एउटै कर्मचारी पटक पटक अख्तियारको फन्दामा ?

राजनीति समाचार

काठमाडौं । निजामती प्रशासन किन यसरी बुटिलिँदै र गन्हाउँदै गयो ? कर्मचारीहरुलाई मालदार ठाउँ नै चाहिने मौका पाएपछि कुस्त कमाइहाल्नुपर्ने रोगका कारण निजामती क्षेत्र कसरी रसातालमा भासिदैंछ,केही उदाहरण हेरौं । जस्तै ः गत सोमबारमात्र अख्तियारले दुई उपसचिवलाई प्रतिवादी बनाएर भ्रष्टाचार मुद्धा चलायो । जसमा एक छन्,कृष्णदेव जैसी अनि अर्काे विश्वराज मरासिनी । यी दुबै स्थानीय तहका ’डन’ कर्मचारी थिए कुनै समय । रोचक चाँहि,यी दुईमध्ये एक कृष्णराज जैसी त दुई बर्ष अगाडि डेढ लाख घुस रकमसहित पक्राउ परे ।

विशेष अदालतमा च्यानल मिलाएर एक बर्ष अगाडि निर्दाेष ठहर भए । अहिले फेरि अर्काे मुद्धा लागेर निलम्बनमा परेका छन् । अनि अर्काे उपसचिव विश्वराज मरासिनीविरुद्ध यस अघि नै फरक फरक चार वटा मुद्धा चलिरहेको छ । पूरानो मुद्धा नै फैसला भएको छैन,फेरि अर्काे भ्रष्टाचार मुद्धा थपिएको छ । जैसी काठमाडौंको चन्द्रागिरी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतबाट सरुवा भएर गोदावरी नगरपालिकामा आइपुगेका थिए । उनी गोदावरीमै कार्यरत रहेको समयमा डेढ लाख घुस रकम सहित अख्तियारको फन्दामा परे । उनी र सव इञ्जिनियर किशोरकुमार मोक्तान अख्तियारको स्ट्रिङ अप्रेसनमा परेका थिए । यो प्रकरणमा सफाई पाए पछि त्यहाँबाट भेरी नगरपालिका जाजरकोटको प्रमुख प्रशासकीय अधिकृत, त्यहाँका जिससका हाकिमको जिम्मेवारी पाएका थिए । तर डेढ बर्ष नबित्दै फेरि अर्काे मुद्धा भोग्दैछन् ।

अख्तियाले लेले र नल्लुका ढुंगाखानीबाट रोडाढुंगा उत्खनन् गर्दा भ्रष्टाचार भएको भनी गोदावरी नगरपालिकाको मेयर गजेन्द्र महर्जन,उपमेयर मुना अधिकारी सहित यी दुई पूर्व हाकिम मरासिनी र जैसीलाई पनि पोलेको हो । अख्तियारले भ्रष्टाचार मुद्धा चलाएकोमध्ये विश्वराज मरासेनीलाई चार वटा मुद्धा चलिरहेको छ । गत असोज ७ गते बारा जिल्लाको सिम्रौनगढ नगरपालिकामा रहदा भ्रष्टाचार गरेको भन्दै चलेको मुद्धा विशेषमा विचराधिन छ । मरासिनी सोही पालिकामा हुँदा माछापोखरी निर्माणको ठेक्का भ्रष्टाचारी ठहर भएका छन् । टेकनारायण कुवँर, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले मरासिनीलाई ६ महिना कैद र ४ लाख ६१ हजार २ सय ५० रुपैयाँ जरिवाना हुने फैसला गरेको छ ।

मरासिनी भ्रष्टाचारी ठहर भएको ६ महिना नपुग्दै अर्को भ्रष्टाचारको मुद्दा दायर भएको हो । सिम्रौनगढ–८ कचोर्वास्थित जनता माविको भवन निर्माणबापतको रकम उपभोक्ता समितिलाई दिने क्रममा अनियमितता गरेको आरोपमा अख्तियारले मरासिनीविरुद्ध अर्को भ्रष्टाचारको मुद्दाको सुनुवाई हुनै बाँकी छ,उनीमाथि फेरि अर्काे मुद्धा थपिएको छ । मरासिनी धादिङको बुढानिलकण्ठ नगरपालिका, ललितपुरको गोदावरी नगरपालिका, भक्तपुरको थिमी नगरपालिका, काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका र बाराको सिम्रौनगढ नगरपालिकासम्म चलाएर उनी अछामको प्रमुख जिल्ला अधिकारी हुँदा भ्रष्टाचार मुद्धा चलेपछि निलम्बनमा परेका थिए । त्यसैगरी गोदावरी नगरपालिकाका तत्कालीन प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीमाथि मुद्दा परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *