रवि छाडेपनि सत्ता नढल्ने, दुर्गन्ध नबोक्न ओलीलाई दबाब

राजनीति समाचार

काठमाडौं । राजनीतिक दाउपेच चर्काे छ । एमाले अधयक्ष केपी ओली यो दाउपेचका नायक हुन् । प्रचण्ड र ओली मिल्दा कानून अन्धो हुन्छ दक्षिण बग्ने खोल उत्तरतिर बग्छ । राजनीतिक जोडघटाउ नहुँदासम्म कांग्रेसले उचाल्दा जुरुक्क उठेका उपेन्द्र यादव र माधव नेपालको १२ सिटे र १० सिटेले पालैपालो प्रम हुने सपना देखेकै थिए । उत्ताउलो बनेर माधव प्रचण्डसम्म उपेन्द्र अमेरिकासम्म दौडेकै थिए । तर उपेन्द्रले कल्पना नगरेको पार्टीका बहुमत सांसदले पार्टी फुटाए । निर्वाचन आयोगकाविरुद्ध उनीहरु सर्वाेच्च गएपनि त्यो फैसला लम्बिने देखिँदैन ।

उता माधव नेपालको कांग्रेस मोह लागेको अवस्था छ । वरिष्ठ नेता झलनाथ र महासचिव घनश्याम वामपन्थी उकताको पक्षमा रहँदा जनताको बहुदलीय जनवाद थन्कँदैछ । पार्टीको दशौं महावधेशनको संघारमा माधवको पद रहन्छ रहँदैन । तर नेकपा एकीकृतका वर्तमान २ मन्त्री फेरिने चर्चा छ । यहाँ केपी ओलीका दाहिना राष्ट्रिय सहकारी बचत ठग ग्रह तथा उपप्रम रवि लामिछानेका अपराधले ठाउँ लिँदै गर्दा अदालती फैसला र सहकारी छानबिनले पदमा भन्दा जेल जाने डर भएपछि रास्वपाका मन्त्री मिति नराखी राजीनामा लिएर हिँडेको बताएर मुखको तितो पखाल्दै छन् ।

रविको पार्टी सरकारबाट हटेपनि वर्तमान गठबन्धन नहल्लने भएको छ । यहाँ एमाले एक निलम्बनसहित ७८ माओवादी, ३२ एकीकृत समाजवादी, १० जसपा, ७ जनमत, ६ नाउपा, ४ अमरेश सिंह, प्रभु साह र अर्काे एक स्वतनत्र गरी १४० सिट पुग्छ । बहुमतका लागि १३८ हो । उता कांग्रेससँग ८९, रास्वपा २१, राप्रपा १४, जसपा ५ चित्रबहादुर केसीसँगै १३० पुग्छ । यहाा लोसपा जोडिए पनि १३४ हो । त्यसमा तत्काल नेकाकै कारण सहकारी ठगीमा आफु फसेको कुरा बाहिरिँदा रास्वपाको गठबन्धन हुने ठाउँ छैन । गृहमन्त्री रवि लामिछाने पुराना पार्टी कांग्रेस र एमालेै विरोध गरेर जनतामा गएका थिए । तर त्यो पार्टी शुरुमै मन्त्री बन्न ढाकाप्रसाद श्रेष्ठलाई प्रयोग गरी २ करोड उठायो । त्यो पार्टी उपाध्यक्ष डिपी अधिकारी श्रममन्त्री छन् । उनी पनि सहकारीसँग जोडिएका छन् भने अर्का उपाध्यक्ष समुन पाण्डे ठमेलको कमलपोखरी जग्गा काण्डसँग जोडिएका छन् । गुठीको जमिन व्यक्तिगत दर्ता गरी छाया सेन्टर बनाएर व्यापारिक भवन बनाउने पृथ्वीबहादुर पाण्डे उच्च वर्गका चरित्र हुन् ।

रास्वपालाई काँध हाल्दा बद्नाम भएपछि नेकपा एमालेभित्र केपी ओलीलाई पनि बुझाउने काम भएको छ । बलात्कारी बहुपत्नी प्रेमी, अवसरवादीलाई बोकेर धरातल टिकाउन नसक्ने भएको छ । तस्कर बिचौलिया चोर डाँकासँग मिलेर एमाले कसरी जोगिन्छ । कुरा जति ढाकछोप गरेपनि मासिक १ लाख तिरेर अपार्टमेन्ट लिएको महेश बस्नेत ठिक अछाममा राजनीति गर्न गएको ऐन महर पार्टीकै कार्यकर्ताको घर बिगार्न इमान्दार कार्यकर्ता भन्दै ओलीले पार्टीको नाममा सिन्को नभाँचेको अवसर मात्र पाउने डा.युवराज खतिवडा, अन्जान शाक्यजस्ता बोकेर एमाले जोगाउने छाँट छैन ।
राजनीतिक रुपमा एमालेको नेतृत्व बजारमा बिक्री हुन छाडेपछि बहुपत्नीधारी बोक्ने रवि लामिछानेजस्ता छाडा व्यवहारको पछि लाग्दा मुलुक कता जाला ? रविले सत्ता छाडेपनि प्रचण्ड सरकारको आयुमा घुनपुत्ला लाग्ने छैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *