महासंघको नयाँ नेतृत्व चयमा पत्रकारबीच भाँडभैलो

राजनीति समाचार

काठमाडौं । श्रमजीवी पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको २७ औं महाधिवेशन सम्पन्न गरी यही जेठ २६ गते नयाँ नेतृत्व चयनको लागि निर्वाचन गर्नुपर्ने थियो । तर, सदस्य सुद्धिकरणदेखि पुराना सदस्यता नविकरणहुँदै नयाँ सदस्यता वितरणको नाममा विवाद आएपछि सो मितिमा निर्वाचन नहुने स्थिति सिर्जना भएको छ । त्योसँगै दलनिकट पत्रकारहरुका संगठनहरुले गठबन्धनको नाममा अस्वस्थ प्रतिस्पर्धाको सिन देखाएपछि झन् निर्वाचन ओझेलमा पर्दै गएको छ । विधान अनुसार महाधिवेशनले तोकेको समयमा निर्वाचन गर्नुपर्ने हुन्छ ।

त्यसको लागि सबै पत्रकारले साधारण सदस्यले केन्द्रीय समितिलाई मतदान गर्न पाउने व्यवस्था भएका कारण जिल्ला शाखा, प्रदश र केन्द्रीय कमिटिको एकै दिन निर्वाचन गर्नुपर्ने वाध्यता छ । तर, यो समय तालिकाले निर्वाचन हुन सक्ने सम्भावना छैन । तोकिएको समय तालिकालाई टेकेर निर्वाचन प्रक्रिया थाल्नुपर्नेमा उल्टै तदर्थ समिति बनाएर त्यसले निर्वाचन गर्नेगरी अगाडि बढ्ने चर्चा पनि चलेको छ । केही राजनीतिक दलनिकट पत्रकारहरुले चुनावी तालमेलको नाममा तदर्थ समिति गठन गर्ने हल्ला गर्न थालेका छन् । अहिलेसम्म राजनीतिक दल निकट पत्रकार संगठनहरुले को–को सँग तालमेल गर्ने हुन् त्यो पनि निश्चित छैन । तालमेल गरेको खण्डमा कुन–कुन संगठनले के के पद पाउने हुन् त्यो पनि निश्चित भइसकेको छैन । तर, श्रमजीवी पत्रकार भन्दा पनि अन्य पेशा ववसायमा संलग्न व्यक्तिहरु राजनीतिक पृष्ठभूमि बनाउन पत्रकार महासंघको नेतृत्व हत्याउन लागिपरेका छन् । त्यस्ता व्यक्तिहरु चुनाव आउनुभन्दा केही महिना अगाडिदेखि तामझामका साथ चुनावी तालमेल र प्रचारप्रशारमा लागि रहेका छन् ।

व्यक्तिले म हुँ भनेर दावी गरिरहेता पनि आधिकारिक उम्मेदवार को हो ? भनेर अहिलेसम्म खुल्न सकेको छैन । उता स्वरोजगारमुलक श्रमजीवी पत्रकारहरु भने अहिलेसम्म चुनावी अभियानमा खुलेर आएको पाइँदैन । किन कि उनीहरु आफ्नो मिडियामा समाचार सम्प्रेषणमै व्यस्त छन् । केही मिडियाका साथीहरु काठमाडौं शाखाको अध्यक्षमा उम्मेदवारी दिने भन्दै दौडधुप गर्न थालेको देखिन्छ । अहिलेसम्म केन्द्र र प्रदेशको भन्दा काठमाडौं शाखाको चर्चा बढी छ । त्योसँगै देशकै ठूलो र धेरै सदस्यता भएको काठमाडौं शाखाको अध्यक्षमा दावी गर्नेहरु खुलेरै अगाडि आइसकेका छन् ।

त्यसमा तामाकोशी सन्देश साप्ताहिकका प्रकाश÷सम्पादक रामचन्द्र बस्नेत, तत्कालीन उपाध्यक्ष रामचन्द्र दुलाल, सचिव महेश्वर गौतम, सहसचिव अर्जुनप्रसाद डोटेल, पुष्कर बस्नेत, अस्पसरा गौतम, मोहन पन्त र सोभा अर्याल रहेका छन् । त्यसैगरी आफूले स्वतन्त्र उम्मेदरवार भन्दै आलोचना साप्ताहिकका सम्पादक गंगा बराल पनि अध्यक्षको दौडमा छन् । उपत्येका प्रदेशमा अन्य पदको उम्मेदवारको चर्चा नभए तापनि उपाध्यक्षको लागि कालिका महतले दावी गरेका छन् । केन्द्रीय अध्यक्षको लागि अहिलेसम्म दावी गर्नेमा तत्कालीन वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, निर्मला शर्मा, अखण्ड भण्डारीको चर्चा छ । यदि गठबन्ध साच्चीकै हुने हो भने प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत आफै अध्यक्ष उठ्ने सम्भावना पनि छ ।

त्यसैगरी महासचिवमा गोविन्द चौलागाईं र सचिवमा शन्तराम बिडारीले दावी गरेका छन् । यदि चुनावी तालमेल भएको खण्डमा को को कुन कुन पदमा पुग्ने हुन्, त्यो पनि एकिन छैन । तर, केन्द्रीय अध्यक्षको लागि नेपाल प्रेस युनियनको तर्फबाट रमेश विष्ट र गठबन्धनको तर्फबाट निर्मला शर्मा र अखण्ड भण्डारीमध्ये एक अध्यक्षको उम्मेवदार हुने सम्भावना छ । उता, रोशन पुरीलाई वरिष्ठ उपाध्यक्ष बनाउने भित्री सहमति भएको पत्रकारबीच चर्चा चल्न थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *