राजश्व र भन्सारका कर्मचारीहरु राजश्व छलीका सुराकी

राजनीति समाचार

काठमाडौं । अर्थतन्त्रको मेरुदण्डमा राजश्व अनुसन्धान विभाग, भन्सार विभाग र आन्तरिक राजश्व विभाग पर्दछन् । यी तिनै निकायबाट राजनीति दल निकट भ्रष्ट कर्मचारीहरुको कारणले सरकारले चाहेअनुसारको राजश्व उठ्न सकेको छैन । अर्थमन्त्रालय अन्तर्गत पर्ने यी निकायहरुमा जानको लागि कर्मचारीहरुले शक्ति र पावरको प्रयोग गर्ने गर्दछन् । शक्ति र पावर प्रयोग गरेर यस्ता मालदार निकायमा पुगेपछि राजश्व उठाउने नाममा नाङ्लो ठटाएर हात्ती तर्साएने काम गरिराखेका हुन्छन् । त्यसको उदाहरण बनेको छ, अहिले राजश्व अनुसन्धान विभाग, आन्तरिक राजश्व विभाग र भन्सार विभाग । यी निकायका कार्यालयहरुमा अधिकांश कर्मचारीहरु व्यापारी र तस्करहरुसँग मिलेर सेटिङ मिलाउने काम गरिराखेका छन् ।

यस्ता ठाउँमा बस्ने कर्मचारीहरुले कर छली गर्ने व्यापारीहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्नेमा उल्टै कर छली गर्ने व्यापारी, उद्योगी र माफियाहरुलाई ‘अनुगमनको लागि हाम्रो विभागबाट टोली आउँदै छ, तपाईंहरु सचेत रहनु’ भनेर सुराकी दिने र कमिसन खाने काम गर्दै आएका छन् । माफिया र तस्कारहरुले पनि त्यस्ता कर्मचारीलाई कमिसन दिनुको साथै पुरस्कृत गर्ने काम गर्दछन् । त्योसँगै त्यस्ता कर्मचारीहरुलाई व्यापारी, माफिया र तस्करहरुले सधैं त्यहीं कार्यालयमा थमौतीको लागि उच्च तहका कर्मचारीदेखि सम्बन्धित मन्त्री र राजनीतिक दलका शीर्ष नेताहरुसँग लभिङ गर्ने गर्दछन् । शीर्ष नेता, मन्त्री, मुख्य सचिव र सम्बन्धित मन्त्रालयका उच्च पदस्थ कर्मचारीलाई प्रभावमा पारेर आफूहरुले चाहेको कर्मचारीलाई वर्षौं वर्षसम्म यस्ता विभाग र कार्यालयमा राख्न सफल हुन्छन् । त्यसको उदाहरणको लागि लिन सकिन्छ यही जेठ २४ गते बागबजारको एक गेष्ट हाउसबाट राजश्व छली गरेर ल्याई लुकाएर राखिएको अवस्थामा कपडा र ब्याज नेपाल प्रहरीले बरामद गरेको विषयलाई । त्यो पनि कमिसन नमिलेपछि सुराकी दिएको आधारमा ।

त्यो सामान भन्सार र राजश्व अनुसन्धान गिभागले नियन्त्रणमा लिनुपर्नेमा कसरी बाघबजारबाट नेपाल प्रहरीले बरामद ग¥यो ? त्यो समाचार अहिलेसम्म सार्वजनिक भएको छैन । राजश्व अनुसन्धान विभागले ठूला व्यापारीहरुको गोदाम र पसलमा गएर अनुगमन गर्नुपर्ने हुन्छ । तर, त्यो गर्नुको सट्टा उल्टै राजश्व छली गरेर व्यापारीहरुले विभिन्न सामानहरु गेष्ट हाउसमा लुकाएर राखेको अवस्थामा प्रहरीले बरामद गरेको छ । यो त एउटा उदाहरण मात्रै हो । यस्ता राजश्व छली गरेर ल्याई लुकाइछिपाई राखिएका सामान त कति छन् कति । राजश्व छली गरेर काठमाडौं भित्र्याइने सामानहरु धेरैजसो रातीको समय पारेर ल्याइन्छ । कतिपय राजश्व छलीका सामानहरु रात्रीकालीन यात्रुवहाक बस र मालबहाक ट्रकहरुबाट काठमाडौं छिराइन्छ । त्यस्ता सामान काठमाडौं ल्याएको भन्सार र राजश्व अनुसन्धानका कर्मचारी र सम्बन्धित ठाउँमा खटिएका सुरक्षा निकायलाई थाहा हुन्छ ।

तर, उनीहरुलाई कमिसन खुवाएर व्यापारी र माफियाहरुले सेटिङमा कर छली गरेका सामान काठमाडौं भित्र्याउने गरेका छन् । उता, राजश्व र भन्सारका कर्मचारीहरुले राजश्व कसरी चुहावट हुन्छ, राजश्व कहाँकहाँबाट छली हुन्छ भन्दै गेष्ठी, सेमिनार र बैठक बसेर सेटिङ मिलाउनेभन्दा अन्य काम गरेको पाइँदैन । राजश्व छली गर्ने व्यापारी र माफियाहरुलाई कारबाहीको दायरामा ल्याएर राजश्व उठाउन सक्ने कर्मचारीलाई भन्सार विभाग र राजश्व अनुसन्धान विभागमा लामो समयसम्म टिक्न दिँदैनन् । भन्सार र राजश्वमा मात्रै नभएर अन्य मालदार निकायमा पनि यस्तै अवस्था छ । हालका राजश्व अनुसन्धान विभागका महानिर्देशक चक्र बुढा महिनादिन भन्दा बढी राजश्व अनुसन्धान विभागमा बसे तापनि राजश्व उठाउन कुनै नयाँ रणनीति अपनाएको पाइँदैन । त्यसैगरी, भन्सार विभागका महानिर्देशक ढुल्डीप्रसाद निरौला भए तापनि रसुवा भन्सारदेखि केरुङ नाका, तातोपानी भन्सार, रक्सौल भन्सार, सुनौली भन्सारलगायतबाट तस्कर र व्यापारीहरुले राजश्व छली गरी सामान भित्र्याउँदा मुकदर्शक बनेर बसेको अवस्था छ ।

किन कि कतिपय कर्मचारीहरुलाई व्यापारी र तस्करहरुले कमिसन दिएको कारण राजश्व उठाउको लागि सक्रियता देखाएको पाइँदैन । एकातिर त्यो अवस्था छ भने अर्कोतिर राजश्व कार्यालय र भन्सार विभागमा माओवादी निकट कर्मचारीहरुको भरिभराउ छ । माओवादीका नेतादेखि कर्मचारीहरुले आफ्ना कार्यकर्ताको घेराबन्दी गर्ने गरेका छन् । पार्टीले पनि आफू बन, पार्टीलाई पनि बनाउ भनेर निर्देशन दिएको बताइन्छ । तर, कांग्रेस र एमाले निकट कर्मचारीहरु नेतालाई पोस्ने र आफू मोटाउने काममा व्यस्त छन् । त्यसकारणयले राजश्व उठाउन कर्मचारीहरुले तदारुकता देखाएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *