथवा २०८२ चैत्र मसान्तसम्म सम्पन्न हुनुपर्छ ।

० यो ठेक्काको लागत कति छ ?
यसको लागत ८ अर्ब ५२ करोड बिनियोजन भएको छ । यस सडकमा तीनवटा पुल पर्दछन् त्यसमा दुईवटा पुल बनिसकेका छन् ।

० पुल बनाउने काम नेपाल सरकारले मात्रै गरेको हो कि अन्य देशको सहयोग छ ?
पुल बनाउन सबै नेपाल सरकारको बजेट हो । यो आयोजना नेपाल सरकारको मात्रै हो । यसमा अन्य देशको कुनै सहयोग परेको छैन ।
यसको लागत कति रहेको छ ? यसमा पहिला ५४ करोड विनियोजन भएको थियो । पछि दुई चोटी बजेट थप भइसकेको छ । बजेटको सुनिश्चित भएको भए कन्ट्याक्टरहरुले ढुक्क भएर काम गर्ने थिए होलान् । तर, त्यो सुनिश्चितता नभएको कारण काम अलिकति प्रभावित चाहीं भएको छ ।

० के कारणले प्रभावित भयो त ?
बजेटकै कारण प्रभावित भएको हो । अरु साइडको प्राविधिक समस्या त छँदैथियो । त्यसमा फेरि बजेटको सुनिश्चितताको कुरा पनि थपिँदै गएपछि काम प्रभावित भएको हो । त्यति हुँदाहुँदै पनि काम क्रमिक रुपमा अगाडि बढिरहेको छ ।

० साइटको प्राविधिक समस्या भनेको के हो ?
साइडको प्राविधिक समस्या भनेको खानेपानीे, ढल र विद्युत्को पोलको हो । तर, विद्युतको पोल चाहीं ठेक्का लागेर सार्ने काम सुचारु रुपमा अगाडि बढिरहेको छ । विद्युतका पोलहरु अलिअलि सारिसकिएको छ, केही सार्न बाँकी छ । जसरी–जसरी बाटो तयार हुन्छ, बिजुलीको पोल पनि त्यसरी नै सार्ने तयारी छ । खानेपानी र ढलको पनि बाटोको सुविधा अनुसार काम गर्दै आएका छौं । खानेपानीको सम्बन्धमा भन्नुपर्दा पुरानो पाइपलाई हटाएर नयाँ पाइप जडान गरेर कतिपय ठाउँमा मर्मत गर्ने काम गर्दै आएका छौं । ढलको व्यवस्थापनको लागि पनि हामीले पुरानोलाई नयाँ ठाउँमा सार्ने काम गरेका छौं । पुरानो पाइपहरु काम नलाग्ने भएकोले धेरैजसो नयाँ पाइप नै प्रयोग गर्नुपर्ने अवस्था आएको छ । त्यसलाई फेरेर नयाँ पाइप सिफ्ट गर्दैछौं । अर्को जग्गाको मुआब्जा र घर टहराहरुको कारणले काममा अवरोधहरु आइरहेको छ । घरटहराहरुको बारेमा क्षतिपूर्ति दिने÷नदिने विषयमा फाइल पेश गरेका छौं निर्णय भइसकेको छैन । स्थानीय पालिकाहरुसँग समन्वय गरेर त्यो कामलाई अगाडि बढाएका छौं ।

० घरटहराहरु पहिलादेखि निर्माण भएका हुन् कि पछि ?
त्यसमा २०२१ सालभन्दा पहिलाका र त्यसपछिका घरटहराहरु पनि छन् । २०२१ साल मैले किन भनेको भन्दा त्यतिबेला राजपत्रमा सूचना प्रकाशित भएर सडकको सीमा कायम भएको थियो । सीमा कायम भएपनि त्यस आसपासका जग्गामा कमाइ गर्ने, घर निर्माण गर्ने गरेका थिए । उनीहरुका अन्यत्र जग्गा भएपनि सडक छेउछाउका जग्गामा घर बनाएकाले समस्या देखिएको छ । त्यस्ता जग्गावालाले मुआब्जाको माग गरी निवेदनहरु दिएका छन् । त्यस्ता निवेदनका फाइलहरु विभागमा पेश गरिएको छ ।

० खानेपानीको समस्यालाई कसरी समाधान गर्नुहुन्छ त ?
खानेपानी र ढल व्यवस्थापनमा आइपरेका समस्या समाधान गर्ने कुरा छ । त्यसको लागि पटक–पटक योजनाहरु परेका छन् । सानो–सानो निहुँमा काम रोक्ने स्थिति सिर्जना हुन्छ । त्यो समस्या समाधान गर्दै अगाडि बढेका छौं । खासगरी खानेपानी र ढल व्यवस्थापनको लागि पुरानालाई कतै फेरेर कतै ममर्त गर्ने काम गर्दै आएका छांै ।

० जग्गाको मुआब्जा दिनुपर्दा के÷कति दिनुपर्ने देखिन्छ ?
जग्गाको मुआब्जा दिँदा सामान्य रुपमा सबैलाई दिनुपर्ने छैन । त्यसको पहिला नै लगत कट्टा भएर लालपूर्जा पनि आफ्नो नाममा आइसकेको अवस्था छ । केही खण्डका व्यक्तिहरुले आफ्नो जग्गाको ५० प्रतिशतभन्दा बढी जग्गा प¥यो भनेर दावी गरेका छन् । एउटा २५ गज र २५ मिटरको कुरा छ । त्यसमा उनीहरुको भनाइ के छ भने २५ गज र २५ मिटरभित्र ७ फिट जग्गा हुन्छ । त्यो चाहीं कि सडक विभागले आफ्नो नाममा ल्याउन मुआब्जाको प्रक्रिया पुरा गरेर अदालतको आदेश अनुसार गर्नुप¥यो । कि चाहीं हामीले फिर्ता पाउनुप¥यो भन्ने भनाइ उनीहरुको छ । त्यो स्पष्ट नहुँदा पटक–पटक उनीहरुले अवरोध गर्दै आएका छन् ।

० जग्गाको त त्यो भयो, तर घरटहराको त मुआब्जा दिनुपर्छ होला नि होइन ?
त्यसरी दिनैपर्ने भए त हामीले विभागबाट निर्णय गराउनु पर्ने थिएन । मन्त्रालयबाटै निर्णय भएर आउने थियो । किन भने अधिकांश जग्गा हाम्रो नाममा आइसकेको अवस्था छ । त्यसो भएपछि उनीहरुलाई दिने कुरै हुँदैन ।

० बनेपा–बर्दीबास सडक सम्पन्न भएपछि त्यस आसपासका वासिन्दाले कत्तिको प्रगति हासिल गरेको पाउनुभएको छ ?
बनेपा–बर्दिवास भनेको वीपी राजमार्ग हो । त्यो २०१५ मै जापान सरकारले सम्पन्न गरेको हो । अहिले त सडक विभागमा हस्तान्तरण भइसकेको छ । त्यो सडक अहिले जापान सरकारको मातहतमा छैन । नेपाल सरकारको मातहतमा आइसकेको छ । आगामी साउनदेखि सम्बन्धित डिभिजनहरुलाई हस्तान्तरण गर्ने भएको छ । त्यसपछि त्यहाँको मर्मत सम्भारको जे÷जति काम हुन्छ त्यहीं डिभिजन कार्यालयबाट हुन्छ ।

० सडक डिभिजनलाई हस्तान्तरण गर्दा भौतिक संरचना हस्तान्तर हुने हो कि सडक ?
निर्माण सम्पन्न भइसकेको सडक हस्तान्तरण हुने हो । डकुमेन्ट हस्तान्तरण हुने हो । त्यसपछि त्यहाँ गर्नुपर्ने कामहरु सबै सडक विभागले गर्नुपर्छ ।

० सूर्यविनायक–धुलिखेल सडक विस्तार र स्तरोन्नतीको लागत कति छ ?
सूर्यविनायक–धुलिखेल सडक विस्तार र स्तरोन्नतीको वित्तीय प्रगति २२.७ प्रतिशत थियो । त्यो २०८१ वैशाख १५ सम्मको आँकडा हो । अहिले आएर लगभग ३ प्रतिशत बढेको छ । यसरी हेर्दा वित्तीय प्रगति बढेर २५ प्रतिशत जति पुगेको छ ।

० यसको लागत बढ्ने सम्भावना कत्तिको छ ?
लागत त अलिअलि बढ्न पनि सक्छ घट्न पनि सक्छ । साइडमा काम गर्दै जाँदा परिणाममा थपघट भइहाल्छ नि । त्यसमा अहिले नै एकिन गर्न मिल्दैन । त्यसैले अड्कल गरेकोभन्दा कम पनि हुन सक्छ, बढी पनि हुन सक्छ ।

० यसको स्टिमेट बजेट चाहीं ठ्याक्कै कति हो त ?
स्टमेट बजेट त बजेट ८ अर्ब ५२ करोड नै नि । त्यो सडक र पुलसमेत गरेर हो ।

० यस सडकमा कति ठाउँमा पुल पर्छ ?
यस सडकमा तीनवटा पुल परेका छन् । त्यसमा जगाती खोला पुल, महादेव खोला पुल र पुण्यमाता खोला पुल छन् । ती पुलको एक ठाउँमा ४ वटा पार्ट हुन्छन् । त्यसरी हेर्दा एउटै पुलको ४ खण्ड हुन्छ । त्यो हिसाबले हेर्दा १२ वटा पुल हुने भए । बजेट पनि त्यही अनुसार थपघट हुन सक्छ ।

० ती पुलको ठेक्का लागेर काम पनि सुरु भइसकेको छ ?
ठेक्का लागिसकेको छ । यसको डिजाइन चाहीं कन्ट्याक्टरबाटै गर्ने निर्णय भएको छ । त्यसको डिजाइन स्वीकृतीको लागि सडक विभागमा पेश पनि भइसकेको छ ।

० अहिले साँगादेखि धुलिखेलसम्मका सडकहरु के÷कस्तो अवस्थामा रहेका छन् ?
साँगादेखि धुलिखेसम्म भनेको ८.३ किलोमिटरको दुरु हो । त्यसमा अहिलेसम्म नाली निर्माण, कल्वड निर्माण भएको छ । सात खण्डमा चाहीं ग्राबेलको काम भइरहेको छ । त्यस्तै सूर्यविनायकदेखि साँगासम्मको खण्डमा पनि कलबडको काम भइरहेको छ । नाली निर्माणको काम पनि सुरु भएको छ ।

० यी बाहेक ठेक्का लगाउनुपर्ने काम के के छन् ?
यस सडक खण्डमा ठेक्का लगाउनुपर्ने बाँकी छैन ।

० त्यसोभए, यो काम २०८२ सालभित्र पुरा हुन्छ हो ?
हो, २०८२ सालको चैतमसान्तभित्र सम्पन्न भइसक्नुपर्छ । त्यसै अनुरुप हामीले कामलाई सुचारु गर्दै अगाडि बढाएका छौं । सानातिना वाधा, अवरोधहरुलाई चिर्दै काम गरिरहेका छौं । त्यसको लागि स्थानीय तहसँग समन्वय गरेर अगाडि बढिरहेका छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *