काठमाडौं । ३ खम्बे अर्थनीति र आफ्नो गाउँ आफै बनाऊँदेखि वृद्धा भत्ता दिने निर्णय गरेपछि नेपाली जनताको लागि नेकपा एमाले प्यारो बन्दै आएको थियो । अधिकांश वृद्धवृद्धा, अशक्त र एकल महिलालगायत विभिन्न जातजाति, वर्ग समुदायहरुले एमालेलाई भोट दिएका थिए । एमालेले पनि राष्ट्र, राष्ट्रियता र नेपाली जनताको लागि राम्रो काम गर्ने थियो ।
अधिकांश एमाले नेता तथा कार्यकर्ताले बहुदलीय जनवादलाई अँगाल्दै देशमा सुशासन कायम गरी भ्रष्टाचारलाई नियन्त्रण गर्ने, विकास निर्माणका काम गर्ने लगाउँदै आएका थिए । पार्टीभित्र विकृति र विसंगति बढे तापनि बाहिरी रुपमा एमाले एकढिक्का भएर चुनावमा जाने गरेको थियो । एमालेले पार्टीभित्र भएका सानातिना कमीकमजोरीहरुलाई आत्मआलोचना गर्दै पार्टी संगठनलाई चुस्तदुरुस्त ढंगले चलायमान बनाउर्दै लगेको थियो । तर, पछिल्लो समय एमाले पार्टीभित्र नेताहरुमा गुटबन्दी हावी हुन थाल्यो । अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र फरक मत राख्नेहरुलाई भित्तामा पुग्ने गरी पन्छाएर पार्टीमा एकलौटी कब्जा जमाउँदै आए । नेताहरुमा गुटबन्दी हावी भएपछि संगठन चलायमान हुन नसक्दा एमाले पार्टी ध्वस्त हुन पुगेको छ । तत्कालीन एमालेभित्र माधव नेपाल र केपी ओलीबीच द्वन्द्व हुँदा पार्टी फुट्न पुग्यो ।
तत्कालीन अवस्थामा माधव कुमार नेपालले १५ वर्ष महासचिव चलाउँदा पार्टी एकढिक्का जस्तै थियो । केपी ओली अध्यक्ष बनेदेखि एमालेभित्र विभिन्न गुटउपगुट झागिँदै गयो । नेतैपिच्छेको गुटबन्दीले गर्दा ठूलो असर प¥यो । पार्टीभित्र असर मात्रै परेन एमाले नै फुट्न पुग्यो । एमालेबाट माधव कुमार नेपाल बाहिरिएपछि एमाले गत २०७९ सालको निर्वाचनमा दोस्रो ठूलो े दल बन्न पुगेको थियो । एमाल दोस्रो ठूलो दल भए तापनि पार्टीभित्रको आन्तरिक कलहले गर्दा भीयम रावल र केपी ओलीबीच टसल बढ्दै गयो । त्यो टसल बढ्दै गएपछि भीम रावललाई एमाले पार्टीमा साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको छ ।
एमालेबाट साधारण सदस्यसमेत नरहने गरी निस्कासित भएपछि भीन रावलले आज पत्रकार सम्मेलन गर्दै छन् । आज हुने पत्रकार सम्मेलनले के निष्कार्ष निकाल्ने हो त्यो यकिन भइसकेको छैन । एमाले अध्यक्ष केपी ओलीले भीम रावललाई एमाले पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेपछि एमालेका अन्य नेताहरु थर्कमान भएका छन् । अन्य नेताहरुले एमालेभित्र विधि र पद्धति हट्दै गएको, विकृति विसंगति झाकिदैँ गएको, अध्यक्ष ओलीको एकलौटी हैकम चल्ने गरेको जस्ता आरोप लगाउन थालेका छन् । यसले गर्दा एमाले पार्टीलाई ठूलो हानी पुगेको छ । एकातिर माधव नेपाल फुटेर जानु, अर्काेतिर भीम रावललाई निष्काशन गर्नुले पनि एमाले पार्टीको भविष्य दिनप्रतिदिन खस्किँदै गएको छ । एमाले मात्र खस्किएको छैन ।
एमालेका गतिविधि र विकृतिले झन् पार्टी नै तहसनहस हुन पुगेको छ । अध्यक्ष ओलीकै कारण एमाले पार्टी गुमनाम बन्ने देखिन्छ । अधिकांश एमालेका कार्यकताहरुले अध्यक्ष ओलीको व्यवहारप्रति असन्तुष्टी व्यक्त गर्न थालेका छन् । तर, बाहिर भने अध्यक्ष ओलीको खुलेर विरोध गर्न सकेका छैनन् ।