एमाले पार्टीभित्र भण्डारीको आवश्यकता खड्किएकै हो त ?

राजनीति समाचार

नेपालका कम्युनिस्ट पार्टीको परिप्रेक्क्षमा हेर्दा कुनै समय वाम एकता भएर छलाङ मारेको थियो । त्यसको आडमा दुई तिहाइ हाराकारीको वाम सरकार पनि बनेको थियो । त्यो दुई तिहाई बहुमतसहितको वाम गठबन्धन सरकार करिव ४० महिनाभन्दा बढी टिक्न सकेन । त्यो वाम सरकार टिक्न नसक्नुमा दक्षिणी छिमेकी मुलुक भारतको हात रहेको आरोप छ । वाम एकतालाई फुटाएर तितरवितर बनाएपछि वामपन्थी सहितको कांग्रेस नेतृत्वको सरकार बन्यो । त्यो पनि टिक्न सकेन । अहिले चार वापन्थी र एक अन्य गरी पाँच दलीय गठबन्धन सरकार बनेको छ । त्यो सरकार पनि कतिन्जेल टिक्ने हो निश्चित छैन । उत्तरी छिमेकी मुलुक चीनले वाम एकताको लागि भित्रभित्रै रोल खेलिरहेको छ । त्यसको नेतृत्व तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले लिने गरी खेलोफड्को हुँदै छ । त्यो कति सफल हुन्छ कति असफल हुन्छ भन्ने प्रतिक्षाको विषय बनिरहेको छ ।

वामपन्थी भित्र ध्रुविकरण भएको कारण नेपालमा विकास निमाणदेखि सर्वसाधारण जनताको दैनिकीमा समेत असर परेको कारण राजनीतिक स्थायित्वको लागि चीन सरकारले वाम एकताको पहल गरिरहेको छ । तर, वामपन्थीभित्रै जुँगाको लडाईँ सुरु भएपछि त्यसले सार्थकता पाउने देखिँदैन । एकातिर नेपालका कम्युनिस्टहरुबीच जुँगाको लडाइँ छ भने अर्कोतिर छिमेकी मुलुक भारतले वामपन्थीलाई छिन्नभिन्न पार्ने काम गरिराखेको छ । त्यसले गर्दा पनि वामएकत ाभन्दा अन्य शक्तिलाई अगाडि बढाएर लाने चाहना दक्षिणको रहेको पाइन्छ । तर, उत्तरी छिमेकी देश चीनले भने नेपालमा सधैं स्थिर सरकार हेर्न चाहन्छ । त्यसकारणले पनि चिनियाँ प्रतिनिधिहरु नेपालमा आएर विभिन्न दलका नेताहरुसँग भेटघाट गर्ने गरेका छन् ।

त्योसँगै तत्कालीन राष्ट्रपति भण्डारीलाई चीन भ्रमणमा निम्त्याइएको छ । भण्डारी चीन भ्रमण गरेर फर्किएपछि वामपन्थी एकताको पहल गर्ने सम्भावना पनि बढेर गएको छ । तर, पूर्व राष्ट्रपति भण्डारीलाई राजनीतिमा नफर्किनको लागि छोरीज्वाइको आग्रह छ । सो आग्रह भण्डारीले मान्ने देखिँदैन । त्यसकारणले पनि एमालेलाई बलियो र भरपर्दो पार्टी बनाउनको लागि विद्यादेवी भण्डारीको आवश्यकता पार्टीमा खड्किएको एमालेदेखि अन्य पार्टीका नेता, कार्यकर्ताको आँकलन छ । तर, त्यसको लागि केही नेताहरु विद्या भण्डारीलाई पार्टीमा फर्काउनको लागि जोडबल गरिराखेका छन् भने एमालेकै केही नेताहरु तत्कालीन राष्ट्रपति भण्डारीलाई राजनीतिमा ल्याउनु नहुने धारणा राखिरहेका छन् । एमाले अध्यक्ष केपी ओली निकटका नेताहरुले भण्डारीलाई राजनीतिमा ल्याउनु नहुने तर्क गरिराखेका छन् भने ओली इतरका नेताहरुले एमालेमा भण्डकारीको आवश्यकता रहेको तर्क राख्न थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *