वीरका कार्यकारी निर्देशक सन्तोष पौडेलको मनपरी

राजनीति समाचार

काठमाडौं । ऐन,कानुन निरीह जनतामा मात्र आकर्षित हुने हो ? होइन भने बहालवाला डाक्टरले निजी मेडिकलमा लगानी गर्न पाउँछ कि पाउँदैन ? यदी पाउदैन भने वीर अस्पतालका डाक्टरमाथि कारवाही गर्ने दम भएका कोही माइकलाल मन्त्री,सचिव किन देखिदैनन् ? कि एमालेको जनसंगठनको हर्ताकर्ता भएका कारण कसैले छुन आँट नगरेका हुन ?

होइन भने,निजामती सेवा ऐनमात्र होइन स्वास्थ्यसम्बन्धि ऐनले नै सरकारी कर्मचारीलाई व्यापार व्यवसाय गर्ने बन्देज लगाएको छ । स्वास्थ्य सेवा ऐन २०५३ को दफा ५९, नेपाल स्वास्थ्य सेवा नियमावली २०५५ को नियम ११२ लाई पल्टाउने हो वा निजामती ऐन २०४९ दफा ४८ अनुसार कुनैपनि सरकारी कर्मचारीले आफ्नो नाममा व्यापार सञ्चालन गर्न नपाउने उल्लेख छ । कुनैपनि राष्ट्र सेवकले आफ्नो वा अरुको नाममा कुनैपनि कम्पनी, फर्म वा संस्थाको हिस्सेदार भएमा कसुरबमोजिम कारबाहि हुने व्यवस्था भ्रष्टाचार निवारण ऐन २०५९ दफा १४ मा उल्लेख छ । तर यस्ता ऐनको धज्जी उडाउँदै डा सन्तोष पौडेल निर्वाध रुपमा दुई दुई वटा फार्मेसी सञ्चालन गरिरहेका छन् ।

डा. पौडेल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको कार्यकारी निर्देशकको रुपमा २०७९ फागुनमा नियुक्त भएका थिए । डा. पौडेल अर्थोपेडिक सर्जन हुन् भने उनी दशौँ तहका कर्मचारी हुन् । एमाले निकट भएकै आधारमा उनले त्यहाँ नियुक्ति खाएका हुन भने भातृ संगठनका नेता समेत हुन । बीर अस्पतालका डाक्टर डा. पौडेल अल्का हस्पिटल फार्मेसी प्रालीको शेयर सदस्य, सञ्चालक र अध्यक्षसमेत रहेको प्रमाण फेला पारेको छ । प्राप्त प्रमाणअनुसार डा. पौडेलको उक्त फार्मेसीमा कित्ता नं. ३७००१ देखि ७४००० सम्म जम्मा ३७००० कित्ता शेयर रहेको विवरण हामीसँग सुरक्षित छ ।

उनले त्यहाँ ३७ लाख रुपैयाँ लगानी गरेका छन् । सञ्चालक एवम् शेयरधनीको रुपमा रहेका डा. पौडेल उक्त फार्मेसीको विभिन्न बैठक तथा छलफलहरुमा उपस्थित रहेको र विभिन्न निर्णयमा हस्ताक्षर गरेको प्रमाण हामीसँग सुरक्षित छ । यस्का अलवा उनले ललितपुरकै पुल्चोकस्थित सुमेरु सिटि अस्पतालमा पनि फार्मेसी संचालन गरेका छन् । त्यहाँ उनले आफ्नी श्रीमती क्रान्ति बुर्लाकोटीको नाममा फार्मेसी संचालन गरिरहेका छन् ।

वीर अस्पतालका निर्देशक डा सन्तोष पौडेलले नियम विपरीत औषधि सञ्चालन गरेको भन्दै अस्पतालका कर्मचारीहरुले नियमानुसार कारबाही गर्न माग गरेका छन् । कर्मचारीहरुले पौडेलले सञ्चालन गरेको औषधि पसलको फेहरिस्त सार्वजनिक गर्दै सम्बन्धित सबै निकायलाई कारबाही गर्न माग गरेका हुन् । उनीहरुले गत जेठ २४ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र लगायतलाई पत्रसमेत लेखेका छन् । एमालेको समयमा राष्ट्रिय ट्रमा सेन्टरको निमित्त प्रमुख रहेको बेला भएका स्वास्थ्य उपकरण खरिदमा मुछिएरमा अख्तियार दुरुपयोगमा मुद्धा खेपिरहेका पौडेलका यी गतिविधिहरु छानविनको माग गर्दै वीर अस्पतालका कर्मचारीहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सर्तकता केन्द्र, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलगायत सम्बन्धित निकायमा उजुरी दिएका हुन् ।

उनीहरुले गत जेठ २४ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र लगायतलाई पत्रसमेत लेखेका छन् । यस अघि नै त्यहाँका कर्मचारीहरुले पौडेलका सम्पत्ति छानबिनको माग गर्दै सम्पत्ति शुद्धीकरणमा समेत उजुरी दिएका थिए । नवौं तहका कर्मचारी एमालेको जनसंगठनमा भएको भेटिएसँगै केही अघि निर्वाचन आयोगले समेत डा पौडेललाई कारवाही गरिसकेको छ । उसो त गिरिवन्धु टीमा जोडिएका पद्या अर्यालदेखि दीपक मलहोत्रा उच्च तहका राजनीतिक नेतृत्व,तत्कालीन कर्मचारी शेषनारायण पौडेलहरुलाई बचाइरहेको एमालेले यस्ता प्रकरणमा मुछिएका कर्मचारीलाई काखी च्याप्नु कुन नौलो कुरा होला र ?

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *