परिवारवादले माधव नेपाललाई डुबाउँदै

राजनीति समाचार

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई विभिन्न आरोप लागेको छ । छोरी र बहिनी ज्वाई च्यापेका नेकपा एकीकृतका अध्यक्ष माधव नेपाललाई भाञ्जा र भाञ्जे ज्वाईले डुबाउने भएका छन् ।

सरकारले हालैमात्र ११ देशका राजदूत फिर्ता बोलाएको छ तर कुटनीतिक चेत कति कमजोर भने प्रधानमन्त्री प्रचण्ड भारत जानु अघिल्लो दिनमात्र नेपालका लागि भारतीय राजदूत फिर्ता बोलाइनेमा परे । फिर्ता बोलाइएका तिनै राजदूत उनलाई स्वागत गर्ने एयरपोर्टमा पुगे । काँग्रेसका राजदूत फिर्ता बोलाउँदा माधव नेपालका बहिनी ज्वाईलाई छोइएन,थमौती पाए । माधव नेपालकै नाम भजाएर निजामती सेवामा रहँदा सँधै स्वदेश–विदेशका राम्रा र मालदार ठाउँमा मात्रै पोष्टिङ खाएका अवकाशप्राप्त बहिनीज्वाईं अहिले अष्ट्रेलियाको लागि नेपाली राजदूत छ ।

कैलाश पोखरेल नेपालकी कान्छी बहिनी बसुधाका श्रीमान हुन । उनी फर्ता बोलाइनेमा परेनन् । बहिनी ज्वाईका कारण बदनाम उनै नेपालको यस पटक छोरी मोह देखियो । नेपालकी छोरी डा. सुमन नेपाल नेपाल मेडिकल काउन्सिलको सदस्यमा नियुक्ति दिलाइएसँगै माधव नेपाल पनि उही ड्याङ्गको मूला भन्नेहरु धेरै छन् । प्रचण्ड दक्षिणतिर उड्नु अघिको क्याविनेटले माधव नेपालको बहिनी ज्वाईको कुर्सी थमौती गरिदिएको थियो भने छोरी डा. सुमनसहित ६ जनालाई मेडिकल काउन्सिलको सदस्यमा नियुक्ति दिलायो ।

सुमना छालारोग विशेषज्ञ हुन । जानकारहरुका अनुसार,भारतीय दूतावासले उपलब्ध गराउने सांस्कृतिक छात्रवृत्ति (कल्चरल सिट)मा छोरी सुमनलाई माधवले डाक्टर पढाएका हुन्। सुमनले कल्चरल सिटमा नयाँदिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)बाट एमबीबीएस र एमडी गरेकी हुन् ।माधव नेपालको दुख कस्तो छ भने एकातिर,सम्धी,बहिनी ज्वाई,छोरी च्याप्नु परेको छ । अर्काेतिर सानो पार्टीका जनसंगठन भने भाञ्जे ज्वाई र भाञ्जाहरुका कारण टुक्रा टुक्रा हुने स्थिती छ । एकीकृत सरकारी कर्मचारी संगठनमा देखिएको टुटफुट युवा संघमा समेत सरेको छ । युवा संघका सहसंयोजक नितेश पौडेलले शनिबार काठमाडौंमा भेला गरेर समानान्तर अभ्यास थालेपछि विवाद चर्किएनमात्रै उनलाई कारवाही गरिएको स्थिति छ । पौडेल पार्टी अध्यक्ष माधव नेपालका भान्जा हुन । यसलाई महाअधिवेशनको मुखमा धेरैले यस्लाई झलनाथ खनाल र माधव नेपाल गुटको लफडाका रुपमा बुझ्नेहरु धेरै छन् ।

उता,एकीकृत सरकारी कर्मचारी संगठनमा उस्तै लफडा छ । त्यहाँ लफडा निकाल्ने शरण गुरुङ्ग हुन उनी माधव नेपालका भाञ्जे ज्वाई हुन । अध्यक्षका दावेदार थिए उनी तर गगन सिंह विष्ट उपसचिवमा उक्लिएसँगै त्यहाँ मोहन घिमिरेले आफू निकष्ट याम खत्रीलाई अध्यक्ष बनाएसँगै चिढिएका शरणहरु समान्तार कमिटी निर्माण गरेर हिडिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *