काठमाडौं । नर्जा खानीमा खानेपानी समस्या समाधान भएको छ । वर्षौंदेखि खानेपानीको लागि एक गाग्री पानी भर्न घण्टौँ कुर्नु पर्ने समस्या समाधान भएको छ ।
तमान खोलागाउँपालिकाले ४० लाख लागतमा स्थानीयको घरघरमा एक सय १७ धारा निर्माण भएको हो । ‘एक घर, एक धारा’ निर्माण भएपछि समस्या समाधान भएको स्थानीयको भनाइ रहेको छ ।
आयोजना सुरु भएको दुई वर्षभित्र गाउँलेले एक घर एक धारा निर्माण गर्न सफल भएका हुन् । भौगोलिक हिसाबले कठिन रहेको यस क्षेत्रको खानेपानी समस्या समाधानलाई गाउँपालिकाले पहिलो प्राथामिकतामा राखेको गाउँपालिकाले जनाएको छ ।