मेयर बालेन शाहको हर्कतले काठमाडौंबासी त्रसित

राजनीति समाचार

रामचन्द्र बस्नेत
राजनीतिक दलहरुले देश र जनताको आवश्यकता अनुसार काम गर्न नसकेपछि देशको महत्वपूर्ण शहरहरुमा स्वतन्त्रहरुले डेरा जमाउन पुगे । स्वतन्त्र व्यक्ति निर्वाचित भएर आएपछि उनीहरुले स्थानीय नियम कानुनको धज्जी उडाउँदै अगाडि बढ्न थालेका छन् । त्यसको गतिलो उदाहरण बनेका छन् काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह । बालेन शाह काठमाडौंमा निर्वाचत भएदेखि कुनै न कुनै क्षेत्र र पेशाका सर्वसाधारणमाथि आक्रमण गरिराखेका छन् । कहिले सुकुम्बासीको नाममा, कहिले फुटपाथे व्यापारीको नाममा त कहिले सडक छोउछाउका घरटहरामाथि क्रमण गर्दै आएका छन् । पछिल्लो समय काठमाडौं महानगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयको सटरमा ताला लगाउने काम गरेका छन् ।

महानगरपालिकाभित्र रहेका ३६ वटा सामुदायिक विद्यालयले भाडामा लगाएका सटरमा महानगरले ताला लगाइदिएको छ । भाडामा दिएको पसल हटाउन सार्वजनिक सूचना प्रकाशित गर्नुपर्ने हुन्छ । तर, महानगरपालिकाले बिना सूचना हचुवाको भरमा विद्यालयले भाडामा लगाएको सटरमा ताला लगाइदिएको छ । विद्यालयले भाडामा लगाएको सटरमा ताला लगाउँदा ब्यापारीहरुको सामान व्यवस्थापन नगरी लगाइएको छ । त्यसरी विद्यालय भवनको सटरमा ताला लगाउनुको कारण त्यहाँबाट अवैध सामान कारोबार हुन्थ्यो कि भाडा तिरेनन् कि सरकारलाई लाग्ने कर तिरेनन् कि त्यसबारेमा सर्वसाधारणलाई जानकारी छैन । तर, एक्कासी विद्यालय भवनको सटरमा ताला लगाइएपछि व्यापारीहरु अलपत्र परेका छन् ।

महानगरपालिकाको यो रवैयाले अधिकांश राजधानीवासीहरु आतंकित बनेका छन् । मेयर बालेनको हर्कतले गरिबीको रेखामुनी रहेका सर्वसाधारणले काठमाडौंभित्र वास नपाउने देखिन्छ । हुन त मेयर बालेनले गरिवी उन्मुलन गर्ने भनेका थिए, बस्नै नसक्ने भएपछि उन्मुलन हुने नै भए । मेयर बालनेकै कारण अधिकांश व्यापार, व्यवसाय गर्नेहरु काठमाडौंबाट पलायन हुँदैछ । तिनको लगानी र रोजीरोटीको व्यवस्थापन कसले गर्ने ? राजनीतिक दलहरु बालेन शाहदेखि डराइरहेका छन् । त्यसको फाइदा उठाउँदै मेयर बालेनले गरिव, निमुखामाथि थिचोमिचो गरिरहेका छन् ।

विकास निर्माण गर्नु राम्रो कुरा हो तर विकासको नाममा व्यक्तिको सम्पत्ति नष्ट गर्नु कति उचित हो ? संघ र प्रदेश सरकार रमिते बनेर बस्ने स्थानीय सरकारले पेलिरहने हो भने सर्वसाधारण जनताले कसरी न्याय पाउने ? अहिले काठमाडौंवासीहरुले न्याय माग्न महानगरपालिकाभित्र धाइरहँदा मेयर बालेनको सचिवालयमा प्रवेश निषेध गरिएको छ । मेयर बालेन शाहले सर्वसाधारणका गुनासो बुझ्ने र सुन्ने पनि गर्दैनन् । बरु राति राति सामाजिक सञ्चालमा स्टाटस लेखेर भडाँस पोख्ने काम गर्छन् । उनको स्टाटस पढेर केही व्यक्तिहरु हर्षित पनि हुने गर्दछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *