राजस्व अनुसन्धान विभागमा तस्करहरु हावी

राजनीति समाचार

काठमाडौं । विचौलिया विकल पौडेलको हितमा काम गरेकै कारण बैकुण्ठ अर्यालमाथि अख्तियारले मुद्धा चलाइरहेको समयमा अर्काे सहसचिवले समेत नक्कली डिजी बनाएर बजारमा आतङ्क मच्चाएको आरोपमा अख्तियारले केरकार पारेको छ । यसरी व्यापारी र व्यवसायी आतङ्कित पार्ने हाकिम हुन,चक्र बहादुर बूढा । भन्सार,पर्यटन विभाग हुँदै अहिले राजश्व अनुसन्धान विभागको हाकिमको कुर्सीमा पुगेका बूढाले एक जना विचौलियालाई अगाडि सारेर व्यवसायीहरुलाई आतङ्कित पारेको बिषय संसदमा समेत उठेको छ ।

चक्रका विचौलियाबाट आजित भएका व्यवसायीहरुले यो बिषय अख्तियार हुँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्,संसदीय समितसम्म पु¥याएसँगै मंगलबारको प्रतिनिधि सभाको बैठकमा राजश्व अनुसन्धान विभागको नक्कली डिजीको आतङ्कको बिषय उठाइएको थियो । सांसद रामहरि खतिवडाले राजस्व अनुसन्धान विभागको नक्कली महानिर्देशक प्रकरणको बिषयमा सांसदबाटै जबाफ माग गरेका हुन ।

पछिल्लो समय राजश्व अनुसन्धान विभागको हाकिमले बोक्ने नम्बरबाट कालिकोटका उपेन्द्र शाहीले व्यवसायीलाई आतङ्कित पार्ने गरेको उजुरी अख्तियारदेखि सरोकारवाला निकायसम्म पुग्ने गरेको छ । कोटिभिटी प्रकरण लागेर यस अघिका हाकिम नवराज ढुङ्गना १० महिनामै बाहिरिएसँगै त्यहाँ चक्रलाई फिट गरिएको छ । चक्रलाई विभागको हाकिम बनाउन आफूले करोडौं लगानी गरेको बताउन पछि पर्दैनन्,शाही । उनै शाही ढुक्कले पुल्चोकस्थित राजश्व अनुसन्धान विभागमा जाने र दैनिकी व्यापारीहरुलाई हाकिमले बोक्ने गरेको अफिसियल नम्बरबाट थर्काउने र धम्काउने गरेको उजुरी अख्तियारदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसम्म पुगेपछि केही साता अघिमात्र हाकिम चक्रबहादुर बूढालाई टंगालमै बोलाएर केरकार गरिएको थियो ।

उता अघिल्लो सातामात्र राजधानीको एउटा क्यासिनोबाट उठाइएको करोडौं रकम गोलमाल भएको बिषयमा राजश्व अनुसन्धान विभागको नेतृत्व समेत विवादमा फसेको छ । चक्र आफैं पर्यटन विभागको हाकिम हुँदा दरबारमागस्थित क्यासिनो प्लेसलाई अनुमति दिएका थिए । यस्को अनुमति नै विवादमा परिरहेको छ । पर्यटनबाट उनी सरुवा भएर राजश्व अनुसन्धान विभागमा पुगे । उक्त विभागको पाँच नम्बर पिल्लरले क्यासिनो रोयलमा छापा मारेर १ करोडभन्दा बढी रकम बरामद गरेको भए पनि सो रकम गोलमाल पारेको आरोप लाग्न थालेको छ ।

विभागका सात वटा पिल्लर छन् । त्यहाँका हाकिमहरु नै विगतमा भ्रष्टाचार र अनियमितता काण्डमा मुछिएका कर्मचारीहरु हर्ताकर्ता छन् । त्यस्ता बदनामी पृष्टभूमिका कर्मचारीहरुको ध्याउन्न बदमासी गर्ने व्यापारी,व्यवसायी पक्राउ गर्ने,सरकारी राजश्व बढाउनृ भन्दा तिनै व्यापारीहरुसँग मिलेर आफ्नो बैंक खाता बढाउनेतिर केन्द्रित रहेको विभागको कार्यशैलीलाई नजिकबाटै नियालिरहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कर्मचारीहरु बताउँछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *